अर्थ मन्त्रालयले पछिल्ला तीन वर्षको अर्धवार्षिक तथ्याङ्क हेर्दा आम्दानीतर्फ क्रमशः धनात्मक अवस्था रहेको र समग्र खर्चमा भने उतारचढाव देखिएको उल्लेख गरेको छ । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ को सचिवालयले पछिल्ला तीन वर्षको अर्धवार्षिक आम्दानी तथा खर्चको तुलनात्मक विश्लेषण गर्दै आम्दानी बढाएको जनाएको हो ।मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७६/७७ को पुस मसान्तसम्म राजस्व संकलन कूल लक्ष्यको ३८.९५ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७/७८ मा ४१.७३ प्रतिशत रहेको थियो । यस्तै, चालु आर्थिक वर्ष २०