प्रदेश १ का ८ जिल्लामा एमालेको सर्वसम्मत नेतृत्व चयन

एमालेले प्रदेश १ का ८ जिल्लामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । शुक्रबारदेखि जारी अधिवेशन अन्तरगत प्रदेश १ का १४ जिल्लामध्ये ८ जिल्लाको नेतृत्व सर्वसम्मत चयन गरिएको हो । बाँकी जिल्लामा पनि सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास जारी रहेको र केही जिल्लामा भने नेतृत्व चयनका लागि निर्वाचन तालिका प्रकाशन गरिएको नेकपा एमाले प्रदेश कमिटीले जनाएको छ । एमालेले झापा, मोरङ, धनकुटा, खोटाङ, तेह्रथुम, भोजपुर,सोलुखुम्बु र पाँचथरको नेतृत्व चयन सर्वसम्मत गरेको हो । प्रदेश कमिटी अध्यक्ष तुलसी न्यौपानेका अनुसार एमाले मोरङको अध्यक्षमा ऋषिकेश पोखर...

सम्बन्धित सामग्री

एमालेको ५८ जिल्लामा नयाँ नेतृत्व (सूचीसहित)

काठमाडौं : नेकपा एमालेले दुई विशेष कमिटीसहित ५८ जिल्लाको नेतृत्व चयन गरेको छ।गत शुक्रबारबाट ६३ जिल्लामा सुरु भएको एमाले अधिवेशनले मजदूर र पेशागत विशेष कमिटी सहित ५८ जिल्लामा नेतृत्व चयन गरेको हो। अहिलेसम्म प्रदेश १ का १२, प्रदेश २ को २, बागमती प्रदेशका ११ जिल्लामा नेतृत्व चयन भइसकेका छन्। त्यस्तै गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा ६ र सुदूरपश्चिम प्रदेशका ६ जिल्लामा नेतृत्व चयन भएको एमालेले जनाएको छ। यस्तै मजदूर विशेष र पेशागत विशेषमा एक एक जना छानिएका छन्।

एमालेको ४१ जिल्लामा नेतृत्व चयन (सूचीसहित)

काठमाडौं : नेकपा एमालेले दुई विशेष कमिटीसहित ४१ जिल्लाको नेतृत्व चयन गरेको छ।शुक्रबारबाट ६३ जिल्लामा सुरु भएको एमाले अधिवेशनले मजदूर र पेशागत विशेष कमिटी सहित ४१ जिल्लामा नेतृत्व चयन गरेको हो। अहिलेसम्म प्रदेश १ का ९, प्रदेश २ को १, बागमती प्रदेशका १० जिल्लामा नेतृत्व चयन भइसकेका छन्। त्यस्तै गण्डकी प्रदेशमा ५, लुम्बिनी प्रदेशमा ९, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशका २ जिल्लामा नेतृत्व चयन भएको एमालेले जनाएको छ। गत शुक्रबारबाट सुरु भएको जिल्ला अधिवेशनमा बाँकीका केही जिल्लामा सहमत

एमालेको जिल्ला अधिवेशन: २२ जिल्लाले पायो नेतृत्व

नेकपा (एमाले)का जिल्ला अधिवेशनबाट नेतृत्व चयन गर्ने क्रम जारी छ ।  अहिलेसम्म २० वटा जिल्लामा जिल्ला कमिटीको नेतृत्व चयन भएको छ भने दुई वटा गैर भौगोलिक जिल्लातर्फ नेतृत्व चयन भएको छ ।  जसमा मजदूर विशेष कमिटीको अध्यक्षमा जितेन्द्र श्रेष्ठ चयन भएका छन् भने पेशागत विशेष कमिटीको अध्यक्षको जिम्मेवारी उमेश ढकालले पाएका छन् ।  त्यसबाहेक प्रदेश १ मा चार जिल्लाको नेतृत्व चयन भएको छ । प्रदेश–२ मा सप्तरी जिल्लाको अध्यक्षमा ताराकान्त चौधरीले अध्यक्षको जिम्मेवारी पाएका छन् । त्यसै गरी, बागमती प्रदेशका चार जिल्ला...

माओवादी केन्द्र प्रदेश १ को पदाधिकारीमा जुटेन सहमति, निर्वाचनको तयारी

विराटनगर : अधिवेशन सकिएको एक साता बितिसक्दा पनि नेकपा (माओवादी केन्द्र) प्रदेश १ को पदाधिकारी टुंगो लाग्न सकेको छैन। पदाधिकारी टुंगो लगाउन आज माओवादी केन्द्र प्रदेश १ ले निर्वाचनको तयारी थालेको छ।पदाधिकारी टुंगो लगाउन गठन भएको कार्यदल, प्रदेश १ मा रहेका पार्टीका केन्द्रीय सदस्य र नेतृत्वका आकांक्षीबीच यसअघि बसेको बैठक निष्कर्षहीन टुंगिएको छ। सहमतिमा नेतृत्व चयन गर्न नसकिएपछि निर्वाचन गर्नुपर्ने अवस्था आएको माओवादी केन्द्रका एक नेताले बताए।अधिवेशन सकिए यता पदाधिकारीका आकांक्षीको संख्या बढ्दै गएको

नेतृत्व चयन गर्न केन्द्रको निर्णय कुर्दै माओवादी प्रदेश १

नेकपा (माओवादी केन्द्र) प्रदेश १ को अधिवेशन दुई दिनका लागि स्थगित भएको छ । नेतृत्वमा सहमति जुट्न नसक्दा आज र भोलिका लागि स्थगित भएको हो ।  तीन दिन बित्दासमेत पदाधिकारी चुन्न नसकेको माओवादीले केन्द्रको निर्णय पर्खनका लागि दुई दिन स्थगित गरेको हो ।  प्रदेश १ मा तीन जना अध्यक्षको दौडमा छन् । सुरेशकुमार राई (हिमाल), प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो (मौसम) र हेमराज भण्डारी अध्यक्षको दौडमा छन् । राई वर्तमान अध्यक्ष हुन् भने भण्डारी सचिव हुन् । आङ्बो भने प्रदेशको जिम्मेवारीमा छैनन् ।  न...

६२ जिल्लामा कांग्रेसको अधिवेशन सकियो, १५ जिल्लामा महाधिवेशनपछि नेतृत्व चयन हुने

काठमाडौं, मंसिर १५ । नेपाली कांग्रेसले अहिलेसम्म ६२ जिल्लामा पार्टीको नयाँ नेतृत्व चयन गरेको छ । अहिलेसम्म प्रदेश १ र कर्णालीका सबै जिल्लाको अधिवेशन सम्पन्न भएको कांग्रेसले जनाएको छ । कांग्रेसले अब १५ वटा जिल्लामा जिल्ला नेतृत्व चयन गर्न बाँकी छ । प्रदेश २ का ८ वटै जिल्लामा नेतृत्व चयन गर्न बाँकी छ । यी […]

राप्रपा प्रदेश अध्यक्ष : चार वटामा सर्वसम्मत, तीनमा प्रतिस्पर्धा

काठमाडौँ– आगामी ११ देखि १३ मंसिरमा हुने महाधिवेशनको तयारीमा जुटेको राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदेश अध्यक्षका लागि तीनवटा प्रदेशमा प्रतिस्पर्धा भएको छ । ४ वटा प्रदेशमा सर्वसम्मत प्रदेश अध्यक्ष चयन भए पनि प्रदेश १, लुम्बिनी र गण्डकी प्रदेशमा प्रतिस्पर्धामार्फत नेतृत्व चयन गरिएको छ । ‘चारवटा प्रदेशमा सर्वसम्मत नेतृत्व चयन भएको छ, तीनवटामा भने प्रतिस्पर्धावाट अध्यक्षहरु निर्वाचित […]

राप्रपाद्वारा ६ प्रदेशमा नेतृत्व चयन, कहाँ को ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को  प्रदेश अधिवेशन सम्पन्न भएको छ ।  आइतबार सातवटै प्रदेशको एकैसाथ सुरु भएको अधिवेशनबाट ६ प्रदेशको नेतृत्व चयन गरिएको छ भने एउटा प्रदेशको प्रक्रियामा रहेको छ । राप्रपाको महाधिवेशन प्रचार समितिका संयोजक मोहन श्रेष्ठका अनुसार प्रदेश १ मा भक्ति सिटौलालाई पराजित गर्दै राम थापा अध्यक्षमा निर्वाचित भएका छन् । यस्तै गण्डकी प्रदेशमा मदन बहादुर कार्कीलाई पराजित गर्दै हेमजङ्ग गुरुङ निर्वाचित भएका छन् भने प्रदेश दुईमा भरत गिरी अध्यक्ष चयन भएका छन् ।&nbs