अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गैर कानुनी आप्रवासनमाथि झनै कडा कदम चाल्ने चेतावनी दिएका छन् । उनले ‘तेस्रो विश्वका देशहरू’बाट हुने आप्रवासनलाई स्थायी रूपमा रोक्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले अमेरिकाको ‘‘शरणार्थी बोझ’’ असह्य बन्दै गएको दाबी गर्दै आप्रवासीविरुद्ध कडा नीति अघि बढाउने सङ्केत दिए । ट्रम्पको उक्त प्रतिबद्धता वाशिङ्टन डीसीमा गरिएको गोलीकाण्डमा घाइते अमेरिकी […]
काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार (मंसिर १२) ‘जेनजी’ आन्दोलनका अगुवा प्रतिनिधिहरूसँग छलफल गरेकी छन्। सरकार र आन्दोलनकारीबीच हुन लागेको सम्झौताको मस्यौदालाई अन्तिम रूप दिने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘जेनज’ प्रतिनिधिहरूले सम्झौतामा हस्ताक्षर गर्ने काम चाँडो टुंगो लगाउन आग्रह गरेका थिए। सरकारका अधिकारीहरूले ‘जेनजी’का तर्फबाट प्राप्त दस्तावेज […]
काठमाडौं – काठमाडौं महानगरपालिकाको उपप्रमुख सुनिता डङ्गोलले पूर्वाधार योजनाको ड्रइङ, डिजाइनिङ, लागत अनुमान गर्दा डिजाइनरलाई वातावरण तथा सामाजिक पक्ष समावेश गर्न निर्देशन दिएकी छन् । पूर्वाधार योजनाको काम गर्दा उक्त स्थानमा त्यसअघि भएका पूर्वाधारको सुक्ष्म अवस्थामा ध्यान दिन पनि उपप्रमुख डङ्गोलले विभागलाई निर्देशन दिएकी हुन् । जमल–कमलाछी–असन, भोटाहिटी–असन, असन–बालकुमारी–मच्छिन्द्र बहाल हुँदै इन्द्रचोकसम्म ढुङ्गा बिछ्याउने योजनाको […]
दैलेखमा भइरहेको प्राकृतिक ग्यास अन्वेषणले नेपाल ऊर्जा आत्मनिर्भरतातर्फ निर्णायक मोडमा पुगेको संकेत दिएको छ। नेपाल आयल निगमका प्रबन्ध निर्देशक डा. चण्डीकाप्रसाद भट्टका अनुसार, प्रारम्भिक ‘वेल’ परीक्षणले ग्यासको स्पष्ट उपस्थिति देखाएको छ। अब हुने ग्यास बियरिङ टेस्टले गुणस्तर, परिमाण र व्यावसायिक सम्भावनाबारे ठोस निष्कर्ष दिनेछ। उनका अनुसार दैलेख क्षेत्रमा करिब ११२ अर्ब घनमिटर ग्यासको सम्भावना देखिएको […]
काठमाडौं । दयाहाङ राई, प्रकाश सपुत स्टारर फिल्म ‘मिरमिरे’ को अन्तराष्ट्रिय वितरण अधिकार बिक्री सुरु भएको छ । मध्यपूर्व र केही एसियाली मुलुकमा राइट विक्री भएको छ ।
युएई, कतार, बहराइन, इजरायल र मलेसियाको प्रदर्शन अधिकार …
फुङ्लिङ। ताप्लेजुङमा सम्पन्न भएको दोस्रो अन्तर क्लबस्तरीय आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार उपलब्ध गराएको छ । बिहीबार भएको फाइनल खेलमा हिमाली तोक्पेगोला युथ क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै गणेशचोक क्लबले सो पुरस्कार हात पार्न सफल भएको हो । आयोजक फङ्फङ्देन झरना पर्यटन विकास समितिका अध्यक्ष विजय साँवाका अनुसार फङ्फङ्देन […]