खार्पुनाथमा सकेट बम भेटियो

सिमकोट – खार्पुनाथ गाउँपालिका– ४ को मेहल रूखमा सकेट बम भेटिएको छ। स्थानीयले बमजस्तो देखिने वस्तु भएको कुरा प्रहरीलाई जानकारी गराउँदा बम भेटिएको स्थानमा सेना पुगेपछि सकेट बम भएको सेनाले पत्ता लगाएको हो। नेपाली सेनाको बराहदल गुल्मका गुल्मपति गणेश खड्काका अनुसार शंकास्पद रुपमा भेटिएकोे वस्तु सकेट बम भएको पत्ता लागेको हो। बम भएको आशंका गरिएको […]

सम्बन्धित सामग्री

जुम्लामा भेटियो सकेट बम

जुम्लाको तातोपानी गाउँपालिका - ४ गौतमबाडामा सकेट बम भेटिएको छ ।  स्थानीय लक्ष्मीप्रसाद गौतमको दाउरा राखिएको स्थानमा सकेट बम भेटिएको हो । बम देखेपछि स्थानीयले हाँकुस्थित प्रहरी चौकीलाई खबर गरेका थिए...

दैलेखको आठबीसमा सकेट बम भेटियो

दैलेख । दैलेखको आठबीस नगरपालिका–६ रोलमा सकेट बम भेटिएको छ । नेपाली सेना र नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले सकेट बम निष्क्रिय गर्ने तयारी गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वर शाहका अनुसार खनजोतको क्रममा स्थानीयले सकेट बम फेला पारेका हुन् । उनले भने, ‘पहिला […]

दैलेखमा सकेट बम फेला

दैलेख, २५ बैशाख । दैलेखको आठबीस नगरपालिकामा सकेट बम फेला परेको छ । बम भेटिएपछि नेपाली सेना र नेपाल प्रहरीको टोली पुगिसकेको छ । त्यस्तै, सेनाको बम डिस्पोजल टोली पनि पुगेर बम निस्क्रिय गर्न प्रयास गरिरहेको छ। बारीमा खनजोतको क्रममा उक्त बम भेटिएको जनाइएको छ । बम धेरै पुरानो भएको हुनसक्ने अनुमान गरिएको छ ।

सिस्ने–२ मा भेटिएको सकेट बम निष्क्रिय

रुकुम (पूर्व)को सिस्ने गाउँपालिका–२ प्वाङको बुर्केसल्ला जङ्गलमा फेला परेको सकेट बम सेनाद्वारा निष्क्रिय गरिएको छ । कालो प्लास्टिकको ड्रमभित्र लुकाइराखेको अवस्थामा बिहीबार फेला परेका सकेट बम आज शुक्रबार दिउँसो सेनाले निष्क्रिय गरेको हो ।  ड्रमबाहिर दुई वटा र ड्रमभित्र अनुमानित आठ गरी करिब १० वटा सकेट बम नेपाली सेना र नेपाल प्रहरीको टोलीले निष्क्रिय गरेको वडाध्यक्ष जीवन केसीले जानकारी दिए । बिहीबार दिउँसो बाख्रा चराउन जङ्गलमा गएका स्थानीयवासीले शङ्कास्पद वस्तु देखेपछि वडा कार्यालयमा जान

अपडेट : सेनाले सुरक्षित डिस्पोज गर्यो १० वटै सकेट बम

रुकुम (पूर्व) : रुकुमपूर्वको सिस्ने गाउँपालिका–२ प्वाङको बुर्केसल्ला जंगलमा फेला पारिएको सकेट बम डिस्पोज गरिएको छ। कालो प्लास्टिकको ड्रमभित्र लुकाइ राखेको अवस्थामा फेला पारिएको सकेट बम शुक्रबार आज दिउँसो नेपाली सेनाले डिस्पोज गरेको हो। रुकुम सिस्नेको जङ्गलमा दर्जन बढी सकेट बम फेलाड्रमबाहिर दुई वटा र ड्रमभित्र आठवटा गरी करिब १० वटा सकेट बमलाई नेपाली सेना र नेपाल प्रहरीको टोलीले बम डिस्पोज गरेको वडाध्यक्ष जीवन केसीले जानकारी दिए। बिहीबार (हिजो) दिउँसो बाख्रा चराउन जङ्गलमा गएका स्थानीयले

रुकुम पूर्वकाे ओढारमा भेटियाे द्वन्द्वकालीन सकेट बम

दाङ – रुकुम पूर्वको सिस्ने गाउँपालिका- २ मा सकेट बम फेला परेको छ। वुर्किसल्लामा एक दर्जन बढी सकेट बम फेला परेको वडाध्यक्ष जीवन केसीले जानकारी दिए। गोठालो गएका स्थानीयले बिहीबार दिउँसो बम फेला पारेको उनले जानकारी दिए। ओढारमा प्लास्टिकको ड्रममा लुकाएर राखिएको अवस्थामा बम फेला परेको हाे। उक्त बम द्वन्द्वकालमा लुकाएको हुनसक्ने अनुमान गरिएको छ। […]

रुकुम पूर्वको जङ्गलमा भेटिए एक दर्जन बढी सकेट बम

काठमाडौँ । रुकुम पूर्वको एक जङ्गलमा एक दर्जन बढी सकेट बम फेला परेका छन् । सिस्ने गाउँपालिका–२ बुर्किसल्लाको जङ्गलमा सकेट बम फेला परेको वडाध्यक्ष जीवन केसीले जानकारी दिए । ओढारमा प्लास्टिकको ड्रममा लुकाएर राखिएको अवस्थामा शङ्कास्पद वस्तु फेला परेपछि स्थानीयले वडा कार्यालयलाई जानकारी गराएका थिए । त्यसपछि वडा कार्यालयले प्रहरीलाई खबर गरेको थियो । जिल्ला […]

सोलुखुम्बुमा सकेट बम भेटियो

साेलुखुम्बु – सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका २ बेनीकाे फेरा भन्ने ठाउँमा एउटा सकेट बम भेटिएको छ । स्थानीयवासीले बारीमा काम गर्ने क्रममा आज मङ्गलवार दिउँसाे बम देखेपछि प्रशासनलाई खबर गरेका थिए ।  बम फेला पारिएको क्षेत्रका स्थानीयवासीलाई सुरक्षित ठाउँमा सारिएको प्रशासनले जनाएको छ । यस्तै बम डिस्पोज गर्न ओखलढुङ्गाबाट डिस्पोजल टोली बोलाइएकाे सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिनुभयो ।  निकै पुरानो जस्तो देखिने त्याे बम सशस्त्र द्वन्द्वकालीन समयमा लुकाइएको हुन सक्ने प्रहरीको...

खार्पुनाथमा सकेट बम भेटिएपछि डिस्पोज

हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्वर ४ को लेख गाउँ जाने नजिक रहेको मेलरुख भन्ने ठाउँमा सकेट बम भेटिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले  डिस्पोज गरेको छ । शुक्रबार दिउँसो १२...

हुम्लामा भेटिएको सकेट बम निष्कृय पारियो

हुम्ला– हुम्लाको मेलरुखमा भेटिएको सकेट बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको छ । खार्पुनाथ गाउँपालिका–४ को लेखगाउँ जाने बाटोनजिक रहेको मेलरुखमा भेटिएको सकेट बम नेपाली सेना निष्कृय पारेको हो । शुक्रबार दिउँसो स्थानीयवासीले पुरानो खिया लागेको बम फेला पारेका थिए । सकेट बम बरादल गुल्म रानावनबाट आएको सेनानी गणेश खड्काको नेतृत्वको टोलीले निष्कृय […]