कोरोना संक्रमणको तेस्रो र चौथो लहर आउन सक्ने

कोरोना संक्रमण दोस्रो लहरपश्चात् तेस्रो र चौथो लहर ‘आउन सक्ने’ भन्दै तयारी अवस्थामा रहन सरकारले आग्रह गरेको छ ।प्रथम र दोस्रो लहरले अत्यधिक मात्रामा प्रौढ तथा युवा संक्रमित भएकाले तेस्रो र चौथोमा बालबालिका बढी मात्रामा संक्रमित हुन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औंल्याएको छ । यसका लागि सबै अस्पताल स्वास्थ्य संस्थालाई स्वीकृत शøयाको कम्तीमा २० प्रतिशत कोभिड–१९ संक्रमित बालबालिका उपचारमा प्रयोग हुनेगरी तयारी अवस्थामा राख्न आग्रह गरिएको छ ।मन्त्रालयले कोरोना स

सम्बन्धित सामग्री

बाँकेमा बढ्दै कोरोना संक्रमण

बाँकेमा कोरोनाको चौथो लहर सुरु भएयताको एकैदिन सबैभन्दा बढी संक्रमित फेला परेका छन्। बाँकेका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा मंगलबार २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।...

परीक्षणको २२ प्रतिशत बढीमा कोरोना संक्रमण

कोरोना भाइरसको चौथो लहर तीव्र रुपमा बढिरहेको छ । आइतबार थप ५५३ संक्रमित थपिएका छन् । २०४० पीसीआर परीक्षणबाट ४५१ तथा १७४९ एन्टिजेन परीक्षणबाट १०२ जना संक्रमित पाइएका हुन् ।

स्वास्थ्य मन्त्रालयको प्रक्षेपण : भदौ दोस्रो साता कोरोना संक्रमण उत्कर्षमा

२० साउन, काठमाडौं । नेपालमा कोरोना संक्रमणको चौथो लहर भदौको दोस्रो हप्तातिर उत्कर्षमा पुग्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडीले) प्रक्षेपण गरेको छ । ईडीसीडी तथा विश्व स्वास्थ्य संगठनले गरेको एक प्रक्षेपणमा भदौको दोस्रो सातामा लहर उच्च विन्दुमा पुग्ने र असोजबाट विस्तारै घट्दै जाने आकलन गरिएको हो । पछिल्ला दिनमा कोरोना संक्रमणको दर निरन्तर उकालो […]

कोरोनाको चौथो लहर उर्लदो, एकै दिन आठ सय ९५ जनामा संक्रमण, पाँच हजार नजिक सक्रिय

पछिल्लो २४ घण्टामा ८९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार नौ सय नौ जनामा गरिएको नमूना परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

के नेपालमा कोरोनाको चौथो लहर शुरु भएको हो?

काठमाडौं : फागुन दोस्रो साताबाट ओरालो लागेको कोरोना संक्रमण फेरि बढ्न थालेको छ। ओमिक्रोन भेरिएन्टको संक्रमणले गत पुस दोस्रो साता शुरु भएको तेस्रो लहर फागुन दोस्रो सातादेखि ओरालो लागेको भए पनि अहिले फेरि ओमिक्रोनकै अर्को भेरिएन्टको संक्रमण बढ्न थालेको हो।कोरोना संक्रमण पुनः बढेको समयमा ओमिक्रोन भेरिएन्टको नयाँ उपप्रजाति ‘बिए पोइन्ट फाइभ’ संक्रमण नेपालमा देखिइसकेकाले अब चौथौ लहरको संकेत देखिएको चर्चा जनस्वास्थ्य वृत्तमा हुन थालेको छ।संक्रमितको सं

भारतको महाराष्ट्रमा कोरोना भाईरसको चौथो लहर शुरु भएको आशंका

भारतको महाराष्ट्रमा कोरोना भाइरस संक्रमण तिब्र रुपमा फैलिरहेको छ। संक्रमण तीब्र भएपछि राज्यका यातायात मन्त्री आदित्य ठाकरेले यो कोरोना भाइरसको चौथो लहर हुन सक्ने बताएका छन् । उनले नागरिकलाई घर बाहिर ननिस्कन, अनिवार्य मास्क लगाउन कोरोना भ्याक्सिनको बुस्टर खोप समयमा लिनको लागि आग्रह समेत गरेका छन्। सञ्चार माध्यमसँग कुराकानीका क्रममा ठाकरेले कोरोना संक्रमण पनिको निधन […]

गर्भवती अवस्थामा कोरोना संक्रमण भए समय अगावै बच्चा जन्मिन सक्छ ?

काठमाडौं । कोरोना भाइरस संक्रमणको चौथो लहर विश्वका विभिन्न मुलुकमा फैलिरहेको छ । संक्रमण बढेका कारण चीनका केही सहरमा लकडाउन गरिएको छ भने भारतमा पनि संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । जनस्वाथ्य विज्ञहरु कोरोना भाइरसको संक्रमण फेरि फैलिने आशंका व्यक्त गरिरहेका छन् । वैज्ञानिकले कोरोना भाइरसका कारण महिलालाई अस्पताल र आईसीयूमा भर्ना हुन जोखिम हुने […]

मधेस प्रदेश : तेस्रो लहर सकियो, सकिएन होल्डिङ सेन्टरको निर्माण

जनकपुर । मधेस प्रदेशमा कोरोना संक्रमण दर न्यून हुँदै गएको छ । कोरोना संक्रमण भएको आशंकामा चेकजाँच गराउनेको संख्यामा पनि पछिल्लो समय निकै कम देखिन्छ । कतिपयले यसलाई कोरोना संक्रमणको तेस्रो लहर अन्त्य भएको अर्थमा पनि व्याख्या गरेका छन् ।अर्कोतिर, यूरोप तथा केही एसियाली मुलुकमा कोरोना संक्रमण दर विस्तारै उकालो लाग्दै गएको छ । विज्ञहरु यसलाई कोरोना संक्रमणको चौथो लहर आगमनको संकेत भन्दै सचेत हुन आह्वान गरिरहेका छन् । यसको विस्तार नेपालमा पनि केही महिनामा नहोला भन्ने ग्यारेन्टी छैन । तर मधेस प्रदेश सर

विश्वभर पुनः बढिरहेको छ कोरोना संक्रमण, चौथो लहरबारे कस्तो छ विज्ञको धारणा ?

संसारभरी कोरोना संक्रमितको संख्यामा पुनः वृद्धि देखिन थालेको छ । पछिल्लो २४ घण्टामा संसारभरी कोरोनाभाइरसका १६.०३ लाख संक्रमित भेटिएका छन् । यतिमात्रै होइन ८ मार्चमा ६,८१८ जनाले आफ्नो ज्यान गुमाएका छन् ।भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका ४,५७५ संक्रमित भेटिएका छन् । यस्तोमा भारतमा कोरोनाको चौथो लहर कहिले आउँछ भनेर प्रश्न उठ्न थालेका छन् । यसबारे भाइरोलोजिस्टको धारणा के छ, त्यसबारे जानकारी लिऔँ ।भारतमा कोरोनाको तेस्रो लहर लगभग समाप्त भइसकेको छ । यद्यपि, संसारभरी बढ्दो केसका कारण चौथो लहरको आ

कोरोनाको तेस्रो लहर र अर्थतन्त्र

सन् २०२० मा कोरोना महामारी शुरू भएलगत्तै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र सरोकारका विज्ञहरूले कोरोना महामारी अबका केही वर्ष हामीबीचमै रहने बताएका थिए । कोरोना महामारीका २ वर्षलाई फर्किएर हेर्दा जनजीवन एक प्रकारले कोरोनासँगै बाँच्न अभ्यस्त भइसकेको भान हुन थालेको छ । स्मरण हुन्छ, शुरुआति दिनमा वीरगञ्जका एकजना व्यवसायीलाई भारतको पटनास्थित अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमण पुष्टि भएको हल्लामात्रै नेपालमा त्रास फैलाउन पर्याप्त भइदिएको थियो । सञ्चारमाध्यममा ब्रेकिङ समाचार र त्यसमा आम चासो हेर्दा लाग्थ्यो–मानौं, ठूलै प्रलय आउँदै छ । बितेको २ पटकको कोरोना लहरका कमजोरीलाई सच्याउने सन्दर्भमा सरकार त्यति गम्भीर हुन सकेको छैन । दोस्रो लहरको समयमै सिमानामा बनाउन लागिएका होल्डिङ सेन्टर तेस्रोपटक महामारी शुरू भइसक्दा पनि पूरा हुन सकेका छैनन् । आज एकैघरमा, एउटै कोठामा कोरोना संक्रमित सँगै भएर पनि दैनिकी असामान्य लाग्न छोडिसकेको छ । यसको अर्थ, कोरोना महामारी केही पनि होइन भन्ने होइन । यो चाहिँ सत्य हो कि, एक समय कोरोनाको त्रासले आप्mनै घरको भित्तो र ढोका छुन डराउने मानिस आज संक्रमितको हेरचाह गर्नसमेत अभ्यस्त भइसकेको छ । यसबीचमा यो महामारीका बारेमा थुप्रै भ्रममात्र चिरिएका छैनन्, यसका विरुद्धमा खोप र यसको उपलब्धतामा सोचेभन्दा चाँडो प्रगति भएको छ । यसले मानिसको आत्मबल बढेको छ । यो २ वर्षको अवधिमा कोरोना महामारीका बारेमा जति खोज र अनुसन्धानहरू अपेक्षित सफल भए, तीनले कोरोनाकै बीचमा पनि दैनिकीलाई अघि बढाउन अभ्यस्त बनायो । दैनिकी सोचेभन्दा चाँडै सहज हुन गयो । अहिले कोरोनाको तेस्रो लहर चलिरहेको छ । तेस्रो लहर शुरू नहुँदै कतिपय देशमा त चौथो लहर शुरू भइसकेका समाचार पनि आइसकेका छन् । यसको अर्थ के भने भाइरसको नयाँनयाँ भेरियन्टले जनजीवनलाई दुःख दिइरहेको छ । कोरोना महामारीले सामाजिकमात्र होइन, आर्थिक दैनिकीलाई पनि उत्तिकै मार पारेको छ । भनिन्छ, मानिस रोगले त मर्छ नै, त्यो भन्दा गाह्रो भोकले पार्छ । स्वास्थ्य संकटले निम्तिने आर्थिक विपत्ति झन् दयनीय हुन्छ । विश्व बैंक, अन्तरराष्ट्रिय मुद्राकोषजस्ता संस्थाहरूले कोरोना महामारीका कारण विश्वको अर्थतन्त्रमा पर्ने असरका बारेमा आआफ्नै प्रक्षेपणहरू सार्वजनिक गरिरहेका हुन्छन् । ती तथ्यांकीय प्रक्षेपणको तात्पर्य सरोकारका देश र त्यहाँको सत्ता सञ्चालकले कोरोना महामारीको असरको प्रतिवादका लागि आवश्यक नीति र कदम चालेर अर्थतन्त्रलाई धराशयी हुनबाट जोगाओस् भन्ने नै हो । हुन पनि अबको कही सयम कोरोना कुनै न कुनै स्वरूपमा हामीबीचमै रहने निश्चित भइसकेको छ । आर्थिक र सामाजिक दिनचर्यालाई ठप्प पार्दा झन् ठूलो समस्या निम्तिने निश्चित छ । यो तथ्यबीच अब कोरोनाको तेस्रो लहरबाट हाम्रो अर्थसामाजिक दैनिकीलाई कसरी अगाडि बढाउने भन्ने मूल प्रश्न हो । यतिबेला कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । हाम्रो आर्थिक र सामाजिक दैनिकी भारतसित प्रत्यक्ष रूपमा जोडिएको छ । भारतमा अहिले दैनिक संक्रमितको संख्या २ लाखको हाराहारीमा छ । खुला सिमाना हुनुका कारण त्यता संक्रमण बढ्दा त्यसको बाछिटा नेपालमा नपर्ने कुरै भएन । हामीकहाँ पनि यो ग्राफ उकालो लागिरहेको छ । कोरोनाका कारण भारतमा आर्थिक गतिविधि अवरुद्ध हुँदा यहाँको माग, आपूर्ति र उत्पादनमा अप्रत्यक्ष प्रभाव आउने नै भयो । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका कारण विश्व अर्थतन्त्र खुम्चिने अनुमान विश्व बैंकले गरेको छ । ‘विश्व अर्थतन्त्रको परिदृश्य प्रतिवेदनमार्फत विश्व बैंकले कोरोनाको कारण विश्वको अर्थतन्त्र सन् २०२३ सम्म नै प्रभावित हुने अनुमान गरेको छ । हामीकहाँ पनि यो महामारीको प्रभाव अवश्य पर्ने छ । सरकारले चालू आर्थिक वर्ष २०७८/७९ मा ७ प्रतिशत आर्थिक वृद्धि हुने दाबी गरिरहेको बेला विश्व बैंकले ३ दशमलव ९ प्रतिशतमात्रै हुने बताएको छ । आगामी वर्ष पनि यो आँकडा ४ दशमलव ७ प्रतिशतभन्दा माथि नजाने दाबी विश्व बैंकको छ । सरकारका अर्थमन्त्री भने ७ प्रतिशतको आर्थिक वृद्धि भइछाड्ने बताउन छोडेका छैनन् । तर, सरकारको आर्थिक सल्लाहकार मानिएको केन्द्रीय बैंकले आर्थिक वृद्धि ४/५ प्रतिशतबाट उकालो नलाग्ने अनुमान गरिसकेको अवस्था छ । बितेको २ वर्षमा पनि नेपालले लक्ष्यमा राखेको आर्थिक वृद्धि हात पार्न सकेन । आर्थिक वर्ष २०७७/७८ मा १ दशमलव ८ प्रतिशतमा सीमित भएकोमा आर्थिक वर्ष २०७६/७७ मा त नेपालको अर्थतन्त्र २ दशमलव १ प्रतिशतले ऋणात्मक भयो । महामारीका कारण आर्थिक माग र आपूर्तिसँगै असमानताको खाडल पनि निकै फराकिलो हुने अनुमान गरिएको छ । चालू आर्थिक वर्षको शुरुआती ५ महीनाका आर्थिक सूचकहरूको कमजोर अवस्था, खाद्यान्न (धान) उत्पादनमा आएको कमी, बेमौसमी वर्षा, कमजोर पूँजीगत खर्च र यसैबीचमा कोरोना महामारीले ल्याउने असहजताले आर्थिक वृद्धि उकालो लाग्नेमा आशावादी हुने ठाउँ भने देखिएको छैन । यस्ता समस्याहरूलाई न्यूनीकरण गर्न सरकारको भूमिका महत्त्वपूर्ण हुन्छ । कोरोना महामारीबाट जनताको जीवनलाई जोगाउँदै आर्थिक जीवनलाई कसरी गति दिने भन्ने विषय सरकारको अग्रसरता, रचनात्मक शैली र भूमिकामा भर पर्ने कुरा हो । अहिले पनि सरकार बितेको दुईपटकको कोरोना लहरमा देखिएका कमजोरीलाई सच्याउने सन्दर्भमा सरकार त्यति गम्भीर हुन सकेको छैन । यतिसम्म कि, दोस्रो लहरको समयमै सिमानामा बनाउन लागिएका होल्डिङ सेन्टर तेस्रोपटक महामारी शुरू भइसक्दा पनि पूरा हुन सकेको छैनन् । माथि नै उल्लेख भइसक्यो, भारतमा कोरोना बढ्दा नेपाल त्यसबाट अछुतो हुँदैन । कोरोनाको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टाभन्दा दोब्बर बढी संक्रामक भनिएको छ । भारतबाट आउनेहरूको सिमानामा स्वास्थ्य परीक्षण नाममात्रको छ । सिमानामा खटिने कर्मचारी नै संक्रमित भएका समाचार आएका छन् । दैनिक हजारौं मानिस आवागामन हुने सिमानामा सयको संख्यामा परीक्षण छ, त्यो पनि संक्रमित देखिएमा त्यसको व्यवस्थापनमा कठिनाइ छ । संक्रमित समुदायमा गइरहेका छन्, संक्रमण फैलाइरहेको छ । रोकथाम र उपचारमा पहिलेको तुलनामा पूर्वाधार सुधार भए पनि पर्याप्त छैन । संक्रमित ह्वात्तै बढे भने यसअघिभैंm सास फेर्न एक सिलिन्डर अक्सिन नपाएर ज्यान जाने अवस्था नआउला भन्न सकिँदैन । कोरोना उपचार र रोकथामको प्रभावकारी व्यवस्थापनको सरोकार यसबाट हुने आर्थिक क्षति न्यूनीकरणको उपायसित जोडिएको हुन्छ । बितेका २ वर्षमा सरकारले निषेधलाई महामारी नियन्त्रणको सहज उपाय बनायो । कुनै रणनीतिविना जनतालाई घरभित्र थुनेर, आर्थिक गतिविधिलाई ठप्प पारेर कोरोना नियन्त्रण हुन सक्दैन भन्ने त विगत अनुभवले पनि प्रमाणित गरिसकेकै छ । स्मरण हुन्छ, पहिलो बन्दाबन्दी र निषेधाज्ञा सरकारले कोरोना महामारी नियन्त्रण भएका कारण हटाएको थिएन । जनताले प्रतिवाद गर्न थालेपछि सरकार पछि हटेको थियो । दोस्रो लहरमा बन्दाबन्दी नभनिए पनि अधिकांश जिल्लामा निषेधाज्ञा थियो । त्यसले नियन्त्रणमा खासै उपलब्धि देखाउन सकेको होइन । बरु, यो उपायले आर्थिक सरोकारहरूलाई घुँडा भने टेकाएको थियो । कोरोनाको तेस्रो लहरसम्म आइपुग्दा आम जनतामा पनि यसबारेमा तुलनात्मक बढी जानकारी पुगिसकेको छ । सतर्कताका उपायहरूलाई प्रभावकारी रूपमा अपनाएर अब कोरोनासँगै अघि बढ्नुको विकल्प छैन । कोरोना संक्रमण बढी भएका क्षेत्रमा केही समयका लागि निषेध गर्न पनि सकिन्छ । तर, निषेधलाई नै जिम्मेवारीबाट उम्किने सहज उपाय भने बनाइनु हुँदैन । अघिल्ला वर्षहरूमा बन्दाबन्दी र निषेधाज्ञाका कुराहरू बढी हुन्थे । अहिले स्मार्ट बन्दाबन्दीका सुझावहरू आइरहेका छन् । कोरोनाविरुद्ध पर्याप्त सावधानी अपनाएर दिनचर्यालाई अघि बढाउने उपायमा केन्द्रित हुन सकेमात्रै आर्थिक र सामाजिक दिनचर्यालाई कोरोना प्रकोपबाट सुरक्षित राख्न सहज हुनेछ । ठाकुर वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष हुन् ।