बझाङमा स्क्रब टाइफसका बिरामी बढे

बझाङ, भदौ २३ । पछिल्लो समय बझाङमा स्क्रब टाइफसका बिरामीको संख्या बढेको छ । वर्षायामको सुरुबाटै बिरामीको संख्या बढेको हो । विगतका वर्षमा फाट्टफुट्ट मात्र देखिए पनि यस वर्ष स्क्रब टाइफसका बिरामीको संख्या बढेको जिल्ला अस्पताल बझाङले जनाएको छ । अस्पतालमा आएका बिरामीमध्ये दैनिक तीन/चार जनालाई स्क्रब टाइफस देखिने गरेको छ । केही स्क्रब टाइफसका […]

सम्बन्धित सामग्री

बागलुङमा डेंगी बढ्यो तर परीक्षण किट छैन, कास्कीमा १ हजार ४०० बढी डेंगी संक्रमित

बलेवा । बागलुङ जिल्लामा डेंगीको समस्या बढिरहेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । धौलागिरि अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा रविरञ्जन प्रधानले दैनिक डेंगीका बिरामी बढे पनि त्यसका लागि अत्यावश्यक रगत परीक्षण कीट नभएको गुनासो गरे । स्वास्थ्य कार्यालयले पनि डेंगीरोग महामारीको रुपमा आएकोले रगत परीक्षण कीट भित्र्याउन सबैको चासो र पहल हुनुपर्ने आवश्यकता औंल्याउँदै मङ्गलबार डेंगी, स्क्रब टाइफस, सापुलगायतको जोखिमबारे सरोकारवालाको ध्यानाकर्षण समेत गरायो ।      जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले ती समस्याबारे प्रस्तुती गर्दै लामखुट्टे, सेतो पुतली र मुसामा लाग्ने भुसुनाबाट जोगिनुपर्नेमा जोड दिनुभयो । अहिले डेंगीपरीक्षणको कीट नभएकोले रगत परीक्षण गर्न नसकिएको उनको भनाइ थियो ।      स्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले भने, “तनहुँमा महामारी भएकाले धेरै सेवा उतै गएको छ, भोलि यहाँ पनि सङ्क्रमण बढ्ने अवस्था छ, त्यसका लागि मन्त्रालय तहसम्म पहल गरेर कीट तयारी राख्नुपर्छ ।” धौलागिरि अस्पतालले पाँच सय कीट मागेकामा अहिलेसम्म नआएको उनको गुनासो थियो । अस्पतालमा आउने बिरामीमध्ये ३० प्रतिशत ज्वरोका मात्रै भएको तथ्याङ्क छ । “दैनिक पाँच सयसम्म बिरामी आइरहेका छन्, तीमध्ये ३० प्रतिशत ज्वरोका छन्,’ प्रमुख शर्माले भने, “अहिलेको महामारी भएकोले सबैको डेंगीपरीक्षण गर्न चाहेर पनि सकिएको छैन ।” अस्पतालमा आइतबारसम्म परीक्षण भएका एक सय ३९ डेंगीका सङ्क्रमित छन् । बागलुङको बुर्तिवाङ, बडिगाड र गलकोट क्षेत्रमा डेंगीका बिरामी धेरै भेटिएको बताउँदै उनले खोज र नष्ट गर अभियान चलाएर सङ्क्रमण रोक्ने प्रयास भए पनि दैनिक बिरामी बढेको छ भने ।कीट व्यवस्थापनका लागि जिल्ला दैवीप्रकोप उद्धार समिति स्वास्थ्य कार्यालय तथा मनसुनजन्य विपत् व्यवस्थापन समितिले पहल गर्ने निर्णय गरेको छ ।      प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा सबै पालिकाका जनप्रतिनिधि, कार्यालय प्रमुख तथा स्वास्थ्य, रेडक्रस र धौलागिरि अस्पतालका पदाधिकारीले पनि महामारी नियन्त्रणमा चासो दिएका थिए । चाडपर्वमा बढ्न सक्ने महामारीप्रति सचेत हुन र परीक्षणको दायरा बढाउन तत्काल कीट तथा औषधिको भण्डारण बढाउन उनीहरुले सुझाव दिएका थिए ।      कास्कीमा  १ हजार ४०० बढी डेंगी संक्रमित कास्कीमा पछिल्ला दिनमा डेंगीको सङ्क्रमण बढेको राससले समाचार संप्रेषण गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म एक हजार चार सय ८१ मा सङ्क्रमण पुष्टि भएको छ । केही दिनयता पोखराका अस्पतालमा डेंगी भएर उपचारका लागि आउनेको सङ्ख्या दैनिक बढ्दै गएको जनाइएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अहिले ११ जना डेंगीका बिरामी उपचाररत छन् । त्यसमध्ये दुईको सघन उपचार कक्षमा उपचार भइरहेको अस्पतालका निर्देशक डा भरतबहादुर खत्रीले बताए ।      “अहिले दैनिक डेंगी सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । पानी पर्न नरोकिएकाले अझै केही दिन सङ्क्रमण बढ्ने देखिन्छ”, उनले भने, “सङ्क्रमितमा उच्च ज्वरो आउने, मांशपेशी दुख्ने, टाउँको दुख्ने, आँखा वा आँखाका गेडी दुख्ने, वान्ता हुने, थकान तथा बेचैनी हुने, जोर्नी दुख्ने लक्षण देखिने गरेका छन् ।”      स्वास्थ्य कार्यालयका प्रमुख बद्री आचार्यले सङ्क्रमणबाट बच्नका लागि सचेतना नै महत्वपूर्ण हुने जनाउँदै लामखुट्टेको टोकाइबाट बच्नुपर्ने बताए । “कास्कीमा सङ्क्रमण बढ्दै गएको छ । सचेतनाका कार्यक्रम गरिए पनि सङ्क्रमण कम हुन सकेको छैन”, उनले भने, “डेंगीबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नु नै उपयुक्त उपाय हो । यसका लागि पानी जम्मा हुने खाल्डाखुल्डी पुर्ने, एसी, कुलरबाट जम्मा हुने पानी दैनिक परिवर्तन गर्नेलगायत कुरा सबैलाई जानकारी गराउनु पर्दछ ।” आचार्यका अनुसार पोखरामा वडा कार्यालय, विभिन्न संघसस्थाले डेंगी सचेतनाका कार्यक्रम गर्दै आएका छन् । “सङ्क्रमण बढेपछि लामखुट्टेको ‘सर्च एण्ड डिस्ट्रोय’ कार्यक्रम सञ्चालन गरिएको छ”, उनले भने । वर्षात्को समयमा पानी जम्ने भएकाले डेंगीको सङ्क्रमण बढी फैलिने गरेको चिकित्सक बताउँछन् । गण्डकी प्रदेशमा हालसम्म छ हजार सात सय ७८ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेशका ११ जिल्लामध्ये हालसम्म तनहुँ र कास्कीमा डेंगी सङ्क्रमणदर उच्च छ । मुस्ताङ बाहेकका अन्य सबै जिल्लामा सङ्क्रमण देखिएको छ । रासस

स्क्रब टाइफस र एन्फ्लुएन्जाका बिरामी बढे

नेपालगञ्ज – नेपालगञ्जका अस्पतालमा स्क्रब टाइफस र एन्फ्लुएन्जाका बिरामी बढेका छन्। डेंगीका बिरामी पनि देखा परेको छ। अहिलेरुघाखोकी, ज्वरो, टाउको दुख्ने समस्या भएका बिरामीमा स्क्रब टाइफस र एन्फ्लुएन्जा पुष्टि भइरहेको छ।४–५ दिनदेखि ज्वरो आएकी ९ वर्षीया अनुशा वलीको रगत परीक्षण गर्दा स्क्रब टाइफस पुष्टि भएको छ। अनुशाजस्ता स्क्रब टाइफस भएका बालबालिका मेडिकल कलेजमा धेरै छन्। […]

डेङ्गु र स्क्रब टाइफसका बिरामी बढे

पाल्पामा डेङ्गु सङ्क्रमित र स्क्रब टाइफस बिरामीको सङ्ख्या बढेको छ । पछिल्लो दिनमा दैनिक ८ देखि १० जना बिरामी डेङ्गु सङ्क्रमित पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

गोरखामा स्क्रब टाइफस संक्रमित बढे

जिल्लामा डेंगीसँगै स्क्रब टाइफस संक्रमितका बिरामी पनि बढेका छन् । स्वास्थ्य कार्यालयका अनुसार आइतबारसम्म जिल्लाभर १ सय ४६ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । ११ मध्ये ६ पालिकामा डेंगी संक्रमित छन् ।

बैतडीमा डेंगु र स्क्रब टाइफस संक्रमित बढे

बैतडी : जिल्लामा पछिल्लो समय डेंगु र स्क्रब टाइफसका बिरामी बढेका छन्।जिल्ला अस्पतालमा मात्रै साउनयता १४० जनामा स्क्रब टाइफस र १३ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको हेल्थ असिन्टेन्ट हेमन्त खडायतले जानकारी दिए। जिल्ला अस्पतालमा मात्रै नभएर जिल्लाका अन्य स्वास्थ्य संस्थामा डेंगु र स्क्रब टाइफस संक्रमित फेला पर्न थालेको स्वास्थ्य कार्यालयले जनाएको छ। बिरामी भएर अस्पताल र स्वास्थ्य संस्थामा आएका व्यक्तिको परीक्षण गर्दा डेंगु र स्क्रब टाइफस देखापर्ने गरेको हो।जिल्ला अस्पतालमा हाल दैनिकर

बैतडीमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढे

बैतडी – जिल्लामा पछिल्लो समय डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै गएका छन्। जिल्ला अस्पतालमा मात्रै साउनयता एक सय ४० जनामा स्क्रब टाइफस र १३ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको अस्पतालका हेल्थ असिन्टेन्ट हेमन्त खडायतले जानकारी दिए। जिल्ला अस्पतालमा मात्रै नभएर जिल्लाका अन्य स्वास्थ्य संस्थामा डेङ्गु र स्क्रब टाइफस सङ्क्रमित फेला पर्न थालेका स्वास्थ्य कार्यालयले […]

रुकुम पश्चिममा स्क्रब टाइफसका बिरामी बढे

रुकुम पश्चिमका विभिन्न गाउँमा स्क्रब टाइफसका बिरामी बढेका छन् । पछिल्लो दुई सातामा मात्रै २४ जनामा स्क्रब टाइफस पुष्टि भएको स्वास्थ्यकर्मीहरुले बताए ।जिल्ला अस्पतालका अनुसार केही दिनदेखि हरेक दिन स्क्रब टाइफसका बिरामी आइरहेका छन् ।

स्क्रब टाइफस रोगका बिरामी बढे

काठमाडौं – वर्षा लागेसँगै स्क्रब टाइफस रोगका बिरामी बढेका छन् । यो रोगको समयमै पहिचान नहुँदा संक्रमण बढ्दै गएको सरुवा रोग विशेषज्ञ डाक्टरले बताएका छन् । विशेषगरी पहाडी क्षेत्रमा स्क्रब टाइफसका बिरामी बढेका पाइएको छ । तर बेलैमा रोगको पहिचान गरी उपचार गराउन नसक्दा बिरामीको अवस्था जटिल बन्ने गरेको सरुवा रोग विशेषज्ञ ...