मिरगञ्ज पुल भासिँदा भारतसंग आयात–निर्यात ठप्प

विराटनगर-मोरङ–सुनसरी औद्योगिक क्षेत्रका उद्योगका लागि कच्चापदार्थ आयात र तयारी वस्तु निर्यात गर्ने मुख्य नाका विराटनगर जोड्ने भारतको जोगबनीस्थित मिरगञ्ज पुल पुनः भासिएको छ । विगतमा पनि पटक–पटक भासिँदा आयातमा समस्या हुँदै आएको थियो । पुनः पुल भासिएपछि यस क्षेत्रका उद्योगी व्यवसायीहरू चिन्तित भएका छन् । भासिएर कामै नलाग्ने अवस्थामा पुगेपछिसो पुलबाट मालबाहक सवारी साधन आवतजावतमा […]

सम्बन्धित सामग्री

औद्योगिक वैभव समाप्त पार्ने यी अवरोध

विराटनगर नाका जोड्ने भारतको जोगवनीस्थित मिरगञ्ज पुल लामो समयदेखि अवरुद्ध भएपछि सो नाकाबाट हुने आयात-निर्यात नौ महिनादेखि ठप्प भएको छ।...

जोगवनी नाकाबाट आयात निर्यात अवरुद्ध हुँदा ढुवानी भाडा महँगियो

भारतको बथनाहमा रहेको मिरगञ्ज पुल क्षतिग्रस्त भएपछि एक महिनादेखि प्रभावित भएको जोगवनी नाकाको आयात निर्यात अझै सहज हुन सकेको छैन ।  क्षतिग्रस्त पुल नजिकै निर्माण भएको भारतको राष्ट्रिय राजमार्गमा पर्ने आरसीसी पक्की पुल सञ्चालनमा पनि भारतीय पक्षले आलटाल गर्दा जोगवनी नाकाको आयात निर्यातमा असर परेको हो ।

मिरगञ्जको पुल सुचारु नहुनु विराटनगर भन्सारको मुख्य समस्या

विश्व भन्सार दिवश मनाइरहँदा विराटनगर भन्सारको प्रमुख समस्या भनेको भारतको जोगबनीस्थित मिरगञ्ज पुल भत्किनु नै हो । यो पुल भत्किँदा आयात–निर्यात नै प्रभावित भएको छ । विराटनगर नाकाबाट आयात–निर्यात गर्दै आएका व्यवसायीहरू अन्य नाकाबाट मालसामान आयात–निर्यात गर्न थालेपछि विराटनगर भन्सार कार्यालयको राजस्वसमेत प्रभावित भएको छ ।पुसमा विराटनगर भन्सार कार्यालयले लक्ष्यको ७६ प्रतिशतमात्रै राजस्व असुली गरेको […]

विराटनगर भन्सारबाट हुने आयात-निर्यात आधा बढीले घट्यो, राजश्व प्रभावित

जोगवनी नाकाको मुख्य मार्गमा पर्ने भारतको बथनाहनजिक मिरगञ्ज पुल भासिएपछि विराटनगर भन्सारबाट हुने आयात निर्यात आधाले घटेको छ । पुल भासिएसँगै भण्टाबारी नाकाबाट आयात निर्यात बढेपछि विराटनगर भन्सारबाट हुने व्यापार आधा बढीले घटेको छ ।

पाँच दिनदेखि ठप्प जोगबनी नाकाबाट आयात–निर्यात सुरु

भारतको बथनास्थित मिरगञ्ज पुल भासिएपछि पाँच दिनदेखि ठप्प जोगबनी नाकाको आयात निर्यात बुधबारदेखि भण्टाबारी नाकाबाट सुरु भएको छ ।

भारतमा पुल भासिएपछि आयात निर्यात प्रभावित

विराटनगर भन्सार नाकादेखि चार किलोमिटर दूरीमा पर्ने भारतीय भूमिको मिरगञ्ज पुल भासिएपछि पूर्व क्षेत्रको आयात निर्यात प्रभावित बनेको छ । बिहीबार उक्त पुल भासिएपछि विराटनगर भन्सार नाका हुँदै मालवस्तुको आयात निर्यात प्रभावित बनेको हो । यसअघि २०७४ साउन २९ गते क्षतिग्रस्त बनेपछि वैकल्पिक नाकाका रूपमा सुनसरीको सेतुबन्ध (भन्टाबारी) भन्सार नाकाबाट निकासी पैठारी हुँदै आएको थियो ।

मिरगञ्ज पुल भासियोः विराटनगर नाकाको आयात –निर्यात ठप्प

पुलमा सबै किसिमका मालबाहक सवारीसाधन आवतजावतमा प्रतिबन्ध लगाइएका कारण बिहीबारदेखि विराटनगर नाकाबाट हुने आयात–निर्यात ठप्प भएको हो।...

पुल भासिएपछि जोगवनी नाकाबाट आयात-निर्यात ठप्प

भारतको वथनाहमा रहेको मिरगञ्ज पुल भासिएपछि जोगवनी नाकाबाट हुने आयात र निर्यात शुक्रबारदेखि ठप्प भएको छ । पाँच वर्षअघिको भीषण बाढीले उक्त पुल क्षतिग्रस्त हुँदा यो नाकाबाट हुने आयात निर्यात ठप्प हुँदा झण्डै एक वर्ष ४५ किलोमिटर सडक घुमेर सुनसरीको भण्टाबारी नाकाबाट आयात-निर्यात गरिएको थियो ।

मिरगञ्ज पुल भासियो, विराटनगर भन्सारबाट हुने आयात-निर्यात ठप्प

२३ पुस, विराटनगर । विराटनगरको रानी भन्सारबाट करिब चार किलोमिटर दक्षिण भारतको मिरगञ्जमा रहेको पुल भासिएपछि आयात–निर्यात रोकिएको छ । परमान खोलाको मिरगञ्जमा रहेको पुल भासिएपछि विराटनगर भन्सारबाट हुने आयात–निर्यात रोकिएको हो । जिर्ण अवस्थामा रहेको पुल भासिएपछि आयात निर्यात रोकिएको विराटनगर भन्सार कार्यालयलले जनाएको छ । पुल भासिएपछि भारतीय पक्षले बिहीबार दिउँसोबाटै आउ–जाउ गर्न […]