कम प्रिमियममा ठूलो रकमको आजीवन बीमा गर्न सकिने सूर्यज्योतिको नयाँ बीमा योजना सार्वजनिक

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले कम प्रिमियममा ठूलो बीमा गर्न मिल्ने योजना ल्याएको छ । कम्पनीले ‘सूर्यज्योति सही प्लान’ नामको नयाँ बीमा योजना ल्याएको हो ।

सम्बन्धित सामग्री

‘आईएमई पे’ को नयाँ बीमा सुविधा योजना सार्वजनिक

काठमाडौं । ‘आईएमई पे’ ले आईजीआई प्रुडेन्सियल इन्स्योरेन्ससँगको सहकार्यमा  ‘स्मार्ट हेल्थ- सुरक्षित भव’ नामक नया बीमा सुविधा सार्वजनिक गरेको छ । ‘आईएमई पे’ मार्फत प्राप्त गर्न सकिने यो सेवाबाट ग्राहकले व्यक्तिगत दुर्घटना बीमा अन्तर्गत बीमित व्यक्ति र तिनका परिवारलाई आकस्मिक चोटपटक वा मृत्युसम्मको अवस्थामा उच्चतम आर्थिक सुरक्षा प्रदान गर्दछ । ३ सय ६५ रूपैयाँ मा […]

आईएमई लाइफ इन्स्योरेन्सले ल्यायो बालकिरण जीवन बीमा योजना

काठमाडाैँ – आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक प्रेस विज्ञप्ति जारी गरी आईएमई बालकिरण जीवन बीमा योजना बिमितहरूमाझ लोकप्रिय हुँदै आएको र पछिल्लो समयमा उल्लेख्य संख्यामा बिक्री हुनेबीमा लेख भएको सार्वजनिक गरेकोछ। बच्चाको जन्म लगत्तै लिन सकिने यो बीमा योजनामा बालबालिका तथा अभिभावक दुवैको पूर्ण अवधिका लागि अधिकतम जोखिम रक्षावरण सहित चौथोँ वर्षदेखि नै प्रत्येक […]

आईएमई लाइफ इन्स्योरेन्सले ल्यायो बालकिरण जीवन बीमा योजना

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले बिमितहरुका लागि आईएमई बालकिरण जीवन बीमा योजना ल्याएको छ । पछिल्लो समयमा उल्लेख्य संख्यामा बिक्री हुने बीमालेख भएको सार्वजनिक गरेको छ । बच्चाको जन्मलगत्तै लिन सकिने यो बीमा योजनामा बालबालिका तथा अभिभावक दुवैको पूर्ण अवधिका लागि अधिकतम जोखिम रक्षावरणसहित चौथो वर्षदेखि नै प्रत्येक वर्ष बीमा रकम फिर्ता हुँदै आउँछ । […]

नेपाल लाइफको नयाँ जीवन बीमा योजना

काठमाडौं (अस) । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल लाइफ अनमोल जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले समयसापेक्ष ग्राहक चाहना तथा अभिकर्ताको सुझावलाई लक्षित गरी नयाँ जीवन बीमा योजना सार्वजनिक गरेको हो । यो जीवन बीमा योजना मुनाफामा सरिक हुने सावधिक तथा आजीवन जीवन बीमा रहेको कम्पनीले बताएको छ । बीमा अवधि समाप्तिपछि पनि जोखिम वहन गर्नुका साथै कम्पनीले वहन गर्ने जोखिमअन्तर्गत बीमितले चाहेको समय उक्त जोखिम वहनबापतको समर्पण मूल्य भुक्तानी लिन सक्नेछन् । कम्पनीका अनुसार नयाँ जीवन बीमा योजना १८ देखि ६५ वर्षसम्म उमेर समूहका व्यक्तिले न्यूनतम ५ वर्षदेखि अधिकतम ५० वर्षसम्म अवधिसम्म लिन सक्छन् । बीमा समाप्तिमा अधिकतम उमेर ७० वर्ष रहेको छ भने न्यूनतम २५ हजारदेखि आयस्रोतका आधारमा जति पनि बीमांक रकमको बीमा गर्न सकिनेछ । बीमालेख जारी गर्ने समय वार्षिक बीमा शुल्क भुक्तानी गर्ने तरिका छनोट गरे बीमाशुल्कमा १ प्रतिशत छुट हुनेछ भने अर्धवार्षिक छनोट गर्दा छुट प्राप्त हुने छैन । बीमालेख जारी गर्ने समय त्रैमासिक बीमाशुल्क भुक्तानी गर्ने तरिका छनोट गरे बीमाशुल्क ३ प्रतिशत थप र मासिक छनोट गर्दा ६ प्रतिशत थप लाग्ने कम्पनीले जनाएको छ । ऋण तथा समर्पण सुविधाअन्तर्गत वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुका साथै बीमा सुरु मितिबाट ३ वर्ष पुरा भएपछि  समर्पण मूल्य प्राप्त गर्न सकिनेछ । समर्पण मूल्य प्राप्त भएको बीमालेखमा समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिने कम्पनीले बताएको छ । बीमालेखको बीमा अवधि समाप्तिपछि  पनि जोखिम बहन गरिरहने तर बीमितले चाहे पूर्णावधि भुक्तानी भएको ५ वर्ष पूरा भएपछि जुनसुकै समय समर्पण गर्न सकिनेछ । कम्पनीले ऐच्छिक सुविधाअन्तर्गत दुर्घटना मृत्यु लाभ सुविधा, १८ वर्षदेखिका बीमितले अतिरिक्त बीमाशुल्क तिरेर बीमांक रकम बराबर अधिकतम  १ करोडसम्मको दुर्घटना मृत्यु लाभ सुविधा लिन सकिनेछ । १८ वर्षदेखिका बीमितले अतिरिक्त बीमाशुल्क तिरेर बीमांक रकम बराबर अधिकतम १ करोडसम्मको बीमाशुल्क छुट तथा पूर्ण अशक्तता लाभ सुविधा लिन सक्ने कम्पनीले जनाएको छ । यस्तै, नयाँ बीमा योजनामा घातक रोग सुविधा, आंशिक अवधि भुक्तानी, मृत्यु दाबी भुक्तानी सुविधा पनि दिनेछ ।

माईपे वालेट प्रयोग गर्दा १ लाखको बीमा सुविधा

डिजिटल वालेटमा विभिन्न नविनतम योजनाहरु ल्याइरहेको माईपेले नेपाल मै पहिलो पटक वालेट प्रयोग गर्दा रु १ लाखसम्मको दुर्घटना बीमा सुविधाको नयाँ योजना सार्वजनिक गरेको छ । माईपेले ग्राहकहरुलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यले वालेट प्रयोग गर्दा बीमा सुविधा पनि ल्याएको हो । कम्पनीका अनुसार यस बीमा योजनामा योग्य हुनका लागि ग्राहकहरुले कुनै पनि अतिरिक्त शुल्क तिर्नु पर्दैन । उक्त १ लाखको दुर्घटना सुविधा प्राप्त गर्नका लागि माईपे एप डाउनलोड गरी केवाईसी भेरिफाइड भएको र नेपाली महिना अनुसार हरेक महिना माईपे मार्फत न्यूनतम १ हजारको कारोबार भएको हुनुपर्छ । यसरी मासिक १ हजारको कारोबार भएको दुई दिन पछि उक्त ग्राहकको रु १ लाख रुपैयाँको बीमा योजना कार्यान्वयन हुनेछ र सो को जानकारी एसएमएस मार्फत गराइनेछ कम्पनीले प्रस्ट पारेको छ ।यस बीमा सुविधाका अतिरिक्त माईपे मार्फत हवाई टिकट बुकिङ गर्दा सबैभन्दा धेरै क्यासब्याक तथा मात्र रु १ मा जुनसुकै बैंकमा रकम पठाउन सकिने सुविधा पहिले देखिनै दिँदै आइरहेको छ । साथै माईपेका ग्राहकहरुले माईपेमार्फत कारोबार गर्दा अधिकतम २५ प्रतिशतसम्मको क्यासब्याक उपयोग गर्दै आएका छन् । यसका अतिरिक्त विभिन्न चाडपर्व लक्षित विशेष योजनाहरु पनि सार्वजनिक गरिरहेको छ । माईपेले आगामी दिनमा समेत ग्राहक महानुभावहरुको आवश्यकता र चाहानाहरुलाई मध्येनजर गर्दै यस्तै आकर्षक योजनाहरु ल्याउने जनाएको छ ।

एनआईसी एशिया बैंकद्वारा सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता योजना सार्वजनिक

काठमाडौं (अस) । एनआईसी एशिया बैंकले ग्राहक लक्षित सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता योजना सार्वजनिक गरेको छ । बैंकको २४ औं वार्षिकोत्सव अवसरमा सार्वजनिक गरिएको सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता योजनामा ग्राहकलाई उच्च प्रतिफलका साथै ३ बीमासम्बन्धी सुरक्षाका फाइदा, ३ कर्जासम्बन्धी फाइदा तथा १८ अन्य फाइदा उपलब्ध गराइनेछ । योजनाअन्तर्गत खाता खोल्ने ग्राहकले २१ लाखसम्मको ३ प्रकारका बीमा सुविधा प्राप्त गर्न सक्नेछन् । खातावालाको दुर्घटनाबाट मृत्यु भए वा पूर्ण अशक्त भए १० लाखसम्मको बीमा सुविधा, १८ घातक रोगका लागि १० लाखसम्मको बीमा सुविधा र १ लाखसम्मको औषधोपचार बीमा सुविधा प्राप्त गर्न सकिने बैंकले बताएको छ । औषधोपचार बीमाअन्तर्गत बैंकले ग्राहकलाई विशेष सुविधा दिने उद्देश्यले बहिरंग उपचारमा २० हजारसम्म र अस्पताल भर्नाबापत ८० हजारसम्मको बीमा सुविधा प्रदान गर्नेछ । उल्लिखित बीमा सुविधा बैंकले नेपाल इन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा खातावाललाई उपलब्ध गराइनेछ । हालसम्म बीमासहितको निक्षेप योजनाअन्तर्गत देशभरका ६१० जनाभन्दा बढी ग्राहकले बीमाबापतको ३ करोड ८५ लाखभन्दा बढी रकम प्राप्त गरिसकेको बैंकले जनाएको छ । सर्वश्रेष्ठ बचत खाता भएका ग्राहकले ३ कर्जासम्बन्धी फाइदाअन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्वस्वीकृत कर्जा सुविधासमेत प्राप्त गर्न सक्नेछन् । यस्तै, ५ वर्षसम्म निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, ५ लाखसम्मको निःशुल्क क्रेडिट कार्ड सुविधा, निःशुल्क होम बैंकिङ सुविधा, निःशुल्क लकर तथा लकरको मार्जिन शुल्कमा शतप्रतिशत छुट सुविधा, प्रोटोफोलियो म्यानेजमेन्ट सर्भिसमा ५० प्रतिशत छुटलगायत सुविधा रहेको बैंकले बताएको छ । ग्राहकले आफू अनुकूल हुने र इच्छाइएको रकम बचत गर्न गुडविल एम्बेसडर, प्राइड  र पार्टनर गरी तीन श्रेणीका सर्वश्रेष्ठ बचत खाता योजनामध्ये कुनै पनि खाता खोल्न सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ । योजनाअन्तर्गत ५५ वर्ष पुगेकाले सर्वश्रेष्ठ ज्येष्ठ नागरिक बचत खाता खोली पेन्सनको आधारमा कर्जा र होम बैंकिङ सुविधासमेत प्राप्त गर्न सक्नेछन् । यसैगरी माथि उल्लिखितबाहेक सर्वश्रेष्ठ नारी बचत खाता, सर्वश्रेष्ठ तलब बचत खाता, सर्वश्रेष्ठ सहज बचत खाता, सर्वश्रेष्ठ विद्यार्थी बचत खाता, सर्वश्रेष्ठ स्वरोजगार बचत खाता र सर्वश्रेष्ठ मासिक निक्षेप खाता रहेका छन् । हाल बैंकले ३५६ शाखा, ४७३ एटीएम, ७०  विस्तारित काउन्टर एवं ८१ शाखारहित सेवामार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

एनआईसीको नयाँ योजना: 'एउटै खाताबाट २४ वटा फाईदा '

एन आई सी एशिया बैंक NIC Asia Bank Limited  ले २४ औँ वार्षिकोत्सवको अवसरमा “सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता” योजना सार्वजनिक गरेको छ । यस योजनामा ग्राहकलाई उच्च प्रतिफलको साथमा ३ बीमा सम्बन्धी सुरक्षाका फाइदाहरू, ३ कर्जा सम्बन्धी फाइदाहरू तथा १८ अन्य फाइदाहरू समावेश रहेको बैंकले जनाएको छ । बैंकका अनुसार यस योजना अन्तर्गत खाता खोल्ने ग्राहकले रू.२१ लाखसम्मको ३ प्रकारका बीमा सुविधा प्राप्त गर्न सक्ने छन्। जसअन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा रू.१० लाखसम्मको बीमा सुविधा, १८ घातक रोगहरूको लागि रू. १० लाखसम्मको बीमा सुविधा र रू. १ लाखसम्मको औषधी उपचार बीमा सुविधा प्राप्त गर्न सक्ने छन्। औषधी उपचार बीमा अन्तर्गत बैंकले ग्राहकलाई बहिरंग (इएम्) उपचारमा रू. २० हजारसम्म र अस्पताल भर्ना वापत रू. ८० हजारसम्मको बीमा सुविधा प्रदान गर्ने जनाएको छ । उल्लेखित बीमा सुविधाहरू बैंकले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडसँगको सहकार्यमा खातावाललाई प्रदान गर्ने बताईएको छ । बैंकले २० चैत्र २०७५ देखि खातावालालाई बचतसँगै बीमा सुविधा उपलब्ध गराउँदै आएको छ । यस अघिका बचत खाताहरूमा प्रदान गरेको बीमा सुविधालाई यस बचत योजनामा समेत उक्त योजनालाई निरन्तरता दिइएको बैंकले उल्लेख गरेको छ ।  बैंकको यस बचत खाताले ग्राहकहरूको बचतमा उच्चतम प्रतिफल मात्रै नभएर भविष्यमा आइपर्ने भवितव्यको लागि वित्तीय जोहो गर्न समेत महत्वपूर्ण योगदान गर्ने विश्वास लिएको जनाएको छ । साथै, सर्वश्रेष्ठ बचत खाता भएका ग्राहकले ३ कर्जा सम्बन्धी फाइदा अन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्व स्वीकृत कर्जा सुविधा समेत प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। बैंकका अनुसार बीमा तथा कर्जा सम्बन्धी सर्वाधिक फाइदाहरूका साथसाथै १८ अन्य सर्वाधिक फाइदाहरू सर्वश्रेष्ठ बचत खातामा समाविष्ट गरिएको छ । जस अन्तर्गत ५ वर्षसम्म निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग सुविधा उपलब्ध गराएको छ।  यस्तो फाइदा नेपालको बैंकिङ्ग इतिहासमै सम्भवतः पहिलो भएको बैंकले दाबी गरेको छ । यसका साथै सर्वश्रेष्ठ बचत खातामा रू.५ लाखसम्मको निःशुल्क क्रेडिट कार्ड सुविधा, निःशुल्क होम बैंकिङ्ग सुविधा, निःशुल्क लकर तथा लकरको मार्जिन शुल्कमा शतप्रतिशत छुट सुविधा, देशभरका कुनै पनि बैंकको कुनै पनि एटिएम बाट रकम झिक्दा शुल्क नलाग्ने, Portfolio Management Service  मा ५०% छुट लगायतका फाइदाहरू रहेको बैंकले जनाएको छ । बैंकका अनुसार यस योजनामा स्विप इन–स्विप आउट सुविधा समेत रहेको छ ।  जसअन्तर्गत बैंकले सर्वश्रेष्ठ बचत खातामा रू २००,००० भन्दा बढी रकम भएमा उक्त बढी रकमलाई रू १०,००० ले गुणन गर्ने गरी तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर हुने र सो रकममा १०.१०% सम्मको ब्याजदर प्रदान गरिने बैंकले जनाएको छ । बैंकका अनुसार यसरी मुद्दती निक्षेपमा स्विप इन गरिएको रकम आवश्यकता अनुसार सजिलै झिक्न अर्थात स्विप आउट गर्न सकिन्छ । ग्राहकले आफू अनुकूल हुने र इच्छाइएको रकम बचत गर्नका लागि गुडविल एम्बेसडर, प्राइड  र पार्टनर गरी तीन श्रेणीका सर्वश्रेष्ठ बचत खाता योजनाहरू मध्ये कुनै पनि खाता खोल्न सक्ने व्यवस्था बैंकले गरेको छ । उल्लेखित तीनै श्रेणीका बचत खाताहरू अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालय मार्फत खोल्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार यी तीनै श्रेणीका खाताहरूमा वार्षिक ८.१० % ब्याजदर प्राप्त हुनेछ भने गुडविल एम्बेसडर श्रेणीको बचत खाताहरूमा अति विशिष्ट सुविधाहरू प्रदान गरिनेछ । गुडविल एम्बेसडर श्रेणीको बचत खाताहरूमा उपलब्ध उल्लेखित २४ विभिन्न सुविधाहरूलाई मौद्रिक मूल्यमा गणना गर्दा एक पटक खाता खोलिसकेपछि ग्राहक महानुभावहरूले न्यूनतम रू. ३ लाख ३६ हजार भन्दा बढीको फाइदा प्राप्त गर्न सकिने प्रक्षेपण बैंकले गरेको छ । योजना अन्तर्गत ५५ वर्ष पुगेका ग्राहकले सर्वश्रेष्ठ ज्येष्ठ नागरिक बचत खाता खोली पेन्सनको आधारमा कर्जा सुविधा र होम बैंकिङ्ग सुविधा समेत प्राप्त गर्न सकिने व्यवस्था गरिएको बैंकले उल्लेख गरेको छ । त्यसैगरी सन्तानको उज्वल भविष्यका लागि आमाबुवाले आफ्ना छोराछोरीका नाममा सर्वश्रेष्ठ बाबु नानी बचत खाता खोल्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ । सर्वश्रेष्ठ बचत योजना अन्तर्गत माथि उल्लेखित बाहेक सर्वश्रेष्ठ नारी बचत खाता, सर्वश्रेष्ठ तलब बचत खाता, सर्वश्रेष्ठ सहज बचत खाता, सर्वश्रेष्ठ विद्यार्थी बचत खाता, सर्वश्रेष्ठ स्वरोजगार बचत खाता र सर्वश्रेष्ठ मासिक निक्षेप खाता रहेको बैंकले जनाएको छ।बैंकले सर्वश्रेष्ठ बचत खातासँगै १ वर्षदेखि १० वर्षसम्मको सर्वश्रेष्ठ मुद्दती निक्षेप योजना समेत रहेको छ जसमा वार्षिक ११.१०% सम्मको आकर्षक ब्याजदर सुविधा प्रदान गर्ने छ । साथै सर्वश्रेष्ठ मासिक निक्षेप खाता अन्तर्गत एन आई सी एशिया बैंकका ग्राहकले जम्मा गरेको रकममा ११.१० % सम्मको ब्याजदर प्राप्त गर्ने गरी मासिक निक्षेप खातामा रकम स्थानान्तरण गर्न सकिने व्यवस्था गरेको छ । ग्राहकले आफ्नो बचत खाताबाट हरेक महिना कति रकम मासिक निक्षेप खातामा स्थानान्तरण गर्ने भन्ने जानकारी बैंकको शाखामा गएर निर्देशन दिनु पर्ने र स्थानान्तरण गरिने रकम रू ५०० का दरले गुणन गरेर हुन आउने रकम (जस्तै रू ५००, रू १०००, रू १५०० आदिको अनुपातमा) तय गर्नुपर्ने व्यवस्था गरिएको बैंकले जनाएको छ । मासिक निक्षेप खाता ३ महिना देखि १० वर्षसम्मको लागि खोल्न सकिने साथै ग्राहक महानुभावहरूले चाहेको समयमा आफैले मोबाइल बैंकिङ्ग वा इन्टरनेट बैंकिङ्ग प्रयोग गरी थप रकम मासिक निक्षेप खातामा जम्मा गर्न सकिने व्यवस्था गरिएको बैंकले उल्लेख गरेको छ।  बैंकले ३५६ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

एशियन लाइफको नयाँ बीमा योजना

काठमाडौं (अस) । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले सुनिश्चित आय (परिवार आयलाभ) जीवन बीमा योजना सुरु गरेको छ । कम्पनीका सञ्चालक समिति अध्यक्ष दीपककुमार श्रेष्ठ, सञ्चालक सुरेन्द्रकुमार गोयल, सजल मास्के, निष्ठा प्रधानांग, अच्युतराज सापकोटा, प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठ, कामु नायब प्रमुख कार्यकारी अधिकृत मुरारिराज हुमागाईंलगायतको उपस्थितिमा उक्त जीवन बीमा योजना सार्वजनिक गरिएको हो । बीमा योजनाको मुख्य विशेषतामा एक जना अभिभावकको आम्दानीमा निर्भर हुने परिवारको भविष्यमा आइपर्न सक्ने पैसाको खाँचोलाई सहज रूपमा व्यवस्थापन गर्नु रहेको छ । मुनाफामा सरिक नहुने जीवन बीमा योजनामा बीमितले अतिरिक्त बीमा शुल्क भुक्तानी गरेर अतिरिक्त लाभ जस्तै, दुर्घटना मृत्यु लाभ, स्थायी अपांगता, अशक्त सुविधा र बीमा शुल्क छुट सुविधा थप गर्न सकिने व्यवस्था छ । १८ वर्षदेखि ५३ वर्ष उमेरसम्मका व्यक्ति सहभागी हुन सक्ने यो जीवन बीमा योजनाको अवधि २४ वर्षसम्म भए पनि बीमितले सुरुको १२ वर्षसम्म मात्र बीमा शुल्क भुक्तानी गर्नुपर्नेछ । न्यूनतम वार्षिक बीमा शुल्क २५ हजारदेखि माथि बीमितको आर्थिक अवस्थाका आधारमा जतिसुकै रकमको बीमा शुल्क भुक्तानी गरी बीमा गर्न सकिनेछ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्बभन्दा बढी र जीवन बीमा कोष २६ अर्ब ४८ करोडभन्दा बढी रहेको छ । कम्पनीले हाल ४२ शाखा र १०६ वटा उपशाखामार्फत सेवाग्राहीलाई बीमा सेवा दिँदै आएको छ ।

एशियन लाईफ इन्स्योरेन्सले ल्यायो सुनिश्चित आय जीवन बीमा योजना

असोज ६, काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले “सुनिश्चित आय (परिवार आय लाभ) जीवन बीमा योजना” नामक नयाँ बीमा योजना सार्वजनिक गरेको छ । ग्राहकको रुचीलाई ध्यानमा राख्दै कम्पनीले नयाँ जीवन बीमा योजना सार्वजनिक गरेको प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठले बताए । उक्त बीमा योजनाको मूख्य बिशेषता भनेको परिवारको एकजना अभिभावकको आम्दानीमा निर्भर रहने कुराको अन्त्य गर्नु हो । परिवारको भविष्यमा आइपर्न सक्ने पैसाको खाँचोलाई सहजरुपमा व्यवस्थापन गर्ने उद्देश्यले यस्तो योजना संचालनमा ल्याएको कम्पनीले बताएको छ । मुनाफामा सरिक नहुने उक्त जीवन बीमा योजनामा बीमितले अतिरिक्त बीमाशुल्क भुक्तानी गरेर अतिरिक्त लाभहरु जस्तैः दुर्घटना मृत्यु लाभ, स्थायी अपाङ्गरअशक्त सुविधा र बीमाशुल्क छूट सुबिधा थप गर्न सकिने व्यवस्था रहेको छ । १८ वर्षदेखि ५३ वर्ष उमेर सम्मको व्यक्तिले सहभागी हुनसक्ने उक्त जीवन बीमा योजनाको अवधि २४ वर्षसम्म भएतापनि बीमितले शुरुको १२ वर्षसम्म मात्र बीमाशुल्क भुक्तानी गर्नुपर्छ । न्यूनतम वार्षिक बीमाशुल्क २५ हजार रुपैयाँदेखि माथि बीमितको आर्थिक अवस्थाको आधारमा जति सुकै रकमको बीमाशुल्क भुक्तानि गरी बीमा गर्न सकिनेछ ।हाल सम्म कम्पनीले २३ प्रकारका बीमालेखहरु विक्रीमा ल्याइसकेको बताएको छ । उक्त जीवन बीमा योजना सार्वजनिक समारोहमा सञ्चालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठ, सञ्चालकहरु सुरेन्द्र कुमार गोयल, सजल मास्के, निष्ठा प्रधानाङ्ग, अच्यूत राज सापकोटा, कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

बीमा पहुँच वृद्धिमा खोजिनुपर्ने आधारहरू

मानिसको आयस्रोतमा वृद्धि, जीवनशैलीमा परिवर्तन, क्रयशक्तिको बढोत्तरी, सहज विदेश भ्रमण, पूर्वाधार विकास, उद्योग, स्थापनामा सहजीकरण र सवारीसाधन प्रयोगको वृद्धिसँगै जीवनयापनमा सहजताको अतिरिक्त दुर्घटनामा वृद्धि भई जोखिम मात्रात्मक रूपमा बढ्दै गएको छ । यसबाट मानिसको जीवनमा नकारात्मक असर पर्नुका अतिरिक्त निर्माण भएका भौतिक पूर्वाधारहरूको क्षति एवम् आर्थिक जोखिममा वृद्धि भइरहेको छ । जोखिम न्यूनीकणको प्रमुख उपाय भौतिक संरचना तथा जीवनको बीमा गर्नु हो । तर, ग्रामीण भेकसम्म बीमाको पहुँच वृद्धि गर्न सरोकारवाला निकायको ध्यान केन्द्रित भएको देखिँदैन । कार्यरत कम्पनीहरूले विशेष गरी शहरी इलाकामा प्रमुखरूपमा कार्यस्थल बनाएको देखिन्छ । जीवन बीमा कम्पनीहरूले ग्रामीण इलाकामा बसोवास गर्ने जनतासम्म सेवा विस्तार गर्न सकेका छैनन् । प्रसिद्ध अर्थशास्त्री एडविन डब्ल्यू पिटरसनको भनाइमा ‘बीमा एउटा करार हो, जसमा एउटा पक्षले निश्चित बीमा शुल्कको बदलामा अर्को पक्षको विशिष्ट जोखिमलाई ग्रहण गर्छ र भविष्यमा कुनै उल्लिखित घटना घटेमा उसलाई एक निश्चित रकम दिने वा क्षतिपूर्ति दिने वचन दिएको हुन्छ ।’ अर्थात् एक पक्षको जोखिम अर्को पक्षले ग्रहण गर्ने र घटना भएमा क्षतिपूर्ति प्रदान गरी जोखिमलाई न्यूनीकरण वा हस्तान्तरण गर्ने भन्ने बुझिन्छ । यसका लागि बीमा पँहुचको आवश्यकता पर्छ । सरकारको आर्थिक वर्ष २०७८/७९ आयव्यय विवरण बुँदा ४५२ मा ‘बीमा सेवाको दायरा विस्तार गरी आगामी वर्ष एक तिहाई जनसंख्यामा बीमाको पहुँच पर्‍याइनेछ भनी उल्लेख छ । सार्वजनिक पूर्वाधार र सरकारी तथा निजी भवनको बीमा गर्ने व्यवस्थालाई अभियानका रूपमा सञ्चालन गरिनेछ । निजी घरको हकमा रू. ५ हजारसम्मको बीमा प्रिमियमलाई आयकर प्रयोजनका लागि खर्च कट्टी गर्न दिने व्यवस्था मिलाइनेछ भन्ने पनि उल्लेख भएको छ । उक्त व्यवस्थाबमोजिम सार्वजनिक पूर्वाधार, सरकारी र निजी भवनको बीमा गर्ने प्रक्रियालाई वृद्धि गर्न निश्चित रकम आयकर गणनामा कट्टी गर्न पाउने व्यवस्थाले सरकार बीमा पहुँचमा सकारात्मक देखिए पनि बीमाको पहुँच १ आर्थिक वर्षमा १ तिहाइ जनसंख्यामा वृद्धि गर्न सहज देखिँदैन । सरकार, नियामक निकाय र बीमा कम्पनीहरू रणनीतिक रूपमा योजना तयार गरी स्थानीय तहसम्म कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ । नेपाल बैंक लिमिटेडले प्रदान गरेको कर्जामा धितोको बीमा गर्ने उद्देश्यले विसं २००४ सालमा स्थापित नेपाल मालचलानी तथा बीमा कम्पनी लिमिटेडलाई बीमाको शुरुआतका रूपमा लिन सकिन्छ । बीमा व्यवसाय शुरू भएको ७४ वर्षमा २३ प्रतिशत जनसंख्यामा तथा वैदेशिक रोजगार म्यादी जीवन बीमासमेत गणना गर्दा करीब २७ प्रतिशतमा बीमा पहुँँच विस्तार भएको तथ्याङ्क छ । १ आर्थिक वर्षमा ६ प्रतिशतले कसरी बीमा पहुँच विस्तार हुन सक्छ ? बीमा बजारमा १९ जीवन, २० निर्जीवन र १ पुनर्बीमा गरी ४० ओटा बीमा कम्पनी सञ्चालनमा रहेका छन् । कार्यरत कम्पनीहरूले विशेष गरी शहरी इलाकामा प्रमुखरूपमा कार्यस्थल बनाएको देखिन्छ । जीवन बीमा कम्पनीहरूले ग्रामीण इलाकामा बसोवास गर्ने जनतासम्म सेवा विस्तार गर्न सकेका छैनन् । यसका अतिरिक्त आर्थिक वर्ष २०७६/७७ सम्ममा साविक गाविसहरूलाई समावेश गरी नगरपालिकाहरू बनाइएकाले शहरी जनसंख्या ६२ प्रतिशत पुगेको छ । पालिकाहरूको केन्द्र स्थान र अन्य शहरोन्मुख ग्रामीण इलाकाहरूमा वैदेशिक रोजगारीका कारण आधुनिक शैलीका भवनहरूको निर्माण र मूल्यवान् घरायसी सामानहरूको प्रयोग भइरहेको छ । ती इलाकाहरूसम्म जीवन र निर्जीवन बीमा कम्पनीहरूको पहुँच विस्तार हुन नसकिरहेकाले अधिकांश जनतालाई बीमा के हो ? कसरी बीमा गरिन्छ ? दुर्घटना पछिको दाबी भुक्तानी प्रक्रिया के हुन्छन् ? भन्ने समेत जानकारी छैन । नेपाल सरकार बीमा समिति र बीमा कम्पनीहरूले सर्वप्रथम बीमा शिक्षा कार्यक्रम सञ्चालन गर्नुपर्छ । बीमा समितिबाट सामाजिक उत्तरदायित्व र बीमा शिक्षा कार्यक्रम सञ्चालन गर्न वार्षिक खुद नाफाको २ प्रतिशत कम्पनीहरूले खर्च गर्ने गरी निर्देशन जारी गर्दा उपयुक्त हुने देखिन्छ । छुट्ट्याइएको रकमबाट बीमाको पहुँच ६० प्रतिशत नपुगेसम्म बीमा शिक्षामा खर्च गर्नुपर्ने र उक्त लक्ष्य पूरा भएपछि १ प्रतिशत बीमा शिक्षा र बाँकी १ प्रतिशत सामाजिक उत्तरदायित्वमा खर्च गर्ने गरी निर्देशन दिनुपर्छ । ६० प्रतिशत बीमा पहुँच वृद्धिपश्चात् १ प्रतिशत मात्रै सामाजिक उत्तरदायित्वमा खर्च गर्दा उपयुक्त हुने देखिन्छ । बीमा शिक्षा कार्यक्रम सञ्चालन गर्दा काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ, पर्सा, रूपन्देही, बाँके, कैलाली, सुर्खेत र कास्कीजस्ता ठूला शहर भएका जिल्लामा सबै बीमा कम्पनीहरूले कार्यक्रम सञ्चालन गर्ने र अन्य जिल्लामा आपसी छलफलबाट निक्र्योल गर्न सकिन्छ । स्थानीय निकायहरूको संलग्नतामा प्रत्येक विद्यालयका १०, ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीलाई सहभागी गराउँदा प्रभावकारी हुने देखिन्छ । प्रत्येक स्थानीय तहमा सोही क्षेत्रको स्थानीय युवालाई तालीम प्रदान गरी दैनिक रूपमा बीमा शिक्षा कार्यक्रम सञ्चालन गर्ने तथा मासिक रूपमा प्रगति विवरण सम्बद्ध कम्पनीमा पेश गर्ने व्यवस्था गर्नुपर्छ । योजनाबद्ध रूपमा बीमा शिक्षा कार्यक्रम सञ्चालन गरी सरोकारका विषयहरू सर्वसाधारणलाई जानकारी नगराएसम्म बीमा पहुँचमा विस्तार हुन सक्ने देखिँदैन । बीमासम्बन्धी सर्वसाधारणको धारणालाई परिवर्तन गर्ने सशक्त औजार बीमा शिक्षा नै हो । हालसम्म बीमा पहुँच २३ प्रतिशतमा पुगेको पनि बाध्यकारी व्यवस्थाले हो । कर्मचारीहरूको जीवन बीमा रोजगारदाता वा सरकारले गरिदिने, बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा लिँदा अनिवार्य रूपमा बीमा गर्नुपर्ने, वैदेशिक रोजगारीमा जाँदा म्यादी जीवन बीमा गर्नुपर्ने, उद्योग, कलकारखाना, व्यापार व्यावसाय र परियोजना धितो राखी कर्जा लिँदा अनिवार्य रूपमा बीमा गर्नुपर्ने व्यवस्था नभएको भए कसैले पनि बीमा गर्ने थिएनन् । गाडी खरीद वा नवीकरणमा कर्जा बीमा वा तेस्रो पक्ष बीमा अनिवार्य गरिएकोले सहजै बीमाको प्रतिशतमा वृद्धि भएको हो । बीमा शिक्षा कार्यक्रमले बाध्यकारी व्यवस्थाविना स्वस्फूर्तरूपमा बीमा गर्नुपर्छ भन्ने आम मानिसको विचारमा परिवर्तन ल्याउन सक्छ । सरकारबाट बीमा पहुँच वृद्धि गर्ने उद्देश्यले आगामी आर्थिक वर्षका लागि गरिएको नीतिगत व्यवस्थाबाट पहुँच वृद्धि गर्न सकिने अवस्था देखिँदैन । नेपालमा आयकर गणना गर्दा बीमा गरेबापतको रू. ५ हजार कट्टी गरी लाभान्वित हुने संख्या कति छ यकिन गर्नुपर्छ । रू. ५ हजार छूट हुने आशले निजी घरको बीमा गर्न मानिसहरू अग्रसर हुन सक्ने देखिँदैन । निजी घरको बीमा गर्ने वातावरण तयार गर्न नेपालको कानूनी व्यवस्था र सरकारी धारणा कस्तो छ भन्ने महŒवपूर्ण विषय हो । सरकारले पूर्ण सुरक्षित घर निमार्णका लागि विभिन्न कानूनी र नीतिगत व्यवस्था गरेको छ । नेपाल राष्ट्रिय भवन संहिता, २०७७ (यसलाई भूकम्प प्रतिरोधी भवन निर्माण ढाँचा) पनि भनिन्छ । उक्त संहितामा भवन निर्माणसम्बन्धी स्ट्रक्चरल डिजाइनको व्यवस्था गरिएको छ । भवन ऐन, २०५५ दफा ११ देखि १४ सम्म, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ दफा २७ (१) भवन नियमावली, २०६६ (पहिलो संशोधन २०७२) नियम ३ र ४ मा पालिकाहरूमा घर निर्माण गर्नुअघि नक्सा तयार गर्ने सोको स्वीकृत गर्नुपर्ने र स्वीकृत नगरी निर्माण गरेमा भत्काउन आदेश दिने वा रू ५० हजारसम्म जरीवाना गर्ने व्यवस्था छ । सोही आधारमा पालिकाहरूले नक्सा पास गरी घर निमार्णको स्वीकृति दिई राजस्व असुलउपर गरिरहेका छन् । नगरवासीहरूले घर निर्माण गरी सम्बद्ध पालिकाहरूबाट निर्माण सम्पन्न प्रमाणपत्र वा उल्लिखित कानूनहरू कार्यान्वयन हुनुपूर्व विविध कारणबाट घर निर्माण सम्पन्न भएको रहेछ भने अभिलेखीकरणको प्रमाणपत्र लिइरहेका छन् । घर निर्माण सम्पन्न वा अभिलेखीकरणको प्रमाणपत्र अनिवार्य रूपमा लिनुुपर्ने व्यवस्थाबाट पालिकाहरूले राम्रै आम्दानी गरिरहेका छन् । भवन नियमावली, २०६६ मा घर निर्माण सम्पन्न वा अभिलेखीकरण प्रमाणपत्र लिँदा बीमालेखको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्ने बाध्यकारी व्यवस्था थप गर्नुपर्ने तथा बीमा समितिबाट बीमा शिक्षा कार्यक्रम सञ्चालन गर्न निर्देशन जारी भएमा बीमाको पहुँच विस्तार भई जोखिम हस्तान्तरण हुने र बचतमा वृद्धि हुन गई लगानीको स्रोतमा समेत सुधार हुनसक्ने देखिन्छ । लेखक बैंकिङ, बीमा तथा आधुनिक भुक्तानी प्रणालीसम्बन्धी जानकार हुन् ।