काठमाण्डाै - संसदको अवरोध हटाउने विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्ने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले संसद्को कामकारबाहीलाई प्रभावकारी रुपमा अगाडि बढाउन आज दिउँसो साढे २ बजे सर्वदलीय बैठक बोलाउनुु भएको हो ।
बैठकमा सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतालाई बोलाइएको छ । संसद्को चालु अधिवेशन सुरु भएदेखि नै प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण संसद् बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन ।
हिजोको बैठकमा पनि एमाले सांसदले नाराबाजी गरेपछि बैठक भोलिसम्मका लागि स्थगि...