‘अबको राजनीतिको केन्द्रबिन्दु भनेकै यो सत्तारुढ गठबन्धन कसरी फुटाउने भन्ने हो । एमाले अध्यक्ष केपी शर्मा ओलीको मुख्य जोड पनि यसैमा केन्द्रित छ । यो गठबन्धन या त आन्तरिक किचलोबाटै भत्कन्छ, नभए बाहिरी दबाबबाट तोड्नुपर्ने हुन्छ ।’प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका एक नेतासँगको अनौपचारिक कुराकानीका क्रममा उनले सुनाएको यो विश्लेषण यतिबेलाको राजनीतिक द्वन्द्वको नाभी हो । आगामी ६ महिनामा स्थानीय चुनाव गर्नुपर्नेछ, १५ महिनामा सङ्घ र प्रदेशको चुनाव हुँदैछ । यो अवस्थामा एमालेका लागि आफ्न