काठमाडौं– जेन-जी पुस्ताका युवाहरूले गतवर्षको भदौ २३ र २४ गते आन्दोलन गरेको एक वर्ष पूरा भएको छ । जेनजी आन्दोलनले नेपालको राजनीतिक शक्ति सन्तुलनलाई नै फेरबदल ल्याइदिएको थियो । आन्दोलनले तत्कालीन सरकारलाई सत्ताबाहिर पुर्याएको थियो भने, सोही आधारमा फागुन २१ गते भएको निर्वाचनले पुराना राजनीतिक दललाई नै सरकारबाट किनारा लगाइदियो । जेनजी आन्दोलनको आड र […]
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक र तथ्यहीन रहेको जनाएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अवि नारायण काफ्लेले प्रेस विज्ञप्ति जारी गर्दै नेपाल प्रहरीलगायत अन्य सुरक्षा निकायलाई लक्षित गरी यस्ता अफवाह फैलाइएको विषयमा […]
काठमाडौं । रसुवामा भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ३० लाख ६ सय ६५ रुपैयाँ सहयोग गरेको छ। संस्थाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवाका विभिन्न क्षेत्रमा मानवीय तथा भौतिक क्षति भएको […]
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले कसैले राजीनामा माग्दैमा दिन नसकिने बताएका छन् । मंगलवार ललितपुरमा आयोजित शहीद विकास महर्जनको सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आफूहरूलाई जनताले दुई तिहाइको म्याण्डेट दिएर पठाएकाले कसैले राजीनामा माग्दैमा दिन नसकिने स्पष्ट पारे । उनले इतिहास र जनमतलाई कसैले फेर्न नसक्ने भन्दै जनताको अटुट विश्वासलाई […]
दोलखा – रसुवा–भोटेकोसी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित तथा घाइते नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि दोलखाका भीमेश्वर नगरपालिका र वैतेश्वर गाउँपालिकाले आर्थिक सहयोग गर्ने भएका छन्। भीमेश्वर नगरपालिकाले कर्मचारी तथा शिक्षकको २०८३ भदौ महिनाको तलब तथा पारिश्रमिकबाट कट्टा हुने रकम र जनप्रतिनिधिले खाइपाइ आएको सुविधाको सात दिनबराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं प्रवक्ता जगदीश खरेलले ‘जेन जेड’ आन्दोलनका क्रममा भएका सहमतिहरू कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलवार ललितपुरमा जेन जेड शहीद विकास महर्जनको सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन् । आफू अन्तरिम सरकारको प्रवक्ता र सञ्चार मन्त्री भएको समयमा जेन जेड अभियन्ताहरूसँग […]