एशियाकै पहिलो चुरियामाई सुरुङमार्ग पुन:निर्माण शुरू

हेटौंडा : १०४ वर्षअघि निर्माण भएको ‘एशियाकै पहिलो’ चुरियामाई सुरुङमार्गको पुन:निर्माण शुरू भएको छ।बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बिहीबार सुरुङमार्ग पुनःनिर्माण शिलान्यास गरेका हुन्।बारालाई र मकवानपुरसँग जोड्ने चुरियामाई सुरुङमार्ग  वि.सं १९७४ मा चन्द्र शमशेरले बनाउन लगाएका थिए। नेपालका पहिलो इञ्‍जिनियर ब्रिगेडियर कर्णेल डिल्लीजङ्ग थापाको नेतृत्वमा यो सुरुङमार्ग निर्माण गरिएको थियो।उक्त मार्गबाट वि.सं. २०२० सालसम्म सवारी आउजाउ हुने गरेको थियो। ५०० मिटर