बझाङको साइपाल गाउँपालिकाका मतपेटिका सदरमुकाम पुगे

बझाङ : बझाङ जिल्लाको दुर्गम साइपाल गाउँपालिकाका मतपेटिका हेलिकप्टर मार्फत सदरमुकाम चैनपुर ल्याइएको छ। यातायात संजाल नजोडिएको साइपाल गाउँपालिकाका केहि वडाका मतपेटिका सोमबार पैदल सदरमुकाम चैनपुर पुगे पनि धुली र काँडाका मतपेटिका आज नेपाली सेनाको हेलिकप्टर मार्फत ल्याइएको हो। अहिले सर्वदलिय बैठक बसेको र अबको केहि बेरमा मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत नन्दकिशोर प्रसाद यादवले बताए।  मतगणना जिल्ला अदालत तथा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हुने भएको छ।

सम्बन्धित सामग्री

बझाङमा मतपेटिका संकलनको काम सकियो, गणनाको तयारी

१६ वैशाख, धनगढी । उपनिर्वाचन भएको बझाङ प्रदेश सभा (१) मा मतपेटिका संकलनको काम सकिएको छ । साइपाल गाउँपालिका अन्तर्गत पर्ने मतदान केन्द्रका मतपेटिका हेलिकप्टरमार्फत आइतबार बिहान सदरमुकाम चैनपुर पुर्‍याइएको छ । निर्वाचन अधिकृतको कार्यालयले सबै मतपेटिका …