सल्यान : चैतवैशाख महिनामा फुल्नुपर्ने लालीगुराँस माघ फागुनमै फुलेर चैतको अन्तिम सातासम्म ओइलाएर झर्न थालेका छन्। प्रजाति र ठाउँको उचाइअनुसार लालीगुराँस विभिन्न समयमा फुल्न सक्ने भए पनि सल्यानमा विगतमा फागुनचैतमा मात्र फुल्ने गरेको थियो। चैतवैशाखमा फुल्ने लालीगुराँस माघ महिनादेखि नै फुल्न थालेपछि जंगल राताम्मे भएका थिए। समयअघि फुलेर राताम्य भएका लालीगुराँस हेर्न, फोटो खिच्न, टिकटक बनाउन र रमाउन पर्यटकको भीड लागेको थियो। पछिल्लो समय जलवायु परिवर्तनका कारण वातावरणमा अस्वभाविक पर