तत्काल तरलताको समस्या समाधान नभए बजार मन्दीतर्फ जान्छः शेखर गोल्छा

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आगामी मौद्रिक नीति सबैखाले अर्थतन्त्रका चुनौतीलाई समाधान गर्ने किसिमको आउने अपेक्षा रहेकाे बताएका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन्। उनले नेपाल राष्ट्र बैंकले ल्याउने आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिले ठूला, साना, मझौला उद्योगीदेखि सर्वसाधरणहरुको समस्यालाई समेत समेट्ने गरी आउनेमा आशावादी रहेको […]

सम्बन्धित सामग्री

व्यवसायीलाई अर्थमन्त्रीको सुझाव : बैंकलाई गाली गरेर तरलता अभाव हट्दैन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंकलाई गाली गरेर तरलता समस्या समाधान नहुने बताएका छन् ।  अर्थमन्त्री शर्माले बिहीबार तरलता समस्या समाधान गर्नको लागि गभर्नर महाप्रसाद अधिकारीसहित निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका थिए ।  अर्थमन्त्रीले बोलाएको बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा तथा उपाध्यक्ष अन्जन श्रेष्ठ सहभागी थिए ।  नेपाल उद्योग परिसंघका...

वित्तीय क्षेत्रका समस्या समाधान गर्न आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घले तरलता व्यवस्थापन, ब्याजदर स्थायित्व, बाह्य क्षेत्र व्यवस्थापन एवं मूल्य स्थिरताका लागि नेपाल राष्ट्र बैङ्कलाई विशेष पहल गर्न आग्रह गरेको छ । महासङ्घका अध्यक्ष शेखर गोल्छा नेतृत्वको टोलीले राष्ट्र बैङ्कका कार्यवाहक गभर्नर डा. नीलम ढुङ्गानासहितका उच्च अधिकारीलाई भेटेर उक्त आग्रह गरेको हो ।

ब्याजदर र तरलता व्यवस्थापन गर्न महासंघले दियो राष्ट्र बैंकलाई दबाव

३१ असोज, काठमाडौं । व्यवसायीको माग सम्बोधनका लागि दबाव दिन नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व नेपाल राष्ट्र बैंक पुगेको छ । व्यवसायीले ब्याजदर वृद्धि र तरलता व्यवस्थापनको समस्या समाधान गर्नुपर्ने मागसहित सडक आन्दोलन सुरु गरेपछि महासंघका अध्यक्ष शेखर गोल्छा सहितको टोलीले राष्ट्र बैंकसँग छलफल गरेको हो । अर्थतन्त्रमा आन्तरिक र वाह्य कारणले वहुआयामिक प्रभाव परिरहेकोले […]

शेखर गोल्छा भन्छन्, ‘५० लाख सेयर लगानीकर्ता मौद्रिक नीतिको आशमा छन्’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सेयर लगानीकर्तादेखि उद्योगी व्यवसायी राम्रो मौद्रिक नीतिको आशमा रहेको बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा अध्यक्ष गोल्छाले आगामी आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिले सबैखालका अर्थतन्त्रका चुनौतीलाई समाधान गर्नुपर्ने बताएका हुन् । राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिले ठूला, साना, मझौला उद्योगीदेखि सर्वसाधरणहरुका सबैखाले समस्यालाई सम्बोधन गर्नुपर्ने र सोही अनुसार मौद्रिक नीति आउनेमा आफू र नीजि क्षेत्र आशावादी रहेको बताए ।अहिले अर्थतन्त्र चुनौतीबाट गुज्रिरहेको भन्दै आगामी आर्थिक वर्षको मौद्रिक नीतिबाट अर्थतन्त्र सुधार हुने अपेक्षा नीजि क्षेत्रले गरेको उनको भनाई छ । अध्यक्ष गोल्छाले डिम्याट खाता खोलेर लगानी गरिरहेका ५० लाख सर्वसाधरण सेयर लगानीकर्ता पनि मौद्रिक नीतिकै आशमा रहेको बताए । सेयर धितो कर्जामा रहेको  ४ र १२ को नीतिले शेयर बजारमा निराशा छाएको बताउँदै अध्यक्ष गोल्छाले आगामी मौद्रिक नीतिमा यसबारे पुर्नबिचार गरिनुपर्ने बताए । गोल्छाले तत्काल तरलताको समस्या समाधान नभए अर्थतन्त्र चरम मन्दीतर्फ जानसक्ने चेतावनी पनि दिए । उनले महँगी ८ प्रतिशत मात्रै रहेको भनिएपनि होलसेल बजारमा १८ प्रतिशत पुगिसकेको बताए ।

आगामी मौद्रिक नीतिले सबैखाले अर्थतन्त्रका चुनौतीको समाधान गर्नेछः शेखर गोल्छा

अध्यक्ष गोल्छाले ५० लाख शेयर डिम्याट खाता खोलेर बसेका सर्वसाधरण समेत मौद्रिक नीतिकै आशमा बसिरहेको बताए। उनले उद्योगी व्यवसायीहरुले जीवनमा नभोगेको तरलता अभाव यसवर्ष अत्यन्तै गहन र जटिलरुपमा भोग्नु परेको पनि बताए। अध्यक्ष गोल्छाले तत्काल तरलताको समस्या समाध...

खाद्यान्न, तरकारी र फलफूलको आयात ३० प्रतिशत कायम गर्न सजिलो छैन: शेखर गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बजेटमा खाद्यान्न, तरकारी र फलफूलको आयातमा ३० प्रतिशत भन्दा कमि गर्ने कुरा सुन्दा कर्ण प्रिय भए पनि सजिलो नभएको बताएका छन् । सोमबार राजश्व परापर्श समितिले आयोजना गरेको कर सुधार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् । उनले सजिलो तरिकाले खाद्यान्न, तरकारी र फलफूल आयात ३० प्रतिशत कमि ल्याउन सक्ने भए पहिला नै गरि सकिने दाबी गरे । अध्यक्ष गोल्छाले सरकारले विकास पूर्वाधार र उत्पादनमूलक क्षेत्रमा लगानी नगर्ने हो भनेर बजेटले लिएका लक्ष्य हासिल गर्न नसकिने बताए । उनले बजेट मार्फत व्यवसायीहरुलाई निर्यातमा सहुलियत दिने कार्याविधि समयमै बन्छ भन्ने विश्वास कसैलाई नभएको बताए  । अध्यक्ष गोल्छाले सरकारले दिएको सहुलियत कार्यान्वयनको लागि कार्यविधि समयमै बने मात्रै उद्योगीहरुले सहुलियत पाउन सक्ने बताए । उनले सरकारले कच्चापदार्थमा कर बढाउँदा घ्यू तेल उद्योग समस्यामा परेको बताए । त्यस्तै अध्यक्ष गोल्छाले सेनिटरी प्याड उद्योग बन्द हुने अवस्थामा पुगेको दावी गरे । सरकारले अब कच्चापदार्थमा कर लगाउने नीति परिवर्तन गरे मात्रै उद्योगलाई परेको समस्या समाधान हुनसक्ने अध्यक्ष गोल्छाले बताए । उनले पछिल्लो समय मूल्य वृद्धि,अर्थतन्त्रमा समस्या तथा भारतले निर्यात नीति परिर्वतन गरेको कारण १८ प्रतिशत राजश्व वृद्धि गर्न नसकिने दाबी गरे ।उनले भने ,‘ बजेटमा आकर्षण पक्ष गहुँ,मकै,धान, तरकारी र फलफूलको आयातमा ३० प्रतिशत कमि गर्ने यो सुन्दा कर्ण प्रिय छ । तर,त्यति सजिलो पक्कै छैन । सजिलो भएको भए पहिला नै गरि सक्ने थियौं । बजेटमा पूर्वाधार विकासमा गम्भिर किसिमको लगानी गदैनौं भने सरकारको लक्ष्य पूरा गर्न सक्दैनौं । सरकारले बजेटमा भनिएको सहुलियतहरु छन् । सरकारले जुन सहुलियतहरु दिइएको छ । निजि क्षेत्र उत्साहित भएका छौं  तर यहाँ बसेका कसैमा पनि विश्वास छैन समयमा नै नियमावली आउँछ । कसैलाई विश्वास छैन नियमावली आएपछि निर्यातको सुविधा छ त्यो सहज रुपमा लिन पाउँछौं । कार्यविधि आएपछि  नगद अनुदान दिने कार्यविधि समयमा बन्छ भन्ने कसैलाई विश्वास छैन। कच्चापदार्थमा कर बढाउँदा घ्यू तेल उद्योग समस्यामा परेका छ। वायर रड बनाउने उद्योग समस्यामा परेका छन् । सेनिटरी प्याड उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । कच्चापदार्थमा कर लगाउने नीति परिवर्तन हुनुपर्छ। बजेटमा धेरै कुरा राम्रा हुँदाहुँदै केही उद्योगलाई परेको समस्या समाधान हुनुपर्छ ।’

सरकारले निजी क्षेत्रका समस्या समाधान गर्न तदारुकता देखाएनः शेखर गोल्छा

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष शेखर गोल्छाले सरकारले निजी क्षेत्रको समस्या समाधान गर्न तदारुकता नदेखाएको आरोप लगाएका छन्। सोमबार बस्तुगत संघका नवनिर्वाचित पदाधिकारीहरुदाई स्वागत गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले सबै नेताहरुले निजी क्षेत्रको सहभागिता बिना देश समृद्ध नहुने बताए पनि समस्या समाधान गर्न भने तदारुकता नदेखाएको आरोप लगाए। अध्यक्ष गोल्छाले महासंघले […]