खाद्यान्न, तरकारी र फलफूलको आयात ३० प्रतिशत कायम गर्न सजिलो छैन: शेखर गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बजेटमा खाद्यान्न, तरकारी र फलफूलको आयातमा ३० प्रतिशत भन्दा कमि गर्ने कुरा सुन्दा कर्ण प्रिय भए पनि सजिलो नभएको बताएका छन् । सोमबार राजश्व परापर्श समितिले आयोजना गरेको कर सुधार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् । उनले सजिलो तरिकाले खाद्यान्न, तरकारी र फलफूल आयात ३० प्रतिशत कमि ल्याउन सक्ने भए पहिला नै गरि सकिने दाबी गरे । अध्यक्ष गोल्छाले सरकारले विकास पूर्वाधार र उत्पादनमूलक क्षेत्रमा लगानी नगर्ने हो भनेर बजेटले लिएका लक्ष्य हासिल गर्न नसकिने बताए । उनले बजेट मार्फत व्यवसायीहरुलाई निर्यातमा सहुलियत दिने कार्याविधि समयमै बन्छ भन्ने विश्वास कसैलाई नभएको बताए  । अध्यक्ष गोल्छाले सरकारले दिएको सहुलियत कार्यान्वयनको लागि कार्यविधि समयमै बने मात्रै उद्योगीहरुले सहुलियत पाउन सक्ने बताए । उनले सरकारले कच्चापदार्थमा कर बढाउँदा घ्यू तेल उद्योग समस्यामा परेको बताए । त्यस्तै अध्यक्ष गोल्छाले सेनिटरी प्याड उद्योग बन्द हुने अवस्थामा पुगेको दावी गरे । सरकारले अब कच्चापदार्थमा कर लगाउने नीति परिवर्तन गरे मात्रै उद्योगलाई परेको समस्या समाधान हुनसक्ने अध्यक्ष गोल्छाले बताए । उनले पछिल्लो समय मूल्य वृद्धि,अर्थतन्त्रमा समस्या तथा भारतले निर्यात नीति परिर्वतन गरेको कारण १८ प्रतिशत राजश्व वृद्धि गर्न नसकिने दाबी गरे ।उनले भने ,‘ बजेटमा आकर्षण पक्ष गहुँ,मकै,धान, तरकारी र फलफूलको आयातमा ३० प्रतिशत कमि गर्ने यो सुन्दा कर्ण प्रिय छ । तर,त्यति सजिलो पक्कै छैन । सजिलो भएको भए पहिला नै गरि सक्ने थियौं । बजेटमा पूर्वाधार विकासमा गम्भिर किसिमको लगानी गदैनौं भने सरकारको लक्ष्य पूरा गर्न सक्दैनौं । सरकारले बजेटमा भनिएको सहुलियतहरु छन् । सरकारले जुन सहुलियतहरु दिइएको छ । निजि क्षेत्र उत्साहित भएका छौं  तर यहाँ बसेका कसैमा पनि विश्वास छैन समयमा नै नियमावली आउँछ । कसैलाई विश्वास छैन नियमावली आएपछि निर्यातको सुविधा छ त्यो सहज रुपमा लिन पाउँछौं । कार्यविधि आएपछि  नगद अनुदान दिने कार्यविधि समयमा बन्छ भन्ने कसैलाई विश्वास छैन। कच्चापदार्थमा कर बढाउँदा घ्यू तेल उद्योग समस्यामा परेका छ। वायर रड बनाउने उद्योग समस्यामा परेका छन् । सेनिटरी प्याड उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । कच्चापदार्थमा कर लगाउने नीति परिवर्तन हुनुपर्छ। बजेटमा धेरै कुरा राम्रा हुँदाहुँदै केही उद्योगलाई परेको समस्या समाधान हुनुपर्छ ।’

सम्बन्धित सामग्री

स्टार्टअप नीति पारित गर्न उद्योगमन्त्री समक्ष महासंघको माग

२० चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले स्टार्टअप नीति पारित गर्न सरकार समक्ष माग गरेको छ । अध्यक्ष शेखर गोल्छा नेतृत्वको प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई मन्त्रालयमा भेट्दै यस्तो माग गरेको हो । अध्यक्ष गोल्छाले सो अवसरमा अर्थतन्त्र संकटोन्मुख हुँदा त्यसको प्रत्यक्ष प्रभाव उद्योग व्यवसायमा पर्न गएको बताए । अर्थतन्त्रमा अहिलेको संकट […]

आर्थिक सूचकहरु चिन्ताजनक अवस्थामा : शेखर गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको आर्थिक सूचकहरु चिन्ताजनक अवस्थामा रहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघसँगको विज्ञापन आचारसंहितासम्बन्धी अन्तरक्रिया कार्यक्रममा अध्यक्ष गोल्छाले यस्तो बताएका हुन्। लामो समयदेखि अर्थतन्त्रमा...

आयात घटाउन सजिलो छैनः शेखर गोल्छा

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बजेटमा खाद्यान्न, तरकारी र फलफूलको आयातमा ३० प्रतिशतभन्दा कमि गर्ने कुरा सुन्दा कर्णप्रिय भए पनि सजिलो नभएको बताएका छन्। सोमबार राजश्व परापर्श समितिले आयोजना गरेको कर सुधारसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन्। उनले भने, ‘बजेटमा आकर्षक पक्ष गहुँ, मकै, धान, तरकारी र फलफूलको […]

बजेटबाट निजी क्षेत्र उत्साहित छ : शेखर गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आगामी आर्थिक वर्षको बजेट सकरात्मक आएको बताएका छन् । उनले बजेटपछि प्रतिक्रिया दिँदै सरकराले स्वागतयोग्य बजेट ल्याएको बताए ।उनले साना र मझौला उद्योगी व्यवसायीलाई विना धितो कर्जा दिने व्यवस्था उत्कृष्ट भएको बताए । यस्तै, स्टार्टअपलाई सहुलियत दिने व्यवस्था समेत स्वागतयोग्य भएको गोल्छाले बताए ।यसका साथै, स्टिल, सिमेन्ट र फुटवेयरमा निर्यात गर्दा ८ प्रतिशतसम्म अनुदान दिने व्यवस्थाले नेपालको निर्यातलाई सुधार्ने गोल्छाको भनाइ छ ।

मतदान गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा । तस्वीर : सुनिल शर्मा / आर्थिक अभियान

उद्योगीको भोट

काठमाडौं महानगरपालिका अन्तर्गत सितापाइला स्कुलबाट मतदान गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा ।

देशको समृद्धिका लागि एमसीसी आवश्यक छ : शेखर गोल्छा

नेपाल आर्थिक पत्रकार सघं (नाफिज)को आर्थिक पुनरुत्थानमा सार्वजनिक निजी साझेदारी विषयक अन्तर्क्रियात्मक कार्यक्रममा गोल्छाले देशको समृद्धिका लागि एमसीसी आवश्यक रहेको स्पष्ट पारे

आरक्षणमा आक्रोश

उदाहरणका लागि, अहिलेको आरक्षण प्रबन्धअनुसार उद्योगपति/व्यवसायी विनोद चौधरी, शेखर गोल्छा, पद्मज्योती, इच्छाराज तामाङका छोराछोरी पनि आरक्षणका लागि योग्य मानिन्छन्।

पल्सर स्पोर्ट्स अवार्ड–२०७४ घोषणामा सभामा शेखर गोल्छा । तस्बिरः सरिता खड्का

पल्सर स्पोर्ट्स अवार्ड–२०७४ घोषणामा विजेता खेलाडीलाई अवार्ड प्रदान गर्दै शेखर गोल्छा । तस्बिरः सरिता