खजुरा गाउँपालिका: इन्धनमा पाँच लाख बढी खर्च

खजुरा गाउँपालिकाले चालू आर्थिक वर्षयता इन्धन र सवारी साधन मर्मतका लागि नौ लाखभन्दा बढी रकम खर्च गरेको छ। गाउँपालिकाले इन्धनमा १५ लाख, सवारी साधान मर्मतका लागि दश लाख रुपैयाँ विनियोजन गरेको थियो।...

सम्बन्धित सामग्री

खजुरा गाउँपालिका-५ का वडाअध्यक्षले ५० वर्षको उमेरमा दिए एसइई

काठमाडौं, १३ चैत । बाँकेको खजुरा गाउँपालिका–५ का वडाअध्यक्ष गरिबे शेषले ५० वर्षको उमेरमा माध्यामिक शिक्षा परीक्षा (एसइई) दिएका छन् । ज्ञानोदय मावि खजुराको खुला शिक्षा अन्तर्गत जनता मावि परीक्षा केन्द्रबाट शेष परीक्षामा सहभागी छन् । एसइईको तयारीका लागि उनले वडामा सदस्यलाई कार्यवाहकको जिम्मेवारी दिएका छन् । एसइई परीक्षा राम्रो गरेर थप उच्च शिक्षाको अध्ययन […]

वडाध्यक्षले कुटे प्राविधिक

खजुरा गाउँपालिकाका प्राविधिक लिलाराज धामीमाथि हातपात भएको छ। खजुरा गाउँपालिका–५ का वडाध्यक्ष गरिबे शेषले आज दिउँसो प्राविधिक धामीमाथि कार्यक्षेत्रमै हातपात गरेका हुन्।...

खजुरा गाउँपालिका अध्यक्षले निवर्तमानलाई ‘मिट्टी दिइसकेको’ भनेपछि...

एमाले पोलिटब्युरो सदस्य एवम्‌ बाँके इन्चार्ज खेममान खड्काले कक्षपति भन्दै विकको मोबाइलमा फोन गरेका थिए । विकले ‘किस्मत त मरेर मिट्टी दिइसकेको’ भन्दै अभद्र भाषाशैलीमा प्रस्तुत भएका थिए ।

४.७ ग्राम खैरो हिरोइनसहित बर्दियाबाट चार जना पक्राउ

२५ असोज, बर्दिया । प्रहरीले ४.७ ग्राम लागूऔषध खैरो हिरोइनसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेको खजुरा गाउँपालिका-४ का सिमोन विक र ललित भुजेल तथा खजुरा गाउँपालिका-१ का भानु सिग्देल र नेपालगञ्‍ज उपमहानगरपालिका-४का राजेश विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दिया खटिएको प्रहरी टोलीले बढैयाताल गाउँपालिका -०२ फुटाह दशगजा स्थित भारतबाट […]

नाला तर्ने क्रममा रुखमा अड्किएका २ जनाकाे उद्धार

बाँके – बाँकेको खजुरा गाउँपालिका २ सीतापुरमा रुखमा अड्किएका दुई जनाकाे उद्धार भएकाे छ ।  सीतापुरकाे किरण नाला तर्ने क्रममा बगाएर रुखमा अड्किएका खजुरा गाउँपालिका २ का ३२ वर्षीय तेजबहादुर रोकाय र बर्दियाको बारबर्दिया नगरपालिका ६ का २७ वर्षीय जनक चौधरीकाे उद्धार भएकाे हाे । स्थानीयवासीकाे समन्वयमा उनीहरूकाे उद्धार गरिएकाे बाँके प्रहरीले जनाएकाे छ ।

बाँकेमा कोरोना विरुद्धको दोस्रो डोज र बुष्टर डोज लगाइँदै

विशेषगरी १८ वर्षमाथिका नागरिकलाई लक्षित दुई दिनसम्म नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा खोप लगाउन लागिएको छ।

भारतमा ठूलो परिणामको सुन चोरेर नेपाल आएका व्यक्ति पक्राउ

ठूलो परिमाणका सुनसहित नेपालगन्जमा एक व्यक्ति पक्राउ परेका छन्। बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ एल गाउँ नजिकबाट प्रहरीले पक्राउ गरेको हो।...

बाँकेको खजुरा गाउँपालिका बालविवाहमुक्त घोषणा

नेपालगञ्ज – बाँकेको खजुरा गाउँपालिकालाई बालविवाहमुक्त गाउँपालिका घोषणा गरिएको छ। बालविवाहमुक्त घोषणा हुने खजुरा जिल्लाको तेस्रो गाउँपालिका हो। बाँकेमा आठ वटा पालिका रहेका छन्। गाउँपालिकाका सबै वडालाई बालविवाहमुक्त घोषणा गरेपश्चात खजुरा गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गरिएको हो। गाउँपालिकामा २० प्रतिशतभन्दा कम बालविवाह भए बालविवाहमुक्त घोषणा हुने प्रावधान रहेको छ। खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले गाउँपालिकालाई […]

शिक्षामा दशवर्षे योजना बनाउँदै खजुरा गाउँपालिका

राँझा । बाँकेको खजुरा गाउँपालिकाले शिक्षा क्षेत्रको दशवर्षे योजना निर्माणको तयारी गरेको छ । गाउँपालिकाभित्रका सम्पूर्ण शिक्षासँग सम्बन्धित सरोकारवाला निकायसँगको समन्वयमा शिक्षा क्षेत्रको दशवर्षे योजना निर्माणको तयारी गरिएको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए । उनका अनुसार सबै पक्षलाई समेटी नमूना दशवर्षे कार्ययोजना निर्माण गरिने छ । त्यसका लागि गाउँ आवधिक योजना कार्यपालिकाले अनुमोदनसमेत गरिसकेको […]

बसले ठक्कर दिँदा एक जनाको मृत्यु

बाँकेमा शनिबार बसले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।  जिल्लाको खजुरा गाउँपालिका–७ गुनानास्थित सडकमा भे १ ख २२७४ नम्बरको बसले भे १ त ७४८८ नम्बरको ट्याक्टरलाई ठक्कर दिँदा ट्याक्टरका मालिक खजुरा गाउँपालिका–७ बस्ने ६० वर्षीय जुमाई खानको घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टर चालक र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।