टेलिकमको ‘अटम अफर’ सञ्चालन

नेपाल टेलिकमले अटम अफर २०७९ सञ्चालनमा ल्याएको छ ।कम्पनीले उपलब्ध गराइरहेको समर अफर सेवाग्राहीले अत्यधिक रुचाएको पाइएकोले यसमा सोही अफर अन्तर्गत केही प्याकहरुलाई अद्यावधिक र केहीलाई निरन्तरता दिएको टेलिकमले जनाएको छ । २९ असोजदेखि कार्यान्वयनमा ल्याइएको यो अफर बढीमा आगामी ९० दिनसम्म सञ्चालनमा रहने छ ।अन्तर्गत सजिलो प्रिपेड कम्बो अफर, सजिलो अनलिमिटेड प्रिपेड प्याक, सस्तो […]

सम्बन्धित सामग्री

किमाथाङ्कामा पहिलोपटक पुग्यो टेलिकमको जिएसएम सेवा

सङ्खुवासभा सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१ किमाथाङ्कानाकामा नेपाल टेलिकमको जिएसएम सेवा सञ्चालन भएको छ ।जिल्लाको दुर्गम उत्तरी क्षेत्र भोटखोला–१ किमाथाङ्कानाकामा पहिलोपटक टेलिकमले जिएसएम (टुजी) सेवा विस्तार गरेको हो । सेवा सञ्चालन भएपछि स्थानीयवासी लाभान्वित भएका छन् । किमाथाङ्कामा टेलिकमले शुक्रबारदेखि जिएसएम सेवा विस्तार गरेको दूरसञ्चार प्राधिकरण कार्यालय खाँदबारीका प्रमुख प्रेमकुमार राईले जानकारी दिए। उहाँका अनुसार प्रतिकूल मौसम तथा कठिन भूगोल भएका कारण

नेपाल टेलिकमको आम्दानी सामान्य बढ्यो, नाफामा भने कमी

काठमाण्डाै – नेपाल टेलिकमको आम्दानी बढेको छ भने नाफामा कमी आएको छ । कम्पनीले सार्वजनिक गरेको त्रैमासिक वित्तीय प्रतिवेदनअनुसार साउनदेखि असोजसम्म टेलिकमको आय ११ अर्ब चार करोड ९० हजार रुपैयाँ रहेको छ । यो अघिल्लो आर्थिक वर्षको तीन महिनाको तुलनामा आठ करोड ७७ लाख ४३ हजार रुपैयाँले धेरै हो ।  यस्तै तीन महिनामा कम्पनीको कुल सञ्चालन आय नाै अर्ब सात करोड ७५ लाख रुपैयाँ रहेको छ । यो गएकाे वर्षको तुलनामा ६९ करोड ७७ लाख रुपैयाँले कमी हो । टेलिकमको कुल आयमा सामान्य वृद्धि भए पनि नाफा भने घटेको छ । साउनदेखि अस...

एक अर्ब २५ करोड रुपैयाँले बढ्यो नेपाल टेलिकमको खुद नाफा

अघिल्लो आर्थिक वर्षको तुलनामा नेपाल टेलिकमको खुद नाफा बढेको छ । टेलिकमले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष १ अर्ब २५ करोड रुपैयाँले खुद नाफा बढेको जानकारी दिएको हो । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा टेलिकमको खुद नाफा ७ अर्ब १२ करोड ९४ लाख ४१ हजार रुपैयाँ थियो । जुन गत आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब २५ करोडले बढेर ८ अर्ब ३८ करोड ८८ हजार रुपैयाँ पुगेको छ । यसैगरी, यस अवधिमा टेलिकमको कूल सञ्चालन आय पनि बढेको छ । टेलिकमका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा सञ्चालन आय १ अर्ब ९५ करोड ४२

रघुगङ्गामा टेलिकमको सेवा विस्तार

काठमाडौँ,२० जेठ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोला र ८ कुइनेमङ्गलेका दुर्गम बस्तीमा नेपाल टेलिकमको सेवा विस्तार गरिएको छ । सेवा विस्तारपछि मोबाइल फोनका लागि अग्ला डाँडा र रुखमा चढ्नुपर्ने बाध्यता हटेको छ । रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको पुस्तिबाङ डाँडामा अस्थायीरूपमा विद्युत्को पोलमा बिटियस जडान गरेर सेवा सञ्चालन गरिएको नेपाल टेलिकम म्याग्दीका प्रमुख दामोदर सिम्खडाले जानकारी दिए […]

गाउँपालिका क्षेत्रमा पहिलोपटक टेलिकमको नेटवर्क

खोटाङ : खोटाङको रावाबेसी गाउँपालिका क्षेत्रमा पहिलोपटक नेपाल टेलिकमको नेटवर्क पुगेको छ। गाउँपालिकाको वडा नम्बर २ खार्पा र ५ दुबेकोलमा एकैसाथ नेपाल टेलिकमका दुइटा टावर सञ्चालनमा आएसँगै नेटवर्क खोज्दै डाँडाकाँडा पुग्नुपर्ने समस्या अन्त्य भएको छ।टेलिकमले ढिला गरी टावर सञ्चालनमा ल्याए पनि अहिले गाउँपालिकावासीको मुहारमा खुसी छाएको छ।गाउँपालिकामा टावर सञ्चालन गर्न आवश्यक सहयोगसँगै बारम्बार ताकेता गर्दा लामो प्रतीक्षापछि टावर सञ्चालनमा आएको रावाबेसी गाउँपालिकाका अध्यक्ष लीलानाथ निरौलाले बताए। ६ वटा वडा

स्मार्ट टेलिकमको लाइसेन्स खोसेर चौधरी ग्रुपलाई दिने सरकारको तयारी

सेवा सञ्चालन गरेबापत बुझाउनुपर्ने अर्बौं रुपैयाँ नतिर्ने स्मार्ट टेलिकमको लाइसेन्स खारेजी प्रक्रिया अन्तिम चरणमा पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले वर्षौंदेखिको नवीकरण दस्तुर र विभिन्न रोयल्टी बापतको रकम नबुझाउने स्मार्ट टेलिकमको लाइसेन्स खारेजी प्रक्रिया अन्तिम चरणमा पुर्याएको हो । कम्पनीले दूरसञ्चार प्राधिकरणलाई लाइसेन्स नवीकरण र अन्य प्रकारका रोयल्टी बापत ६ अर्ब रुपैयाँभन्दा बढी रकम तिरेको छैन । पटक–पटक म्याद थप गर्दा पनि कम्पनीले बुझाउनुपर्ने रकम नबुझाउने, तर पुनः म्याद थप्नतर्फ जो

गल्याङमा टेलिकमको नयाँ टावर सञ्चालन

काठमडौं (नेस) । नेपाल टेलिकमले गल्याङ नगरपालिकाको लवरकोटमा जीएसएम सेवाको नयाँ वीटीएस टावर सञ्चालनमा ल्याएको छ । फोरजी तथा टुजी दुवै सेवासहित सञ्चालन गरिएको उक्त टावरले सो क्षेत्रका हजारौं उपभोक्ताको गुनासो सम्बोधन भएको नेपाल टेलिकम गण्डकी प्रदेश प्रमुख इन्दल यादवले बताउनुभयो । गल्याङ नगरपालिका–११ मा सञ्चालित उक्त टावरबाट स्याङ्जाको जिमुवा, लवरकोट, तुलसी भन्ज्याङ, दिमिकलगायत क्षेत्रका […]

एक अर्बले बढ्यो टेलिकमको आम्दानी

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल टेलिकमको सञ्चालन आय १ अर्ब १३ करोड रुपैयाँले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको तुलनामा आय एक अर्बले बढेको हो । अघिल्लो वर्षको पहिलो त्रैमासमा टेलिकमले ८ अर्ब ६३ करोड रुपैयाँ आम्दानी गरेको थियो । जुन, यो वर्षको पहिलो त्रैमासमा ९ अर्ब ७७ करोड रुपैयाँमा पुगेको हो । यस्तै, कम्पनीको गत आर्थिक वर्षको पहिलो त्रैमासमा १० अर्ब १० करोड कुल आय थियो । जुन, ८४ करोडले बढेर यो वर्षको पहिलो त्रैमासमा १० अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । यसका साथ

टेलिकमको फोरजी सेवासहितको टावर सञ्चालन

खोटाङ । खोटाङको विभिन्न १८ स्थानमा नेपाल टेलिकमको फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा आएको छ । जिल्लाका दशवटै स्थानीय तहमा फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालन गर्ने लक्ष्य लिएको टेलिकमले पहिलो चरणमा जिल्लाका विभिन्न १८ स्थानमा सञ्चालनमा ल्याएको हो । दिक्तेलस्थित टेलिकमको कार्यालय, रत्नपार्क, हलेसी, च्यास्मिटार, बाहुनीडाँडा, सिम्पानी, खोटाङबजार, सावाकटहरे, चिसापानी, बराहपोखरी, मात्तिमबिर्ता, खिदिमा, बाँझेच्यानडाँडा, दोर्पाबुवालुङ, फेदी बाक्सिला र बुइपामा जडान गरिएको टावर सञ्चालनमा आएको नेपाल टेलिकम खोटाङका कार्यालय प्रमुख खगेन्द्र मगरले बताए । ‘जीएसएम मोबाइलका सेवाग्राहीको समस्यालाई ध्यानमा राख्दै टेलिकमले गत आर्थिक वर्ष जिल्लाका २८ स्थानमा टेलिफोन टावर जडानको काम थालेको थियो,’ उनले भने, ‘जडान गरिएकामध्ये पहिलो चरणमा १८ ओटा सञ्चालन गरिएको छ । निर्माणाधीन दशओटा पनि चाँडै सञ्चालन गर्ने तयारी गरेका छौं ।’ दोस्रो चरणमा बतासे, छितापोखरी, खार्पा, दुवेकोल, ऐंसेलुखर्क, पाथेका, मेरुङ, मुडे र आमचोकमा जडान गरिएका टेलिफान टावर सञ्चालन गर्ने तयारी गरिएको टेलिकम खोटाङका कार्यालय प्रमुख मगरले बताए । ‘टेलिफोन टावरका लागि आवश्यक सामग्री ल्याइसकिएको छ,’ उनले भने, ‘अहिले जिल्लाका ग्रामिण सडक अवरुद्ध रहेकाले निर्माणस्थल पु¥याउन सकिएको छैन । दसैं–तिहारलगत्तै बाँकी दशओटै ठाउँका टेलिफोन टावर सञ्चालनमा ल्याउँछौं ।’ नेपाल टेलिकम खोटाङका अनुसार यस वर्ष जिल्लाका थप तीन ठाउँमा टेलिफोन टावर जडानका लागि केन्द्रबाट कार्यक्रम आएको बताइएको छ । सल्ले, राजापानी र लिच्किराम्चेमा यस वर्ष टेलिफोन टावर जडानका लागि केन्द्रबाट थप कार्यक्रम आएको कार्यालय प्रमुख मगरले जानकारी दिए । नेपाल टेलिकमले जिल्लामा फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा ल्याएपछि अधिकांश भेगका सेवाग्राही लाभान्वित भएका छन् । जिल्लामा जडान गरिएका टेलिफोन टावरलाई प्रभावकारी बनाउन केन्द्रीय प्रसारण लाइनको विद्युत्का साथै सोलार प्यानल जडान गरिएको टेलिकमले बताएको छ । रासस

राष्ट्र बैंकले दियो नमस्ते पेलाई सञ्चालन अनुमति

नेपाल राष्ट्र बैंकले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडलाई सञ्चालनको अनुमति दिएको छ ।  अनुमति पाएसँगै यस कम्पनीले नमस्ते पेले सञ्चालन अनुमति पाएको हो ।  यो कम्पनी नेपाल टेलिकमको सहायक कम्पनी हो ।  राष्ट्र बैंकले चैत ५ गतेसम्म अनुमति प्राप्त भुक्तानी सेवा प्रदायकहरुको अद्यावधिक विवरण सार्वजनिक गर्दै नमस्ते पेले अनुमति पाएको उल्लेख गरेको छ। राष्ट्र बैंककाअनुसार नमस्ते पेको चुक्ता पुँजी ४० करोड रुपैयाँ छ। २०७६ वैशाखमा टेलिकम र वाणिज्य बैंकले संयुक्त रुपमा भुक्तानी सेवा प्रदायक कम्पनी सञ्चालन ग...