रूपन्देहीमा ट्रंकलाइन महसुल तिर्न प्राधिकरणको ताकेता : उद्योगीको प्रश्न, ‘प्रयोग नै नगरी महसुल तिर्नू?

बुटवल : रुपन्देहीको बुटवल योगीकुटी–भैरहवा कोरिडोरमा रहेका उद्योगलाई नेपाल विद्युत् प्राधिकरणले ट्रंकलाइन विद्युत् महसुल असार मसान्तभित्रै भुक्तानी गर्न ताकेता गरेपछि विवाद सिर्जना भएको छ। उद्योगीले माग र प्रयोग नै नगरेको ट्रंकलाइनको महसुल नतिर्ने भन्दै विरोध गरेका हुन्। २०७४ चैतमा नेपाल विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रले आफ्नो आन्तरिक लोड व्यवस्थापन तथा…

सम्बन्धित सामग्री

राष्ट्र बैंकको गेटमा उद्योगीको धर्ना

११ पुस, विराटनगर । बैंकको चर्को ब्याजदरका विरुद्ध आन्दोलनमा उत्रिएका मोरङका उद्योगी व्यावसायीले नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय विराटनगरको प्रवेशद्वार अगाडि धर्ना दिएका छन् । सोमबार बिहानैदेखि धर्ना दिएका हुन् ।  उद्योगीको धर्नाका कारण  राष्ट्र बैंकका कर्मचारी बाटोमै रोकिएका छन् । गेट अगाडि धर्ना बसेका उद्योगी व्यावसायीले  बैंकका कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाएका  छन् । […]

उद्योगीको भोट

काठमाडौं महानगरपालिका अन्तर्गत सितापाइला स्कुलबाट मतदान गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा ।

उद्योगीको भोट

बिहान साढे ८ बजेतिर काठमाडौंको विशालनगरमा रहेको मतदान केन्द्रमा मतदान गर्दै नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल ।

उद्योग र उद्योगीको समस्या बुझिदिन महासंघको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघले वर्तमान कठिन आर्थिक अवस्थाको प्रभाव उद्योग र उद्योगीको समस्या बुझिदिन नव नियुक्त उद्योग तथा वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसँग आग्रह गरेको छ । शुक्रबार महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मन्त्री बडूलाई भेटी यस्तो आग्रह गरेको हो ।लामो समयपश्चात उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रले नेतृत्व पाएकोमा खुशी प्रकट गर्दै महासंघले विद्यमान चुनौतीपूर्ण घडीमा उद्योग व्यवसायका समस्या समाधानका लागि मन्त्रीसँग विशेष आग्रह गरे । भेटका क्र

विराटनगरका उद्योगीको गुनासो : कुलमानलाई भगवान् ठानेका थियौँ, नाङ्गिनुभयो !

विराटनगर । देशकै पहिलो औद्योगिक नगरी विराटनगरका व्यवसायीहरूले नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले आफूहरूलाई ढाँटिरहेको बताएका छन् । विराटनगरमा दैनिक १२ घण्टादेखि १६ घण्टासम्म लोडसेडिङ गराएर वीरगन्ज र भैरहवामा चाहिँ चार घण्टामात्र लोडसेडिङ गरेको विराटनगरका उद्योगीको आरोप छ । प्राधिकरणले बिजुली फालाफाल छ भने पनि उद्योगहरूमा लोडसेडिङ गराइएको तर त्यसमा पनि विराटनगरलाई पाखा र वीरगन्जलाई काखा गरेर विभेद भएको व्यवसायीको गुनासो छ । त्यसै गरी सरकारको आर्थिक नीति

सरकारको उदासिनता र चिनी उद्योगीको दादागिरीको नतिजा: चिनी उद्योगले उखु पाउनै छोडे

उखु नगदे बाली हो। सरकारले यसलाइ राष्ट्रिय बाली घोषणा गरेको वर्षौ भइसक्यो। तर त्यही नगदे बालीको उदारो कारोबार,सरकारी वेवास्ता र चिनी उद्योगीको दादागिरीबाट आजित भएकाकिसानले उखु खेती गर्न छाडेका छन्।...

मिरगञ्ज पुल तत्काल मर्मत गर्न उद्योगीको माग

विराटनगर । विराटनगरका उद्योगी एवं व्यवसायीले जीर्ण मिरगञ्ज पुल तत्काल मरमत गर्न संघीय सरकारसँग माग गरेका छन् । भारतबाट विराटनगर आउने मालवाहक सवारीसाधन आवतजावतमा समस्या परेको भन्दै उनीहरूले सरकारसँग सो माग गरेका हुन् । पुलको अवस्था जीर्ण भएपछि सो नाकामा आउने मालवाहक सवारीसाधन सुनसरीको भन्टाबारी नाका हुँदै नेपाल प्रवेश गरिरहेकाले सयम र लागत बढी लाग्ने कारण उपभोक्ता महँगीको चपेटामा पर्ने भएकाले व्यापारी र उद्योगीको ध्यान त्यसतर्फ गएको हो । करीब तीन महीनादेखि बिग्रिएको सो पुलको छेउमा अर्को पुल सुस्त गतिमा निर्माण भइरहेकाले छ । पटक पटक समस्या आउने गरेको मिरगञ्ज पुलका कारण पूर्वी क्षेत्रका उद्योगी एवं व्यापारी समस्यामा पर्ने गरेको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बताए । विराटनगर नाका जोड्ने भारतको जीर्ण अवस्थाको मिरगञ्ज पुलको स्थलगत निरीक्षण गर्दै सोबाट मोरङ–सुनसरी आर्थिक कोरिडोरको औद्योगिक–व्यावसायिक क्षेत्रमा उत्पन्न समस्या समाधानका लागि उनले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । सो पुलको स्थायी समाधान नहुञ्जेल भारतको अररिया कुर्साकाँटा–जोगबनी सडकमार्फत ३० टनसम्मका मालबाहक सवारी आवागमनका लागि भारतीय प्रशासनले अनुमति दिनुपर्ने, सो पुलको समानान्तरमा अन्तिम चरणमा निर्माणाधीन पुल तीन दिनभित्र अस्थायी रूपमा सञ्चालनमा ल्याउनुपर्ने र हाल स्थगन भएको मिरगञ्ज पुलको जीर्णाेद्धार तत्कालै शुरू गर्नुपर्ने माग उनले राखे । रासस

स्पञ्ज आइरन आयातमा पुरानै भन्सार लागू गर्न उद्योगीको माग

११ असोज, बुटवल । रुपन्देहीका छड उद्योगीको एक समूहले स्पञ्ज आइरन आयातमा शून्य भन्सार दर कायम गरिएको प्रति आपत्ति जनाउदै पुरानै भन्सार दर लागू गर्न माग गरेको छ । प्रतिस्थापन विधेयकमार्फत् ल्याइएको बजेटमा सीमित उद्योगीको स्वार्थपूर्ति र एकाधिकार लाद्न सहयोग पुग्ने गरी स्पञ्ज आइरन आयातमा लाग्दै आएको ५ प्रतिशत अन्तःशुल्क शून्यमा झार्नु र एमएस विलेटको […]

चिनी उद्योगले उखु पाउनै छोडे

चिनी उद्योगीको लगातारको दादागिरी र सरकारी उदासिनताले अहिले उखु किसानलाइ मात्रै हैन चिनी उद्योगलाइ पनि धरासायी बनाएको छ । उद्योगीको दादागिरीबाट आजित भएका किसानले उखु खेती मासेका छन् । भएकाले पनि उद्योगलाइ उखु दिनै छाडेका छन् ।...

धनुषामा मदिरा उद्योगीको हत्या

धनुषामा मदिरा उद्योगीको हत्या भएको छ । क्षिरेश्वरनाथ नगरपालिका– ७ महेन्द्रनगरस्थित क्षिरेश्वर डिष्ट्रिलरी इन्डस्ट्रिजका सञ्चालक उदयपुरको त्रियुगा नगरपालिका– ७ चुओरका ५१ वर्षीय प्रमोद रेग्मीको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाले...