नयाँदिल्ली- भारतको निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता सूची संशोधनविरुद्ध प्रदर्शनमा उत्रिएका कांग्रेस नेता राहुल गान्धीसहित केही विपक्षी सांसदलाई प्रहरीले मंगलबार केही समय हिरासतमा लिएर रिहा गरेको छ। विपक्षी दलहरूले संसद् भवनबाट निर्वाचन आयोगको कार्यालयतर्फ पदयात्रा सुरु गरेपछि प्रहरीले ब्यारिकेड लगाएर उनीहरूलाई रोकेको थियो। एएफपीका अनुसार गान्धी ब्यारिकेडनजिक भारतीय झण्डा फहराउँदै उभिनुभएको थियो। […]
विराटनगरमा प्रस्ताव गरिएको पोडवे परियोजना सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्ने चरणमा पुगेसँगै निजी क्षेत्रले यसमा उच्च चासो देखाएको छ।
नयाँ दिल्ली । भारतको दिल्लीस्थित जन्तर-मन्तरमा महिला प्रदर्शनकारीहरूप्रति प्रहरीले दुर्व्यवहार गरेको भन्दै भ्रामक भिडियो फैलाउने एक युट्युबरलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको छ। कृत्रिम बौद्धिकता (एआई) को प्रयोग गरी नक्कली भिडियो बनाएर प्रहरीको छवि धमिल्याउन खोजेको अभियोगमा २४ वर्षीय नदिम अहमद पक्राउ परेका हुन्। हरियाणाको पलवल स्थायी घर भएका अहमदले आफूलाई ‘स्वतन्त्र पत्रकार’का रूपमा चिनाउँदै ‘न्यूज […]