अर्थमन्त्री जनार्दन शर्माले आन्दोलनरत कर्मचारीलाईमा काममा फर्किन आग्रह गरेका छन् । उनीहरूले उठान गरेका मागहरू सम्बोधन हुने आश्वासन दिँदै काममा फर्किन आग्रह गरेका हुन् । नेपाल विद्यालय कर्मचारी परिषद्का पदाधिकारीसँगको भेटको क्रममा मन्त्री शर्माले भने, ‘तपाईहरूले उठान गरेका माग सम्बोधन हुन्छन् । हामी फरक ढंगबाट माग सम्बोधन गर्छौ । तपाईंहरू काममा फर्किनुहोस् ।’अर्थ मन्त्रालयसँगको वार्ता निष्कर्षमा पुग्न नसकेको बेला परिषद्का पदाधिकारीहरूले अर्थमन्त्री शर्मासँग भेट गरेर माग सम्बोधनक