१४ वर्षदेखि नेप्से पुन: संरचनाको चर्चा : पेश गरेको योजनालाई मन्त्रालय वास्तै गर्दैन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)को पुन:संरचना गर्ने विषय झन्डै डेढ दशकदेखि चर्चामा छ ।  यसको पुन:संरचना कसरी गर्ने भन्नेमा अझै गम्भीर रूपमा छलफल भने हुन सकेको छैन । नेप्सेले पटक–पटक पुन:संरचना सम्बन्धमा अर्थ मन्त्रालयलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सुझाव दिँदै आएको छ । तर, अर्थमन्त्री फेरिएसँगै नेप्सेको सुझाव रद्दीको टोकरीमा पुग्छ । हरेक वर्षका बजेटमा भने त्यही कुरा दोहोरिने गरेको छ ।  यो क्रम २०६४ सालदेखि चल्दै आएको हो । तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले नेप्सेको पुन:संरचना गर्ने भनेर बजेटमै उल्लेख गरे । महतले प्रस्तुत गरेको आर्थिक वर्ष (आव) २०६४/६५ को बजेटको बुँदा नम्बर १२९ मा नेप्सेलाई सरकारी स्वामित्वबाट अलग गरी सर्वसाधारणलाई शेयर विक्री गर्ने उल्लेख गरेका थिए । ‘नेपाल स्टक एक्सचेञ्जलाई क्रमश: सरकारी स्वामित्वबाट अलग गरी स्वायत्त निकायको रूपमा विकास गर्न यसको स्वामित्व सूचीकृत कम्पनीहरू, स्टक एक्सचेञ्जका कर्मचारी र सर्वसाधारणलाई विक्री गर्ने व्यवस्था गरिनेछ,’ उक्त बुँदामा भनिएको छ ।  नेप्सेका सूचना अधिकारी मुराहरि पराजुली नेप्सेले पुन:संरचना योजना पटकपटक अर्थ मन्त्रालयमा बुझाए पनि ती योजनामाथि छलफलै नहुने गरेको बताउँछन् ।  २०६४ पछि तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले ल्याएको बजेटमा लगातार दुईपटक नेप्सेको पुन:संरचना गर्ने विषय समावेश गरेका थिए । खतिवडाले उक्त पुन:संरचना कसरी गर्न सकिन्छ भनेर योजना मागेपछि नेप्सेले विभिन्न खाकासहितको प्रतिवेदन बनाएर २०७७ मा अर्थ मन्त्रालयमा बुझाएको थियो । नेप्सेले विभिन्न अन्तरराष्ट्रिय अभ्यासहरूको उदाहरण दिएर २०७७ सालमा अर्थ मन्त्रालयमा प्रतिवेदन पठाएको पराजुली बताउँछन् । ‘तर, त्यसमा पनि अहिलेसम्म कुनै छलफल हुन सकेको छैन,’ उनले भने । नेप्सेको संरचनागत सुधारका लागि विदेशी स्टक एक्सचेञ्जलाई शेयर स्वामित्व बेच्नेदेखि सर्वसाधारणमाझ शेयर निष्कासन गर्नेसम्मको विकल्प दिइएको उनले बताए ।  २०७३ पुस २२ मा मन्त्रिपरिषद्ले स्वीकृत गरेको वित्तीय क्षेत्र विकास रणनीतिमा राष्ट्र बैंकको नेप्सेमा रहेको शेयर स्वामित्व पूर्ण रूपमा विक्री गर्ने उल्लेख छ । उक्त व्यवस्थाअनुरूप राष्ट्र बैंकले नेप्सेसँग सम्बद्ध समस्यालाई सम्बोधन गर्ने रणनीतिअन्तर्गत नेप्सेको पुन:संरचना गर्न कर्मचारी सञ्चय कोष, लक्ष्मी बैंक तथा प्रभु बैंकलाई २० प्रतिशत शेयर विक्री गरेको थियो । सोहीअनुरूप अहिले नेप्सेमा सरकारको ५८ दशमलव ६६, नेपाल राष्ट्र बैंकको १४ दशमलव ६०, कर्मचारी सञ्चय कोषको १०, राष्ट्रिय वाणिज्य बैंकको ६ दशमलव १२, लक्ष्मी बैंकको ५, प्रभु बैंकको ५ र धितोपत्र व्यवसायीको शून्य दशमलव ६२ प्रतिशत शेयर स्वामित्व रहेको छ ।  आव २०७७/७८ को बजेटमा नेप्सेको पुन:संरचना गर्नेसम्बन्धी तीनओटा विकल्प दिइएको छ । प्रतिवेदनमा राष्ट्र बैंकको ५ प्रतिशत शेयर विक्री गरी सरकारको स्वामित्व बढाउने, नेपाल राष्ट्र बैंंकको बाँकी शेयर विक्री गर्ने तथा नेप्सेको पूँजी वृद्धि गर्न सर्वसाधारणलाई शेयर विक्री गर्ने प्रस्ताव पनि समेटिएको छ ।  नेप्सेले सरकारलाई राष्ट्र बैंकको ५ प्रतिशत शेयर खरीद गरी सरकारी शेयर स्वामित्व बढाउन पनि सुझाएको छ । तर, उक्त सुझाव सरकारले सुनेको छैन । त्यसो गर्न सके सरकारको ६३ दशमलव ६६ र नेपाल राष्ट्र बैंकको ९ दशमलव ६ प्रतिशत शेयर स्वामित्व रहनेछ भने कर्मचारी सञ्चय कोष, राष्ट्रिय वाणिज्य बैंक, लक्ष्मी बैंक, प्रभु बैंक र धितोपत्र व्यवसायीको शेयर स्वामित्व यथावत रहनेछ ।  संसारका विभिन्न मुलुकमा परम्परागत संरचनामा सञ्चालन हुँदै आएका स्टक एक्सचेञ्जहरू हाल रणनीतिक साझेदार, सूचीकृत कम्पनीहरू र सर्वसाधारणको स्वामित्वमा सञ्चालन भइरहेकाले यही मोडलमा पनि जान सकिने बताइन्छ । नेप्सेले दिएको विकल्पमा जानसके पूँजी बजारमा प्रविधिको व्यापक प्रयोग, दक्ष जनशक्ति, अन्तरराष्ट्रिय अभ्यास र संस्थागत सुशासनमा वृद्धि हुने प्रतिवेदनको निष्कर्ष छ ।

सम्बन्धित सामग्री

प्रतिनिधिसभा बैठकमा दुई विधेयक पेश

काठमाडौं- प्रतिनिधिसभाको बैठकमा आज दुई वटा विधेयक पेश भएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा “बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० पेश भएको छ भने “भन्सार विधेयक, २०८० पेश भएको छ । दुवै विधेयक अर्थमन्त्री डा. प्रकाशशरण महतको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले पेश गरेका हुन् । त्यस्तै आजको बैठकमा सभामुख […]

राष्ट्रपतिसमक्ष अख्तियारको प्रतिवेदन पेश

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । बुधबार शीतल निवासमा आयोजित एक समारोहका बीच अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।  संविधानको धारा २९४ बमोजिम वार्षिक प्रतिवेदन पेश भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिनिधिसभामा पेश हुन नसकेको संघीय शिक्षा ऐन राष्ट्रियसभामा पेश गरिने

संघीय शिक्षा ऐनको विधेयक राष्ट्रियसभामा पेश गरिने भएको छ । हाल प्रतिनिधिसभा नरहेको अवस्थामा सरकारले उक्त विधेयक राष्ट्रियसभामा पेश गर्ने तयारी गरेको हो । उक्त विधेयक हाल मन्त्रिपरिषद् अन्तर्गतकै विधायन समितिमा छलफलको क्रममा छ । उक्त समितिबाट पारित भएर पुनः मन्त्रिपरिषद् बैठकमा पेश गरिनेछ । मन्त्रिपरिषद् बैठकले पास गरेमा राष्ट्रियसभामा पेश गरिने शिक्षामन्त्री देवेन्द्र पौडेलले जानकारी दिए ।राष्ट्रियसभाले पारित गरेको खण्डमा नयाँ आउने प्रतिनिधिसभा बैठकमा पेश गरिनेछ । त्यसपछि प्रतिनिधिसभाले पार

राष्ट्रियसभामा तीन प्रतिवेदन पेश

काठमाडौँ,२३ साउन । राष्ट्रियसभाको आजको बैठकमा तीन प्रतिवेदन पेश भएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले तीन प्रतिवेदन पेश गरेको हो । बैठकमा पेश भएका प्रतिवेदनमा न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन, २०७७÷७८, राष्ट्रिय महिला आयोगको चौधौँ वार्षिक प्रतिवेदन, २०७७÷७८ र महालेखा परीक्षकको ५९ औँ […]

राष्ट्रियसभामा तीन प्रतिवेदन पेश

राष्ट्रियसभाको आजको बैठकमा तीन प्रतिवेदन पेश भएका छन् । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले तीन प्रतिवेदन पेश गरेका हुन् ।बैठकमा पेश भएका प्रतिवेदनमा न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन, २०७७/७८, राष्ट्रिय महिला आयोगको चौधौं वार्षिक प्रतिवेदन, २०७७÷७८ र महालेखा परीक्षकको ५९ औँ वार्षिक प्रतिवेदन, २०७९ पेश गरिएको हो ।बैठकले ‘कारागार विधेयक, २०७६ लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्

रेल्वे विधेयक, २०७९ राष्ट्रियसभामा पेश

राष्ट्रियसभाको आजको बैठकमा ‘रेल्वे विधेयक, २०७९’ पेश भएको छ। भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले रेल्वे विधेयक, २०७९ पेश गरेकी हुन्।...

सदनमा दुई प्रतिवेदन पेश

प्रतिनिधिसभामा ‘महालेखा परीक्षकको ५७ औँ वार्षिक प्रतिवेदन २०७७’ सभा समक्ष पेश गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सदन समक्ष उक्त प्रतिवेदन पेश गरेका हुन् ।राज्यव्यवस्था तथा  सुशासन समितिका सभापति शशी श्रेष्ठले ‘कारागार विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७८’ पनि सदनमा पेश गर्नुभयो । प्रतिनिधिसभाको अर्को बैठक यही साउन १२ गते मङ्गलबार दिनको १ः ०० बजे बस्नेछ ।

राष्ट्रियसभामा सात अध्यादेश पेश (नामसहित)

राष्ट्रियसभाको आजको बैठकमा विभिन्न सात वटा अध्यादेश पेश गरिएका छन् । राष्ट्रियसभाको बैठकमा पेश भएका अध्यादेशमा  ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ पेश भएको छ । उक्त अध्यादेश प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठले पेश गरे।      तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियम), अध्यादेश २०७७, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७७, सामाजिक सु...

राष्ट्रियसभामा सात अध्यादेश पेश

राष्ट्रियसभाको आजको बैठकमा विभिन्न सात वटा अध्यादेश पेश गरिएका छन् । राष्ट्रियसभाको बैठकमा पेश भएका अध्यादेशमा  ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ पेश भएको छ । उक्त अध्यादेश प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठले पेश गर्नुभयो ।  तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियम), अध्यादेश २०७७, नेपाल प्रहरी र प्रदेश प्रहरी .(कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय)