राष्ट्रपतिसमक्ष अख्तियारको प्रतिवेदन पेश

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । बुधबार शीतल निवासमा आयोजित एक समारोहका बीच अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।  संविधानको धारा २९४ बमोजिम वार्षिक प्रतिवेदन पेश भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

सम्बन्धित सामग्री

गण्डकीको प्रदेश प्रमुखसमक्ष अख्तियारको प्रतिवेदन

पोखरास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयले गण्डकी प्रदेश प्रमुख समक्ष आर्थिक वर्ष २०७८/७९ को ३२ औँ वार्षिक प्रतिवेदन पेश गरेको छ । कार्यालय प्रमुख पार्वती शर्माले पेश गर्नुभएको सो प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अख्तियारले ‘साना माछा’ मात्रै हेरेर नहुने प्रतिक्रिया दिइन् ।‘ठूला माछा’ समाउन पनि  आग्रह गर्दै उनले प्रमाणका साथ मुद्दा चलाएर फैसला भए बमोजिम जरिवाना गर्नसकेमात्र  संस्थाप्रति विश्वास बढेर जाने बताइन्  ।  उक्त

अख्तियारको प्रतिवेदन : बागमतीमा देशकै दोस्रो बढी उजुरी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष वार्षिक प्रतिवेदन बुझाएको छ । प्रदेश प्रमुख शर्मा समक्ष आयोगका प्रमुख अर्जुन कुमार शर्माले सोमबार आर्थिक वर्ष २०७७/०७८ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पादन गरेका काम कारबाहीहरू समेटेर तयार गरिएको ३१ औँ वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।आयोगले नेपालको संविधानको धारा २९४ को उपधारा (३) अनुसार प्रदेश प्रमुख समक्ष गत आर्थिक वर्षको प्रतिवेदन पेश गरेको प्रदेश प्रमुख कार्यालय हेट

प्रदेश प्रमुखसमक्ष अख्तियारको प्रतिवेदन पेश

बाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले वार्षिक प्रतिवेदन पेश गरेको छ । आर्थिक वर्ष २०७६/०७७ मा अख्तियारको हेटौंडा कार्यालयद्वारा भएका कार्य सम्पादनको विवरण कार्यालय प्रमुख बाबुराम खतिवडाले पेश गरेका हुन् । प्रतिवेदन बुझेपछि प्रदेश प्रमुख प्रसाईंले अख्तियारले सुशासनका लागि धेरै महत्त्वपूर्ण र उल्लेखनीय काम गरेको बताए । अहिलेको समयमा अख्तियारले साना मात्र नभई ठूला समस्यासमेत बाहिर ल्याउने भूमिका निर्वाह गरेको बताए ।