काठमाण्डाै - प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगितामा वाग्मती प्रदेशले प्रदेश-२ लाई ५ विकेटले हराएको छ ।
आज त्रिवि मैदानमा भएको दोस्रो खेलमा वाग्मतीले प्रदेश-२ लाई हराउँदै सेमिफाइनलको सम्भावना बलियो बनाएको हो ।
प्रदेश-२ ले दिएको १ सय ५६ रनको लक्ष्य वाग्मतीले अन्तिम दुई बल बाँकी छँदै ५ विकेट गुमाएर भेट्टायो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश-२ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको थियो । समूह ‘बी’ मा वाग्मतीले तीन मध्ये दुई खेल जित्दै चार अङ्क जोडेको छ ।
...