विराटनगरको बृहत्तर विकासका लागि संगठनको सुझाव

विराटनगर । विराटनगर महानगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयरको स्वागत गर्दै उद्योग संगठन मोरङले बृहत्तर विकासलाई ध्यानमा राखेर तत्कालीन र मध्यकालीन रूपमा गर्नुपर्ने कामबारे सुझाव दिएको छ । नवनिर्वाचित मेयर नागेश कोइराला र उपमेयर शिल्पा निरौला कार्कीलाई संगठनको सचिवालयमा स्वागत तथा बधाई ज्ञापन गर्दै संगठनका अध्यक्ष सुयश प्याकुरेलले तत्कालीन कार्ययोजना अन्तर्गत विभिन्न कार्य अघि बढाउन सुझाएका हुन् । संगठनले जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने सडक, खानेपानी, फोहोर व्यवस्थापन, बाढी नियन्त्रण, स्वास्थ्य तथा शिक्षा जस्ता क्षेत्रमा सर्वसाधारणलाई अनुभूति हुनेगरी सुधारका काम गर्न सुझाव दिए । अध्यक्ष प्याकुरेलले अवैज्ञानिक तवरले सडक, नाला लगायत पूर्वाधार निर्माण भएकाले सानोतिनो वर्षामा समेत विराटनगर डुबानमा पर्दै आएको बताए । महानगरपालिकाको पूर्वाधार विकास गर्दा विज्ञहरूको सुझाव लिई दीर्घकालीन सोचका साथ काम गर्न उनले अनुरोध गरे । महानगरको मध्यकालीन योजना अन्तर्गत विराटनगरमा स्थायी किसिमको औद्योगिक प्रदर्शनीस्थलको आवश्यकता रहेकाले संघ र प्रदेश सरकारको सहयोग लिएर निर्माणको अगुवाइ लिन अध्यक्ष प्याकुरेलले आग्रह गरे । रुग्ण अवस्थामा रहेका घरेलु तथा साना उद्योगहरू पुन: सञ्चालनमा ल्याए रोजगारीका अवसर सृजना भई आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने उनले बताए । एकीकृत कर प्रणालीको व्यवस्था, महिला उद्यमीद्वारा उत्पादित वस्तुको विक्रीवितरणका कक्ष निर्माण, स्टार्टअपहरूको प्रवर्द्धनका माध्यमबाट युवाको उद्यमशीलता विकासमा सघाउने कार्यक्रम ल्याउन समेत उनले अनुरोध गरे । नवनिर्वाचित मेयर कोइरालाले औद्योगिक नगरका रूपमा परिचित विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माण आफ्नो प्राथमिकतामा पर्ने भएकाले आफ्नो कार्यकालमा जसरी पनि पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । विराटनगरमा रुग्ण अवस्थामा रहेका कुटिर तथा घरेलु उद्योग नयाँ योजनासहित सञ्चालनमा ल्याउन आफू लागिपर्ने उनले उद्घोष गरे । साथै करका दर घटाउँदै दायरा फराकिलो पार्ने कार्ययोजना रहेको उनले बताए ।

सम्बन्धित सामग्री

उद्योग संगठन मोरङको स्थापना दिवसमा नेतृत्वको योगदानको चर्चा

विराटनगर। उद्योग संगठन मोरङले ५६औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । संगठनले शुक्रवार स्थापना दिवसको अवसर पारेर पूर्वअध्यक्षहरूको योगदान बारे चर्चा समेत गरेको छ । रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान समेत गरेका थिए ।  संगठनका अध्यक्ष राकेश सुरानाले स्वर्णिम इतिहासको जगमा संगठन स्थापित भएको उल्लेख गर्दै पूर्वअध्यक्षहरूले संगठनको श्रीवृद्धिमा पुर्‍याएको योगदानलाई स्मरण गरे । संगठनले अध्ययन अनुसन्धानमा आधारित नीतिगत बहस पैरवीलाई जोड दिँदै उद्यमशीलता प्रवर्द्धनको इकोसिस्टम विकासमा आफू क्रियाशील रहेको उनले बताए ।  निवर्तमान अध्यक्ष सुयश प्याकुरेलले कुनै पनि संस्थाको गरिमा अभिवृद्धिमा नेतृत्वको भूमिका महत्त्वपूर्ण हुने बताए । प्याकुरेलले औद्योगिक विकास र लगानीमैत्री वातावरण निर्माणमा संगठनले विगतदेखि पुर्‍याउँदै आएको योगदानलाई समेत वर्तमान नेतृत्वले निरन्तरता दिनेमा विश्वस्त रहेको बताए । मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले व्यापार संघ र उद्योग संगठनले उद्योगी व्यवसायीको मुद्दालाई राष्ट्रियकरण गर्न निरन्तर सहकार्य गर्दै आएको स्मरण गरे । उनले अगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । संगठनका कार्यसमिति सदस्य एवं ५६औं स्थापना दिवस कार्यक्रम आयोजना समितिका संयोजक जयेन्द्र शर्माले आर्थिक एवं औद्योगिक विकासका लागि संगठन प्रतिबद्ध भएको र संगठनको संस्थागत विकासमा सहयोग पुर्‍याउने सबै क्षेत्रलाई धन्यवाद दिए ।

स्टार्टअप एण्ड इनोभेशनअन्तर्गत १८ स्र्टाटअपले बुझाए आइडिया

विराटनगर। युवा उद्यमशीलता प्रवर्द्धनको माध्यमबाट आर्थिक एवं औद्योगिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले उद्योग संगठन मोरङले सञ्चालनमा ल्याएको ‘स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम’ अन्तर्गत तेस्रो चरणमा सहभागी १८ स्टार्टअपहरूले आफ्नो आइडिया प्रस्तुत गरेका छन् ।  कार्यक्रमको माध्यमबाट युवालाई स्वदेश मै उद्यमशीलता विकासतर्फ अभिप्रेरित गर्दै आएको संगठनका अध्यक्ष राकेश सुरानाले बताए । ‘नवीन व्यावसायिक अवधारणा भएका युवालाई लक्षित गरी सञ्चालित कार्यक्रमले उद्यमशीलता रूपान्तरणका लागि मेन्टरका माध्यमबाट आवश्यक प्राविधिक एवं व्यावसायिक विकास सेवा उपलब्ध गराई वित्तीय व्यवस्थापनका लागि सहजीकरण गर्छौं,’ उनले भने ।  विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले युवा उद्यमशीलता विकासका सन्दर्भमा महानगरपालिका सदैव हातेमालो गर्न तत्पर रहेको बताए । स्टार्टअप कार्यक्रमअन्तर्गत तेस्रोे चरणमा सहभागी १८ स्टार्टअपमध्ये उत्कृष्ट तीनलाई महानगरपालिकाको तर्फबाट सहयोग गर्ने उनको भनाइ छ ।  संगठनको स्टार्टअप एण्ड इनोभेशन कार्यक्रमका संयोजक सुरेन्द्र गोल्छाले विश्वका उदयमान स्टार्टअपहरूमा युवा वर्गको वर्चस्व रहेको भन्दै देशको आर्थिक समृद्धिमा यो वर्गले अग्रसरता लिनुपर्ने धारणा राखे । संगठनले तीन वर्षदेखि सञ्चालन गर्दै आएको यस कार्यक्रमको पहिलो चरणमा १७ र दोस्रो चरणमा १३ जना स्टार्टअप ग्राजुएट भइसकेका छन् ।

राजनीतिले विश्वविद्यालय सञ्चालन गरेको छ

त्रिभुवन विश्वविद्यालयमा शिक्षाभन्दा पनि राजनीतिले बढी थान पाएको छ । यसमा चरम बाहिरी हस्तक्षेप भएको हामीले महसूस गरेका छौं । त्रिभुवन विश्वविद्यालय शैक्षिक क्षेत्रको विकासका लागि निष्पक्ष ढंगले चल्न सकेको देखिएन । विद्यार्थी संगठनको सम्मेलनका लागि परीक्षा सार्ने कार्यले गलत प्रवृत्ति हावी हुन सक्छ । यसमा हजारौं विद्यार्थीको भविष्य जोडिएको छ । यसको जिम्मेवारी कसले लिन्छ ? अहिले जसले जतिखेर मन लाग्यो, त्यतिखेर शिक्षणसंस्था बन्द गरिदिने अवस्था छ । विद्यार्थीको परीक्षाजस्तो महत्त्वपूर्ण विषय ठीक समयमा गरिएन भने पास हुने विद्यार्थी फेल हुन सक्छ र फेल हुने विद्यार्थी पास हुन सक्छ । यसले विद्यार्थीको भविष्यलाई बर्बाद पनि बनाउन सक्छ । राजनीतिको प्रभावले त्रिभुवन विश्वविद्यालयको गुणस्तर घटाएको छ । यही कारणले त्रिभुवन विश्वविद्यालयले आफ्नो विश्वसनीयता पनि गुमाउँदै गएको छ ।  (राष्ट्रिय योजना आयोग सदस्य एवं शिक्षाविद् तीर्थ खनियाँसँगको कुराकानीबाट) वर्ष ६, अंक ७९, बिहीवार, २२ मङ्सिर, २०६७

बौद्धिक सम्पत्ति अधिकार र नेपालको कृषि

विश्व व्यापारीकरण र आर्थिक उदारीकरणबाट सिर्जित अवसरहरूलाई देशको आर्थिक समुन्नतका लागि उपयोग गर्ने उद्देश्यले नेपालले २९ वर्षअघि विश्व व्यापार संगठनको सदस्यता लिएको थियो । विश्व व्यापार संगठनका तीनवटा सम्झौताका व्यापार सम्बद्ध बौद्धिक सम्पत्तिको अधिकार सम्झौता अर्थात् टिआइपिएस कुनै पनि सदस्य देशको आर्थिक विकासका लागि महत्वपूर्ण मानिन्छ । साथै नेपाल विश्व बौद्धिक संगठन अर्थात् डब्लुआइपिओको सदस्यता […]

सरिता खनाल

विश्वव्यापीकरण र आर्थिक उदारीकरणबाट सृजित अवसरहरूलाई राष्ट्रको आर्थिक समुन्नतिका निम्ति उपयोग गर्ने उद्देश्यले नेपालले उन्नाइस वर्षपहिले विश्व व्यापार संगठनको सदस्यता लिएको थियो । विश्व व्यापार संगठनका तीनवटा सम्झौतामध्ये व्यापारसम्बद्ध बौद्धिक सम्पत्तिको अधिकार सम्बन्धी सम्झौता (टीआरआईपीएस) कुनै पनि सदस्यराष्ट्रको आर्थिक विकासका लागि महत्त्वपूर्ण मानिन्छ । साथै नेपाल विश्व बौद्धिक सम्पत्ति संगठन (डब्लूआईपीओ) को सदस्य भएको हुँदा सन्धिप्रतिको दायित्व पनि वहन गर्नैपर्छ ।

संस्थागत सामाजिक उत्तरदायित्वको औचित्य

संस्थागत सामाजिक उत्तरदायित्वको नारा निजी तथा सार्वजनिक संस्थानमा जोडतोडले अगाडि बढेको देखिन्छ । विश्वमा यसबारे सर्वव्यापी परिभाषा नभएता पनि पारदर्शिता, नैतिकता, सामाजिकता, कानूनको पालना, वातावरण संरक्षण, उपभोक्ताको हित र कल्याणकारी कार्यलाई संस्थागत सामाजिक उत्तरदायित्व भन्ने गरिन्छ । कुनै पनि संस्थामा कार्यरत कर्मचारीले नैतिक र कानूनी आचरण पालना गर्दै ग्राहकलाई मुस्कानसहितको सेवा दिएका छन् कि छैनन् भन्ने कुरा पनि संस्थागत सामाजिक उत्तरदायित्वको महत्त्वपूर्ण पाटो हो । हरेक संगठनको उद्देश्य बढीभन्दा बढी नाफा कमाउने र शेयरहोल्डरको मूल्य एवं कम्पनीको उत्पादकत्व र शाख वृद्धि गर्ने कार्य गरिरहँदा वातावरण संरक्षण, सामाजिक सेवा, ग्राहकको हित, नैतिकता, संस्थागत सुशासन र कानूनको पालनालाई भने बेवास्ता गर्नु हुँदैन । यसको पालनाबाट नै कम्पनीको सफलता र व्यवसायको शाख वृद्धि हुन्छ । त्यसैले संस्थागत सामाजिक उत्तरदायित्वको कार्य क्षेत्र परोपकारी कार्यमा मात्र सीमित नभै बृहत् छ । पछिल्ला दिनमा संस्थागत सामाजिक उत्तरदायित्व व्यवसाय प्रवर्द्धनको केन्द्र बन्न पुगेको देखिन्छ । सरकारले समेत संगठनको कुल नाफाको निश्चित प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गर्नु पर्ने नियम बनाएको छ । तर, कुन संस्थाले यस क्षेत्रमा कति रकम खर्च गरे र कुन कुन शीर्षकमा खर्च गरे भन्ने कुराको लेखाजोखा राख्ने वा प्रभावकारी नियमन गर्ने काम भने भएको छैन । मन्दिरमा रकम दान गर्ने, वृद्धाश्रममा वृद्ध नागरिकलाई सेवा गर्ने, विद्यालयलाई कम्प्युटर प्रदान गर्ने, प्राकृतिक प्रकोपमा परेका नागरिकलाई आर्थिक राहत दिने जस्ता परोपकारी कार्य पनि संस्थागत सामाजिक उत्तरदायित्व हो तर यतिले मात्र संस्थागत सामाजिक उत्तरदायित्वको अर्थ र कार्य पूरा हुँदैन । संस्थागत सामाजिक उत्तरदायित्व भनेको वातावरण संरक्षण गर्ने, संस्थागत सुशासन पालना गर्ने, सर्वसाधारणलाई उनीहरूको इच्छा र आकांक्षा बुझी गुणस्तरीय सेवा छिटोछरितो रूपमा उपलब्ध गराउने र सामाजिक हित र प्रतिष्ठालगायतको पालना गर्ने हो । पछिल्ला दिनहरूमा मौलाएको परोपकारी कार्यमा केही रकम खर्च गर्ने र सडकमा ब्यानर लिएर जनचेतना जगाउने नाममा केही किलोमिटर सामूहिक र संस्थागत नाममा हिंड्ने कार्यलाई मात्र संस्थागत सामाजिक उत्तरदायित्व भन्ने गरिएको पाइन्छ  । राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा संस्थागत सामाजिक उत्तरदायित्वका गतिविधि बढ्दै गइरहेको देखिन्छ । संस्थागत सामाजिक कार्यसम्पादन, नागरिक व्यवहार, स्टेकहोल्डरको हित र व्यवस्थापन संगठनको कुशल नेतृत्वले मात्र गर्न सक्ने हुँदा यसतर्फ सम्बन्धित संगठनको सञ्चालक समिति, महाप्रबन्धक वा कार्यकारी र अन्य कर्मचारीहरू पनि उत्तिकै चनाखो हुनुपर्छ । कुनै पनि संगठन समाजमा नै जन्मिन्छ, हुर्किन्छ र समाजमा नै अन्त्य हुन्छ । समाजबाट नै कच्चा पदार्थलगायत स्रोत र साधन उपलब्ध गर्दछ । त्यसबाट उत्पादन गर्दछ र उत्पादित वस्तु तथा सेवाको विक्रीवितरण वा बजारीकरण पनि समाजमा नै गर्छ । त्यसैले हरेक संगठन समाजप्रति उत्तरदायी हुन जरुरी छ । तसर्थ संस्थागत सामाजिक उत्तरदायित्व आजको अपरिहार्य आवश्यकता हो भन्नुमा अत्युक्ति नहोला ।   समाजलाई प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी दिने कार्य, खानेपानी, ढल, सडक निर्माण लगायत ग्रामीण विकास, रक्तदान, स्वास्थ्य शिविरदेखि वस्तु तथा सेवाको उपलब्धताद्वारा जनसाधारणको न्यूनतम आवश्यकता पूरा गर्ने कार्यसम्म पनि संगठनबाट नै हुने हुँदा कुनै पनि संगठन संस्थागत सामाजिक उत्तरदायित्वबाट विमुख हुन सक्दैन । विश्वव्यापीकरण एवं प्रविधिको तीव्र विकासका कारण हरेक संगठनले पछिल्ला दिनहरूमा एक आपसमा कडा प्रतिस्पर्धा गर्नु परेको छ । अर्कोतर्फ उपभोक्ता पनि दिन प्रतिदिन वस्तु तथा सेवाको गुणस्तर र उपलब्धताप्रति सचेत बन्दै गएको अवस्थामा संगठनमा काम गर्ने कर्मचारीलाई खुशी तुल्याउने, उचित ज्याला र तलबभत्ताको व्यवस्था गर्ने, स्वस्थ प्रतिस्पर्धा गर्ने, दक्ष कामदारको विकास गरी वस्तु तथा सेवाको गुणस्तरमा ध्यान केन्द्रित गर्ने कार्यले मात्र संस्थागत सामाजिक उत्तरदायित्व पूरा गरेको मानिन्छ । संस्थागत सामाजिक उत्तरदायित्वको मुख्य चालकमा कानूनको पालना, सामाजिक योगदान, पारदर्शिता एवं इमानदारी र सहयोग एवं सार्वजनिक अपेक्षा पूरा गर्नु हुन् । संगठनको बजार शाखमा वृद्धि, स्टेकहोल्डरसँगको आत्मीयतामा वृद्धि, व्यवसायको उत्पादकत्व र नाफामा वृद्धि, कानूनी झन्झटबाट मुक्ति, नयाँ व्यावसायिक अवसरको प्राप्ति र असल व्यावसायिक वातावरणको निर्माणलगायतका पक्षबाट संस्थागत सामाजिक उत्तरदायित्व समाजको लागि मात्र नभै संगठन स्वयंको लागि पनि निकै फलदायी छ भन्ने कुरा प्रमाणित हुन्छ । संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी विज्ञ क्यारोल भन्छन्, ‘कुनै पनि संगठनको आर्थिक उत्तरदायित्व हुन्छ जसबाट कम्पनीले नाफा कमाई कम्पनी स्वयं र लगानीकर्ताको हित कायम गर्न सक्दछ ।’ कम्पनीको कानूनी उत्तरदायित्व हुन्छ जहाँ संगठनले नियम कानूनको पालना, कर्मचारीको स्वास्थ्य र सुरक्षा सम्बन्धी हित, स्वस्थ प्रतिस्पर्धा आदिलाई आत्मसात् गर्नु पर्दछ । नैतिक उत्तरदायित्वमा असल कार्य निष्पक्षतापूर्वक गर्ने र वातावरण प्रदूषित हुने कार्य नगर्ने एवं कम्पनी वा संगठनको हित विपरीतका कार्य नगर्ने कुरालाई आत्मसात् गर्नु पर्दछ । अन्त्यमा परोपकार सम्बन्धी उत्तरदायित्वको पालना समेत गर्नु पर्दछ । यसमा नाफाको निश्चित रकम परोपकारी कार्यमा खर्च गर्ने वा लगानी गर्ने कार्य पर्दछ ।   नेपालको परिवेशमा संस्थागत सामाजिक उत्तरदायित्वको विश्लेषण गर्दा संगठनले दिने सेवा गुणस्तरीय र छिटोछरितो नभएको, सामाजिक उत्तरदायित्वमा हुने गरेको खर्च पारदर्शी नभएको, सर्वसाधारण वा सेवाग्राहीले सार्वजनिक संस्था वा संगठनबाट सेवा लिँदा अनेक सास्ती खेप्नु परेको, संस्थागत सुशासनको पालना नभएको, चर्को मूल्य वृद्धि गरेको, कालोबजारी गरेको, मिसावट गरेको लगायतका गुनासाहरू दिनहुँजसो सुन्नमा आइरहन्छ । त्यसैले सबै क्षेत्रमा कार्यरत संगठनले नाफा मात्र नहेरी  यसप्रति चनाखो भई जनउत्तरदायी कार्य गरेमा मात्र संगठनको छवि दिगो हुन्छ र संस्थागत सामाजिक उत्तरदायित्वको पनि पालना हुने कुरामा कसैको विमति नरहला । लेखक बैंक तथा वित्तीय संस्थाका विज्ञ हुन् ।

पोखरा महानगरका प्रमुखलाई पोखरा पर्यटन परिषदद्वारा सुझाव

पर्यटन सम्बद्ध संघ संगठनको छाता संस्था पोखरा पर्यटन परिषदको तर्फबाट पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई पर्यटन लक्षित विकासका लागि सुझावहरू दिएको छ । परिषदले एक कार्यक्रमका बीच पर्यटकीय सहर पोखराको थप विकासका लागि आवश्यक पूर्वाधारसँगै लेकसाइड क्षेत्रमा देखिएका समस्याहरू औंल्याउँदै तत्काल सम्बोधन गर्न सुझाव दिएको परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले जानकारी दिए । “पोखरा लेकसाइडका पर्यटन […]

हजारौँ माइलको यात्रा पहिलो पाइलाबाट आरम्भ हुन्छ

मानिस नयाँ कुरा सिक्न चाहन्छ। तर के किन कसरी कहिले र कहाँ भन्ने चाहिं सबैलाई थाहा नहुन सक्छ। प्रत्येक संगठनमा काम गर्नेलाई चुस्त र दुरुस्त राख्न तालिमले सघाउँछ।संगठनको धुमिल छवि सुधार्न पनि तालिमले प्रत्यक्ष मद्धत गर्छ। यसका लागि प्रत्येक व्यक्ति प्रत्येक क्षण सिक्नको लागि जिज्ञासु हुनुपर्छ।सबैले व्यक्तित्व विकास अर्थात् आत्म विकासका लागि क्रियाशीलता प्रदर्शन गर्नुपर्छ। आखिर, हरेक संगठनमा कार्यरत कर्मचारीले नै हाक्ने हुँदा ती सवल र सक्षम हुनुपर्छ। यसका लागि तिनले हरपल नयाँ कुरा सिकिरहनु पर्छ।यसै

पर्यटन क्षेत्रको पुनरुत्थानको लागि छोटो दूरीका गन्तव्यमा जोड

कोरोना भाइरस (कोभड–१९) का कारण पर्यटकीय गतिविधि ठप्प हुँदा पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएको छ । कोभिड–१९ को रोकथाम अनिश्चित रहेकाले यसबीचमा पर्यटन गतिविधि, लामो दूरी र छोटो दूरीमा रहेका पर्यटकीय बजारमा नेपालले प्रचार केन्द्रित गर्नैपर्ने धारणा राख्छन्, नेपाल पर्यटन बोर्डका पूर्वसीईओ प्रचण्डमान श्रेष्ठ । सन् २००१ देखि २००७ सम्म नेपाल सरकारको सहसचिवका रूपमा काम गरेका उनै श्रेष्ठ पर्यटन क्षेत्रको गहिरो ज्ञान राख्ने जानकारका रूपमा पनि परिचित छन् । संसारका अतिकम विकसित मुलुकहरूमध्ये विश्व पर्यटन संगठनको सदस्यता लिने देशहरूमा नेपाल पहिलो राष्ट्र हो । पर्यटन विकासका लागि नेपाललाई उक्त सदस्यता प्राप्त गर्ने प्रक्रियामा श्रेष्ठले अग्रभूमिमा रहेर काम गरेका थिए ।

पर्यटन क्षेत्रको पुनरुत्थानको लागि छोटो दूरीका गन्तव्यमा जोड

कोरोना भाइरस (कोभड–१९) का कारण पर्यटकीय गतिविधि ठप्प हुँदा पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएको छ । कोभिड–१९ को रोकथाम अनिश्चित रहेकाले यसबीचमा पर्यटन गतिविधि, लामो दूरी र छोटो दूरीमा रहेका पर्यटकीय बजारमा नेपालले प्रचार केन्द्रित गर्नैपर्ने धारणा राख्छन्, नेपाल पर्यटन बोर्डका पूर्वसीईओ प्रचण्डमान श्रेष्ठ । सन् २००१ देखि २००७ सम्म नेपाल सरकारको सहसचिवका रूपमा काम गरेका उनै श्रेष्ठ पर्यटन क्षेत्रको गहिरो ज्ञान राख्ने जानकारका रूपमा पनि परिचित छन् । संसारका अतिकम विकसित मुलुकहरूमध्ये विश्व पर्यटन संगठनको सदस्यता लिने देशहरूमा नेपाल पहिलो राष्ट्र हो । पर्यटन विकासका लागि नेपाललाई उक्त सदस्यता प्राप्त गर्ने प्रक्रियामा श्रेष्ठले अग्रभूमिमा रहेर काम गरेका थिए ।