राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले एमसीसीको विषयमा राप्रपाको कुनै भूमिका नरहने प्रष्ट पारेका छन् । उनले एमसीसीको पक्षमा राप्रपा यसअघि पनि नभएको र अब कार्यान्वयन गर्दा पनि कुनै भूमिकामा नरहने बताएका हुन् । ‘जुन ११ बुँदे ‘व्याख्यात्मक टिप्पणी’ भनिएको छ त्यो लाज छोप्ने टालो हो,’ शनिबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भने,‘ एमसीसीसँग हाम्रो कुनै लेनादेना छैन।’ लिङ्देनले आगामी वैशाख ३० को स्थानीय तहको निर