तोकिएकै मितिमा महाधिवेशन हुनुपर्नेमा पौडेल पक्षको जोड

काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले तोकिएकै मितिमा केन्द्रीय महाधिवेशन हुनुपर्नेमा जोड दिएको छ। स्थानीय अधिवेशनको कार्यतालिका प्रभावित भएपछि कांग्रेसको आसन्न महाधिवेशन अन्यौलमा परेका बेला पौडेल समूहले केन्द्रीय महाधिवेशन निर्धारित समयमै हुनुपर्नेमा जोड दिएको हो। पौडेल समूहको आइतबार बसेको बैठकमा महाधिवेशनका बारेमा छलफल भएको नेता अर्जुननरसिंह केसीले बताए। कांग्रेस महाधिवेशन भदौ १६–१९ मा काठमाडौँमा हुने तय गरिएको छ।

सम्बन्धित सामग्री

विधान र मापदण्ड विपरीतका क्रियाशील सदस्यलाई स्वीकार नगर्ने पौडेल पक्षको निर्णय

काठमाडौं।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विधान र मापदण्ड विपरीतका क्रियाशील सदस्यलाई स्वीकार गर्न नसकिने जनाएको छ।नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा मंगलबार बसेको पौडेल पक्षको बैठकले विधान र मापदण्ड विपरीतका क्रियाशील सदस्यलाई स्वीकार नगर्ने निर्णय गरेको हो।बैठकले क्रियाशील सदस्यताको सबै नवीकरण वडा तथा क्षेत्रबाटै आउनुपर्नेमा जोड दिएको नेता अर्जुननरसिंह केसीले बताए। तोकिएकै मितिमा महाधिवेशन सम्पन्न हुनुपर्नेमा बैठकले जोड दिएकोछ।