पाहुना चराले चहलपहल

विश्व सिमसार क्षेत्रमा सूचीकृत कपिलवस्तुको जयदीशपुर ताल केही दिनयता पाहुना चराले मनमोहक बनेको छ । तालमा हे¥यो उतै चरा देखिन थालेपछि पर्यटकको समेत भिड लागेको छ ।  मरुल, सिलसिले हाँस, बिजुला,...

सम्बन्धित सामग्री

पदयात्रा रुटमा बढ्दैछ विदेशी पदयात्रीको चहलपहल

लामो समयदेखि सुस्ताएको पदयात्रा क्षेत्रले बिस्तारै गति लिन थालेको व्यवसायीले बताएका छन्। अन्नपूर्ण पदयात्रा क्षेत्रका रुटमा अहिले विदेशी पाहुना बढ्न थालेका छन्। विदेशी पदयात्री पुगेसँगै पदयात्रा क्षेत्रमा चहलपहल बढेको छ। लामो समयसम्म सुस्ताएको पर्यटन क्षे...

पाहुना बनेकी कालिञ्चोकदेवी

अब कालिञ्चोकमा मानिसको चहलपहल बढ्दै गएकाले देवी भगवतीले त्यसैगरी विचरणको अवसर पाउँदिनन् होला । वायुपंखी विमानमा विचरण गर्ने कालिञ्चोकदेवी भगवतीलाई केवलकारमा सयर गर्ने सुविधा थपिएको छ ।

कोरोनाले थलिएका ‘पाहुना घर’ अझै सुनसान

कोरोना कहरका बेला प्रभावित बनेका कञ्चनपुरमा रहेका पाहुना घर (होमस्टे) मा आन्तरिक तथा बाह्य पर्यटक आउने क्रम घटेको छ । कोरोना महामारी फैलिनुअघि पाहुना हरुको चहलपहल रहने पाहुना घरहरु कोरोनापछिका वर्षहरुमा भने सुनसान हुन थालेका छन् । पाहुनाको आवागमन घटेसँगै होमस्टेको आर्थिक कारोबारमा समेत गिरावट आएको कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ स्थित राना थारु सामुदायिक होमस्टेका सचिव चेतराम रानाको भनाइ छ ।“गत वर्ष असार मसान्तसम्म रु तीन लाख जतिको कारोबार भयो”, सचिव रानाले भने, “कोरोना स

गर्मीले आत्तिदैं, डाँडाकाँडा उक्लिंदै

पोखराको पछिल्लो तापक्रम ३५ डिग्री सेल्सियससम्म उक्लेको छ। तीनवर्ष अघिको रेकर्ड तोड्दै तापक्रमले उच्च बिन्दु लिँदा यहाँ दिनको समयमा चहलपहल घटेको छ। तापक्रम बढेसँगै सहरभित्रको चहलपहल घटेपनि आसपासका पर्यटकीय गाउँमा भने यो बेलामा पनि आन्तरिक पाहुना उक्लिएको त...

देखिएन पर्यटन क्षेत्रमा प्रणय दिवसको उत्साह

चितवन– प्रणय दिवस (भ्यालेन्टाइन डे) मा भरिभराउ हुने पर्यटकीय क्षेत्रमा यस वर्ष उत्साह देखिएको छैन । प्रणय दिवसको अघिल्लो दिन आजसम्म यहाँका पर्यटकीय होटेलमा चहलपहल हुन नसकेको हो । विगतका वर्षमा कोठा नपाएर पाहुना फिर्ता गर्ने पर्यटकीय नगरी सौराहाका व्यवसायीले फाट्टफुट्ट मात्रै बुक भएको बताएका छन् । उनीहरुले कोठा सोध्ने क्रम बढेको भए पनि उत्साहपूर्ण […]

यस्तो छ कांग्रेस महाधिवेशन उद्घाटन समारोहको चहलपहल (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको अहिले उद्घाटन समारोह चलिरहेको छ। भृकुटी मन्डपमा आयोजना भइरहेको उद्घाटनको समारोहमा विभिन्न राजनीतिक दलका नेता, विदेशी पाहुना र हजारौँको संख्यामा कार्यकर्ता तथा प्रतिनिधिहरुको उपस्थिति द‍ेखिएको छ।

बागलुङका पर्यटकीय स्थलमा चहलपहल

बागलुङ । गण्डकी प्रदेशकै उत्कृष्ट धार्मिक पर्यटकीय स्थल बागलुङ कालिका मन्दिरलगायत स्थानमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । कोरोनाअघि दैनिक १ हजारको हाराहारी पर्यटक आउने पञ्चकोटमा पनि तीन महिना अघिदेखि आन्तरिक पर्यटक बढेका छन् ।      विश्वकै चर्चित पर्यटकीय स्थल ढोरपाटनमा सिकार खेल्न विदेशी पर्यटले अनुमति पाइसेका छन् । गलकोटको सहस्रधारा झरना, टेउवाको खुला मूर्तिकला संग्रहालय, बागलुङ नगरपालिका–४ स्थित भूमिगत शालिग्राम संग्रहालयलमा पनि पर्यटकको चलहपहल सुरु भइसकेको छ ।      जिल्लाका अधिकांश व्यवसायलाई समेत खोपको प्रबन्ध भएपछि व्यापार व्यवसाय बढ्न थालेकोे जिल्ला उद्योग वाणिज्य संघ अध्यक्ष युवराज राजभण्डारीले बताए । ‘होटल तथा अन्य व्यवसायीलाई खोपको व्यवस्था गर्दै आएका छौं । अहिले बागलुङ बजारमा चहलपहल व्यापक भइसकेको छ । कालिका मन्दिर, पञ्चकोटलगायत धार्मिक तथा पर्यटकीय क्षेत्रमा समेत आन्तरिक पर्यटक देखिन थालेका छन्’, उनले भने,‘कोरोनाको दोस्रो लहरमा ठप्प रहेको व्यापार, होटल व्यवसाय, पर्यटन व्यवसाय चल्न थालेका छन् ।’ बागलुङ र पर्वतको बीचको कालीगण्डकी नदीमाथि रहेको बञ्जी पुलमा हेर्न आउने पर्यटकसमेत बढेपछि यहाँका होटलमा चहलपहल बढ्न थालेकोे होटल तथा रेस्टुराँ व्यवसायी संघ जिल्ला अध्यक्ष निलेश राजभण्डारीले जानकारी दिए ।      ‘थलिएको पर्यटन व्यवसाय विस्तारै उठ्न थालेको छ । होटलमा पाहुना आउन थालेका छन् । अब केही आशावादी भएका छौं । खोपको व्यवस्थापन भइरहेकाले हामी व्यवसायीसमेत विस्तारै व्यवसायमा केन्द्रित भएका छौं’, उनले भने, ‘पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्य पहिचान र प्रवर्द्धन भएपछि निकै राम्रो भएको थियो तर कोरोनाले यहाँका व्यवसायलाई धराशयी नै बनायो । अहिले पुनः सुरु भएकाले केही राहत हुनेछ ।’      पछिल्लो समय बेलढुंगा, हाँडीकोट, मूर्तिकला, चमेरे गुफा, गाईघाट झरना र सहस्रधारा झरनामा पुनः चहलपहल सुरु भइरहेको छ । विश्वकै लामो पुल ‘गण्डकी गोल्डेन बृज’मा अहिले आन्तरिक पर्यटकको भीड नै लाग्ने गरेको छ भने कालिका मन्दिरमा मंगलबार र शनिबार भक्तजनको चाप बढ्दै गएको छ । रासस

नाम्जेको होमस्टेमा बढ्यो पर्यटकको चहलपहल

धरान । लामो समयदेखि थलिएको धनकुटाको सागुरीगढी गाउँपालिकामा सञ्चालित होमस्टेमा पर्यटकीय चहलपहल शुरू भएको छ । असोज १ गतेदेखि सर्वपक्षीय छलफलको निर्णयअनुसार होमस्टे सञ्चालनमा आएपछि चहलपहल बढेको हो । सागुरीगढी गाउँपालिका–६ मा रहेको नाम्चे थुम्कीमा सञ्चालन भएका होमस्टे कोरोनाको संक्रमणका कारण बन्द थिए । संक्रमणकै कारण केही समय उनीहरू कृषि पेशामा लागेका थिए । तर कोरोना संक्रमण घट्दै गएपछि नाम्चेका होमस्टेमा आन्तरिक पर्यटक आउन थालेका छन् । नाम्जेमा मगर समुदायले आफ्नो सांस्कृतिक पहिचान झल्काउने प्रकृतिको ग्रामीण होमस्टे सञ्चालन गरेका छन् । कोभिड शुरू हुनुअघि यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटक एक रात होमस्टेमा नबसी फर्किंदैन थिए । तर, कोरोना महामारीका कारण पर्यटक आगमन ठप्प भएपछि होमस्टे पनि बन्द भए । कोरोनाको जोखिम कम हुँदै गएपछि चाडपर्वलाई लक्षित गरी असोज १ गतेदेखि होमस्टे पुनः सञ्चालन गरिएको हो । कोेराना संक्रमण अवधिभर होमस्टे सञ्चालन नहुँदा १ करोड रुपैयाँभन्दा बढी नोक्सानी बेहोर्नु परेका सञ्चालकहरू बताउँछन् । अहिले पुनः खुला भएर पर्यटक आएर खाने, बस्ने रमाउने गरेपछि भने उनीहरू उत्साहित बनेका छन् । नाम्जे थुम्की होमस्टे व्यवस्थापनका अध्यक्ष अनिलकुमार रानामगरले कोरोनाकै कारण होमस्टे बन्द हुँदा लाखौंको आम्दानी गुमेको बताए । ‘कोरोना कहरले होमस्टे सञ्चालक ठूलो मारमा परे,’ उनले भने, ‘असोज १ गतेदेखि सञ्चालनमा आएपछि केही राहत भने मिलेको छ ।’ अहिले केही फाट्टफुट्ट पाहुना आउने गरेको उनले बताए । उनका अनुसार विगतमा यहाँका होमस्टेमा दैनिक ५ लाखदेखि ६ लाख रुपैयाँसम्म कारोबार हुने गर्दथ्यो । विराटनगरबाट ६–७ जनाको टोलीसहित नाम्जे होमस्टेमा बस्न आएका रवीन राजवंशीले लामो समयसम्म यहाँ आउने वातारण नमिलेको बताए । उनले भने, ‘हामी समय समयमा आउन गथ्र्यौं, तर कोरोनाका कारण २ वर्षपछि हामी आएका हौं, निकै आनन्द महसूस गरेका छौं ।’

अन्नपूर्ण आधारशिविरका होटलमा आन्तरिक पाहुनालाई ४० प्रतिशत छुट

पछिल्लो समय अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गमा आन्तरिक पाहुनाको चहलपहल बढेको स्थानीय व्यवसायीले बताएका छन् । आधारशिविरसम्मै पाहुना पुगेपछि त्यहाँ संचालनमा रहेका सबै होटल खुलेका छन । पाहुना आकर्षण गर्न ४० प्रतिशतसम्म छुट पनि व्यवसायीले दिएका छन् ।...

नयाँ वर्ष नजिकिएसँगै बन्दीपुरमा पर्यटकको चहलपहल

तनहुँ । नयाँ वर्ष नजिकिएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । नेपाली नयाँ वर्ष नजिकिँदै गर्दा बन्दीपुर भ्रमणका लागि आन्तरिक पाहुना आउन थालेका हुन् ।