एक शेयर लगानीकर्ताको वास्तविक पिडा: सेयरबजार घट्दा श्रीमतिले दिईन् डिभोर्सको चेतावनी

सुजन दाहालमैले शेयर बजारको बारेमा धेरै पहिला देखी नै सुनेको हुँ । तर म विजनेशको बिद्यार्थी नभएर अन्य संकायको विद्यार्थी भएकाले त्यति वास्ता गर्दिन थिए । कसैले कुरा गरे भने सामान्य ढंगले सुन्थे र हिड्थे । कोरोनाकालमा शेयर बजारको ठूलो हल्लिखल्ली भयो । सवै मानिसहरु घरमा थुनिएका अरु काम केही थिएन । समयको सदुपयोग पनि हुने पैसा पनि कमाइ हुने भनेर सेयर बजारमा छिरेका रहेछन् । प्राय अधिकांश मानिसहरु चाँही आइपिओको कुरा गर्थे । विस्तारै म पनि सेयर बजार प्रति आकर्शित हुदै गए र कम्तिमा आइपिओ सम्म भर्नु पर्छ भनेर २०७७ श्रावणबाट घरका सवै सदस्यहरुको बैकमा गएर खाता खोले र आईपिओ भर्न थाले । विस्तारै केही आईपिओहरु पर्दै पनि गयो । ईन्फ्रास्ट्रचर बैक जस्ता केही ठूलो आइपिओले मलाई रामो प्रतिफल दियो । लघुवित्तका केही आईपिओले त दाल भात नै खुवायो । निरन्तर आईपिओ भर्दै गए र शेयर बजारका बारेमा विस्तारै बुझ्दै पनि गए । सेयर कारोवारी साथीभाईहरुसंग सम्पर्क गरी कुराकानी गर्थे । उनीहरुको कुरा सुन्थे । शेयरमा यति कमाए र उति कमाए भनेर खुव फाइफुटी लाउथे । रवाफ नै बेग्लै थियो । हिजो सम्म सामान्य अवस्थाको आज करौडोको कुरा गर्न थाले पछि मलाई पनि मनमा छटपटी सुरु भयो । वास्तवमा सेयरमा पैसा गुमाउने चुपचाप बस्दा रहेछन् । शेयरबाट पैसा कमाउनेहरु हल्ला गर्दै हिडदा रहेछन् । बजार हल्लाले गर्दा मैले पनि शेयर बजार छिर्न पाए त पैसा कमाउने थिए होला भनेर सोच्न थाले । सेयरबाट भविष्यमा करौडौ रकम कमाउने र आरामको जिन्दगी विताउने भनेर सपना देख्न थाले । सेयरबाट पैसा कमाएर श्रीमति छोरोछोरीका सवै रहर र चाहना पुरा गरिदिन्छु भनेर कल्पनामा डुब्न थाले । साथीभाई इष्टमित्र, नरनाता र कुटुम्वका अगाडी सानले हिड्छु भन्ने सोच्न थाले । अहिलेको म सुजने भोली पैसा कमाए पछि सुजनबाबु हुन्छु भन्ने सम्मको क्षितिज सम्म पुगे । तर शेयरमा लागानी गर्न धेरै पैसा त म संग थिएन । फेरी सोचे कही कतैबाट उपाय निकालेर पैसाको व्यवस्था गर्छु । २०७८ श्रावणमा अनलाईन शेयर खरीद विक्री गर्नका लागि ब्रोकर कम्पनीबाट टिएमएस लिए । अव पैसाको प्रवन्ध गर्नु पर्ने भयो । एउटा बैकमा चिनेको मान्छे थियो त्यसलाई गएर पापड बेल्दा बेल्दा जग्गा धितो राखेर पन्ध्र लाख लिन सफल भए । त्यो पन्ध्र लाख आउने वितिकै गएर ढिलो नगरी विभिन्न कम्पनीको शेयर किने । मैले किने पछि शेयर अझ बढदै गयो । म त नाफा खाने बानी नपरेको थोरै नाफा हुने वित्तिकै बेचिहाल्थे । मैले करीव डेढ लाख जति नाफा गरे होला । त्यो नाफाको पैसा आउदा त मेरो घर नै उज्यालो भयो । श्रीमति खुसी, हिजो सम्म बुवाले सुजन भन्दै गरेकोमा बाबु खोई भन्न थाल्नु भयो । म पनि पनि दङ्ग। घर चलाउन पनि सहज भयो । परिवारमा खुसी छायो ।  शेयर बजारबारे धेरै ज्ञान नभएको म हौसिदै गए । अलिकति कमाई भए पछि अझ पैसा थप्न पाए त अझै कमाई हुन्थ्यो भन्ने लाग्न थाल्यो । तर पैसा थिएन । श्रीमतिको गहना बेचर पैसा निकाल्नु पर्यो भनेर उसलाई भने तर श्रीमतिले मानिन । उसलाई लोभ, लालच र आश देखाउदै गए । आखिर भोली कमाएको पैसाले अझ राम्रो गहना लाउन पाइन्छ भने दिउ न त भन्ने लागेछ क्यार श्रीमति गहना बेचेर पैसा दिन तयार भईन् । श्रीमतिको गहना बेचेको छ लाख पचास हजारले एउटा फाइनान्सको शेयर उठाए । शेयर अलिकति बढिपनि हाल्यो । केही रकम कमाई भई हाल्यो । फेरी अझ पैसा भए त हुन्थ्यो भन्ने लाग्न थाल्यो । त्यति नै बेला सासु आमा हाम्रो घर आउनु भएको थियो । सासुले शेयरको कमाई आदीको सवै कुरा सुनिरहनु भएको थियो । सासु खुसी नै हुनु हुन्थ्यो, छोरी ज्वाँईको कमाई हुने कुराले । मौका यही हो भनेर श्रीमतिलाई सासुसंग पैसा माग्न भनेर भने । श्रीमतिले पनि पैसा मागिन र छ महिनाको लागि सासुले पनि पाँच लाख दिनु भयो । त्यो पाँच लाखको पनि शेयर किने । मेरो दुर्भाग्य त्यो सेयर किने देखी आजसम्म शेयर बजार घटेर दुई हजार भन्दा तल आइसक्यो । बैकबाट लिएको ऋण पन्ध्र लाख, श्रीमतिको गहना बेचेको छ लाख पचास हजार र सासुबाट लिएको पाँच लाख गरी जम्मा छब्विस लाख पचाँस हजार सवै रकम नेप्से करीव एकतिस सय भएको बेला शेयर बजारमा लगानी गरेकोमा अहिले शेयर बजारको घट्दो क्रमले मेरो जम्मा पुँजीको आधा करीव तेह्र लाखमा झरेको छ । हरेक अग्रेजी महिनाको २० तारिखमा बैकमा सावा ब्याज बुझाउनु पर्ने पिडा छ । बैकको सावा ब्याज बुझाउन पनि ऋण नै खोज्नु पर्ने अवस्था छ । साासुको पैसाको कारण ससुरालीसंग सम्वन्ध विग्रियो । पैसा तिर्न नसकेकाले ससुराल आइजाई नै बन्द छ । कुन मुखले सुसुराल जानु जस्तो लाग्छ । हिनताबोधले मन नै कुडिएको छ । श्रीमतिको गरगहना नभएर विवाह, ब्रतबन्ध जस्ता सामाजिक कार्यमा समेत जान छाडेकोे अवस्था छ । बैकको पैसा तिर्ने कुरा त छदै छ त्यो भन्दा तनाव त रातदिनको श्रीमतिको कचकच झन ठूलो छ । हरेक दिन घरमा भात खाने बेलामा श्रीमतिको गाली खानु परेको छ । घरमा जति भात खाईन्छ त्यसको दुई गुणा बढी त श्रीमतिको भनाई नै खानु परेको छ । हुदाँ हुँदा श्रीमतिको डिभोर्सको चेतावनी सम्म सहनु परेको छ । नेप्से कारोवार हुने हरेक दिन हतार हतार टिएमएस खोलेर हेर्यो सबै रातो मात्र हुन्छ । जब रातो मात्र देख्छु तव मनमा पिढाबोध हुन्छ । खाइ नखाई ऋणपान गरेर दुई पैसा कमाई होला, छोराछोरीको भविष्य उज्वल बनाउन सकिएला र घरव्यवहार पनि राम्रोसंग चल्ला भनेर लगानी गरेको आज सवै बालुवामा पानी हाले जस्तो भएको छ । शेयर बजारमा गरेको लगानीको उल्टो बृद्धिले परेको असरले मलाई प्रेशरको रोग उपहार दिएको छ । बेलाबेला त मलाई डिप्रेशन नै भएको हो कि जस्तो समेत लाग्न थालेको छ । दिनभरी घरबाहिर हुन्छु र यसोउसो गरेर मन भूल्याउछु तर बेलुकी सुत्ने बेला ऋण, श्रीमति र सासुको पैसा सम्झिएर छाति पोलेर आउछ । मनमा आगो उठेर आउछ । अव यत्रो करीव तेह्र लाख रुपयाँ कहाँबाट कसरी तिर्ने भनेर औडाहा भएर आउछ । मसंग तेत्रो पैसा तिर्ने हैसियत पनि छैन । म जस्तो सानो लगानीकर्ता त यति धेरै पिडामा छु भने म जस्ता र अझ ठूला लगानीकर्ताको हविगत आज कस्तो भएको होला । मेरो व्यथा र कथा कस्ले सुन्छ ? म र म जस्ताको पिढा कस्ले बुझछ ? चारैतिर अध्यारो मात्र देख्न थालेको छु । शेयर बजारले मर्नु न बाँच्नु को अवस्थामा पुर्याएको छ । धेरै हौसिएर ठूलो सपना देखेर विना ज्ञान अरुको लहलहैमा लागेर अरुले पैसा कमाएको भन्ने भ्रममा परेर मैले जे भोग्नु परेको छ अरुले भोग्न नपरोस । सेयर बजार सम्भावनाको क्षेत्र त हो तर त्यति नै जोखिमको क्षेत्र पनि रहेछ । सेयर बजार पनि एउटा लगानीको क्षेत्र हो भन्ने आत्मसाथ गरेर सरकारले यसको व्यवस्थापन राम्रोसंग गरिदिएको भए मैले जस्तोे पिढा अरु कसैले पनि भोग्नु पर्ने थिएन । नेपाल राष्ट्र बैक, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड आदी शेयर बजारका नियामक निकायहरुले अव पनि शेयर बजारलाई सम्हल्न चासो नदिने हो भने भयावह स्थितिको सामना गर्नु पर्ने हुन सक्छ र लाखौ लगानीकर्ताहरु रोडमा आउने पनि निश्चित छ । 

सम्बन्धित सामग्री

आज शेयर बजार राताम्मे

काठमाडौं– शेयर बजार आज उच्च अंकले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ५२ अंकले घटेर दुई हजार १३ दशमलव ९३ विन्दुमा झरेको छ । यस्तै सबै समूहको शेयर घटेकोमा फाइनान्स, होटल, जलविद्युत्, बीमा र उत्पादन समूहको शेयर उच्च अंकले ओरालो लागेको छ । आज सबैभन्दा धेरै मोलुङ हाइड्रोपावर कम्पनीको […]

सामान्य बढ्यो शेयर बजार

शेयर बजार परिसूचक नेप्से आज बिहीबार पाँच दशमलव १३ अंकले बढेर दुई हजार ६६ दशमलव शून्य पाँच विन्दुमा पुगेको छ । आज होटल, जलविद्युत्, लगानी, उत्पादन, म्युचल फन्ड, बीमा, अन्य र व्यापार समूहको शेयर बढेको छ । सबैभन्दा धेरै एसियन लघुवित्तको शेयर नौ प्रतिशत र सिंगटी हाइड्रोको शेयर साढे सात प्रतिशतले बढेको छ । आज […]

बुढीगण्डकीको शेयर संरचना परिमार्जन

काठमाडौं । बुढीगण्डकी जलविद्युत् आयोजनालाई नेपाल विद्युत प्राधिकरणको बहुमत शेयर स्वामित्व हुनेगरी अगाडि बढाउने तयारी गरिएको छ । शेयर संरचनालगायतका विषयमा अन्तिम टुङ्गो लगाउन प्राधिकरणका उपकार्यकारी निर्देशक प्रदीपकुमार थिकेको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । कार्यदलको प्रतिवेदनका आधारमा शेयर संरचनामा संशोधन गरिने तयारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशन अनुसार आयोजना अगाडि बढाउन शेयर […]

शेयर बजार आज फेरि घट्याे

काठमाण्डाै – शेयर बजार आज बुधवार फेरि घटेको छ । हिजो मङ्गलवार र अस्ति साेमवार सामान्य सुधार भएको शेयर बजार आज पाँच दशमलव ८९ अङ्कले घटेर एक हजार आठ सय ६७ दशमलव २२ अङ्कमा झरेको छ ।   आज बैकिङबाहेक सबै समूहको शेयर घटेकोमा जीवन बीमा, उत्पादन र फाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालाे लागेकाे छ ।  बजार घटेकाे दिन दुई सय ५२ वटा कम्पनीकाे २४ लाख ४० हजार कित्ता शेयर ८६ करोड ३८ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ११ करोड ८२ लाख रुपैयाँको शेयर किनबेच...

७७ अङ्कले घटेर शेयर बजार राताम्मे, ६ वटाबाहेक सबै कम्पनीको शेयर ओरालो

काठमाण्डाै – शेयर बजार आज साेमवार ७७ अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ७७ दशमलव शून्य एक अङ्कले घटेर एक हजार नाै सय १५ दशमलव ६१ विन्दुमा झरेको छ ।  सबै समूहको शेयर ओरालो लागेकोमा विकास बैंक, जलविद्युत्, बीमा, उत्पादन र लघुवित्त समूहको शेयर उच्च अङ्कले घटेको छ ।  आज दुई सय २७ वटा कम्पनीको शेयर कारोबार भएकोमा ६ वटाबाहेक सबै कम्पनीको शेयर घटेको छ । ६३ लाख १३ हजार कित्ता शेयर दुई अर्ब ३२ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको ११ करोड रुपैयाँक...

शेयर बजार घटेर राताम्मे, ८ वटाबाहेक सबै कम्पनीको शेयर ओरालो

काठमाण्डाै – काराेबार हुने हप्ताको अन्तिम दिन आज बिहीवार पनि शेयर बजार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ३७ दशमलव ६ अङ्कले घटेर दुई हजार दुई सय ३८ दशमलव ६२ विन्दुमा झरेको छ ।  सबै समूहको शेयर घटेकोमा विकास बैंक, जलविद्युत्, माइक्रोफाइनान्स र बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । दुई सय ३२ वटा कम्पनीका ४६ लाख ७४ हजार कित्ता शेयर एक अर्ब ६५ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भयो । सबैभन्दा धेरै सूर्य लाइफ इन्सोरेन्सको आठ करोड ४५ लाख रुपैयाँको शेयर किनबेच भयो ।  आज घले...

नेपालको शेयर बजारमा भड्किएका मनहरू…

‘शेयर बजार साम्राज्यवादको साधन’, ‘शेयर बजार जुवाघर’, ‘शेयर बजार विरोधीलाई नो भोट अभियान’, ‘शेयर बजारमा सर्वसाधारणको १२ खर्ब भन्दा बढी सम्पत्ति डुब्यो’ यी र यस्तै धेरै शीर्षकले हिजो–आज नेपाली छापाहरू रंगिइरहेको देख्न पाइन्छ । शेयर बजार पूँजी संकलन र परिचालनका लागि पूँजीवादी अर्थ–व्यवस्थाको एउटा महत्वपूर्ण खम्बाका रूपमा स्थापित भएको छ । यसले जनताको थोरै स्रोत […]

पिपुल्स हाइड्रोपावरले शेयर जारी गर्दै

काठमाडौं, मंसिर १७ । पिपुल्स हाइड्रोपावरको ९६ लाख कित्ता साधारण शेयर निश्कासनका लागि शेयर प्रत्याभूति समझदारी भएको छ । कम्पनीको ९६ करोडको प्राथमिक शेयर निश्काशनका लागि नागरिक लगानी कोषसँग शेयर प्रत्याभूति सम्बन्धी समझदारी भएको हो । शेयर प्रत्याभुतिकर्ता सम्झौतामा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोका तर्फबाट कम्पनीका प्रवन्ध संचालक केशव बहादुर रायमाझीले हस्ताक्षर […]

शेयर बजारमा उच्च वृद्धि, १३ कम्पनीको शेयर १० प्रतिशतले बढ्यो

निरन्तरको गिरावटपछि शेयर बजारमा बुधवार उच्च अंकको वृद्धि भएको छ । शेयर बजार परिसूचक नेप्से १ सय ४ दशमलव ८८ बिन्दुले बढेर २८ सय १६ दशमलव ९५ बिन्दुमा कायम भएको छ ।  अघिल्लो दिन १३ अंकले बढेको  शेयर बजारमा बुधवार उछाल आएको हो । १३ कम्पनीको शेयर १० प्रतिशतका दरले बढेर सर्किट लाग्दा समग्र बजार ३ दशमलव ८७ प्रतिशतले बढेको छ । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ ।  सोमवार ८ अर्ब, मंगलवार ७ अर्बमाथिको कारोबार भएको शेयर बजारमा बुधवार  ६ अर्ब १७ करोडको कारोबार भएको छ । कार...

शेयर किन्दै हुनुहुन्छ ? जान्नुस् यी ५ कुरा

१४ भदौ, काठमाडौं । पछिल्लो समय शेयर बजारमा सर्वसाधारणहरुको आकर्षण बढ्दो छ । शेयर लगानीकर्ताहरुले राम्रै कमाइरहेका पनि छन् । तर शेयर बजारमा लगानी गर्ने सबैले कमाउँछन् भन्ने होइन । शेयर बजार जोखिम भएको बजार हो, यसकारण यहाँ शतप्रतिशत कमाइको ज्ञारेन्टी हुँदैन । बजारबारे राम्ररी बुझेर शेयर खरिद गर्नेहरुले राम्रै कमाएका पनि छन् । आफूले […]