काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँग आफूलाई हटाउने अधिकार नभएको बताएका छन्।नेकपा एमाले अध्यक्ष ओलीले आफूमाथि गरेको कारबाहीबारे सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिँदै नेपालले ओली सिंगो पार्टीको नभएर गुटको मात्र अध्यक्ष भएको दाबीसमेत गरेका छन्। अध्यक्ष ओलीले नेपाल र एमाले उपाध्यक्ष भीम रावललाई साधारण सदस्य समेत नरहने गरी ६ महिनाका लागि निलम्बन गरेका छन्।‘ओलीलाई मलाई हटाउने कुनै अधिकार छैन। यस बारेमा मलाई जानकारी पनि छैन’ नेता नेपालले भने,&ls