हुन्छ त नेपालमा विकास ? विदेशका राम्रा अभ्यासको हुँदैन अनुसरण

नेपालमा वर्षेनि बजेट आउँछ विकासका कुरा बोकेर । देशका नागरिकले यो हुन्छ र त्यो हुन्छ भन्ने आशैआश गरिरहेका हुन्छन् । युवायुवती रोजगारी पाइने हो कि भनेर सपना देखिरहेका हुन्छन् । देश विकास भए न रोजगारी सृजना हुन्छ । विकासका लागि उचित नीतिनियमका साथै साधनस्रोतको आवश्यता पर्छ । विश्वका कुनै पनि मुलुकमा पर्याप्त मात्रामा स्रोतसाधन उपलब्ध हुँदैन । अर्थात् चाहनाहरू असीमित हुन्छन् तर तिनलाई पूरा गर्ने स्रोत सीमित हुन्छ । त्यस कारण सीमित स्रोतको उपयोगका लागि विवेकशीलताको आवश्यता पर्छ ।  फेरि भन्दा विवेकशीलता नै सीमित स्रोतको परिचालनका लागि अपरिहार्य तत्त्व हो । यसको अभावमा उपलब्ध सीमित स्रोतको सदुपयोग हुन सक्दैन र देश विकासले गति लिन पनि सक्दैन । उद्योग व्यवसायको अभावमा रोजगारी सृजना हुँदैन । यसका लागि निजीक्षेत्रको योगदान अर्थतन्त्रमा बढी हुन्छ र हुनु पनि पर्छ । निजीक्षेत्र उदासीन बन्दा उद्योग व्यवसाय फस्टाउन सक्दैन र रोजगारीको सृजना पनि हुन सक्दैन । अर्थतन्त्रमा निजीक्षेत्रको सहभागिता गराउन नीतिगत सुधार एकातिर हुनुपर्छ भने अर्कोतिर पूर्ण खुला अर्थतन्त्रको आवश्यता पर्छ । यसका अतिरक्त प्रतिबद्धता, त्याग र स्वच्छताको आवश्यता पर्छ ।  अविवेकी समाजको उदय देश विकासका लागि माथि उल्लिखित शर्तहरूको सशक्त आवश्यता पर्छ । तर, ती शर्तलाई नारामा मात्र सीमित राखिन्छ । लागू गर्न त परै जाओस् उच्चारणसम्म गरिँदैन । सन् २०२३–२४ को वार्षिक बजेटको कार्यान्वयनको शुरुआत यही जुलाई महीनाको आधाआधीबाट भइसकेको छ । अधिकांश नेपालीहरूले पहिचान गरेको कुरा के हो भने सीमित स्रोतको सदुपयोग विवेकशील ढंगले परिचालन गरिएको छैन । म आफैले पनि राम्ररी बुझेको छैन के हो सांसद विकास कोष ? हुन त बजेट प्रस्तुतकर्ताले नै उदाहरण दिएका छन्, भारतमा पनि सांसद विकास कोषको प्रचलन रहेको छ । त्यसैले हामीले पनि यसको अनुसरण गरेका हौं भनेर ।  के भारतमा पनि क्वीन्टलका क्वीन्टल सुन तस्कर भइरहेको छ ? यदि छ भने भारतमा सम्बद्ध जिम्मेवार निकायमा जिम्मा लिने व्यक्तिले नैतिक जिम्मेवारी लिने गरेको छ तर नेपालको जिम्मेवार निकायले जिम्मेवारी लिनु पर्दैन ? हो, भारत नेपालको नजिकको छिमेकी हो, यसमा कसैको दुईमत छैन । भारतमा भएका राम्रा नराम्रा दुवै कार्यले नेपाललाई अछुत राख्न सक्दैन र प्रत्यक्ष वा अप्रत्यक्ष तरीकाले प्रभाव परिरहेको हुन्छ । भारतमा भएका प्रत्येक कार्यको अनुसरण गर्ने हो भने नेपाल स्वर्ग बनिसक्ने थियो होला । भारतमा विकास निर्माणका कार्यहरू भइरहेका छन् । उद्योगधन्दा पर्याप्त सञ्चालन छन् । रोजगारीका अवसरहरू पर्याप्त मात्रामा सृजना भइरहेका छन् । कृषिक्षेत्रको विकासले विश्वलाई नै खाद्यान्न वितरण गरिरहेको छ । जस्तै : चिया, कफी, आटा, मैदा, आदि । भारतमा उत्पादन गरेर प्याकेजिङ भएका खाद्य वस्तु विश्वभरिका मानिसले उपभोग गरिरहेका छन् । उपलब्ध स्रोतसाधनको परिचालन विवेकशील तवरले भएका कारण भारतमा उच्च आर्थिक वृद्धिदर हासिल भइरहेको छ । उच्च छवि र नैतिकताको कसीमा रहेका नेताहरूले नेतृत्व सम्हालेको देश भएकाले आर्थिक अनुशासनले संस्थागत रूप लिइरहेको छ । अनगिन्ती यति धेरै राम्रा पक्षबाट नेपाल प्रभावित हुन किन नसकेको ? सिकेको चाहिँ किन सांसद विकास कोषबाट मात्र ? भारत र नेपालको आर्थिक परिवेश एउटै छ ? निश्चय पनि छैन । सन् २०२२ मा भारतको आर्थिक वृद्धिददर ७ प्रतिशत थियो भने नेपालको केवल ५ दशमलव ६ प्रतिशत मात्र । प्रतिव्यक्ति आम्दानीको तुलना गर्दा सन् २०२२ मा भारतको २ हजार ३ सय ८७ अमेरिकी डलर हुँदा नेपालको केवल १ हजार ३ सय ३७ अमेरिकी डलरमात्र रहेको छ । नजिकको छिमेकीको प्रगतिले नेपाललाई प्रभाव पार्न किन सकेन ? कारण हुन् : इमानदारी, नैतिकता, प्रतिबद्धता र विवेकशीलताको अभावका साथै कमिशन र भ्रष्टाचारको जालो । यी जालो हटाउनभन्दा पनि त्यसलाई ढाकछोप गर्ने गरिएका कारण नेपाल ओरालो लागिरहेको छ । भारतको सिको गर्दा देश विकासका बारेमा सिको गरिँदैन । तर, आफू र आफ्नाहरूको उत्थान गर्न र गराउन सांसद विकास कोषका लागि राष्ट्रको ढुकुटीबाट रकम विनियोजन गर्न सिको गरिन्छ ।  वित्तीय खर्चका लागि कुल बजेटको १७ दशमलब ५५ प्रतिशत विनियोजित गरिएको छ भने पूँजीगत खर्चमा केवल कुल बजेटको १७ दशमलव ३५ प्रतिशत विनियोजन गरिएको छ । बजेटमा विनियोजित रकम सांसद विकास कोषका अतिरिक्त यो बजेटले कुल रकमको ४५ दशमलव २ प्रतिशत रकम चालू खर्चका लागि विनियोजन गरेको छ । चालू खर्चको यो मात्रा झन्डै ५० प्रतिशतको हाराहारीमा रहेको तथ्य यो आँकडाले प्रस्तुत गरेको छ । अझ अचम्मलाग्दो आँकडा त वित्तीय र पूँजीगत खर्चको देखिन्छ । पूँजीगत खर्च विनियोजन वित्तीय खर्चको भन्दा कम छ । वित्तीय खर्चका लागि कुल बजेटको १७ दशमलब ५५ प्रतिशत विनियोजित गरिएको छ भने पूँजीगत खर्चमा केवल कुल बजेटको १७ दशमलव ३५ प्रतिशत विनियोजन गरिएको छ । पूँजीगत खर्चभन्दा वित्तीय खर्च बढी हुनका विभिन्न कारण छन् । यसरी वित्तीय खर्चमा वृद्धि हुनुमा सार्वजनिक ऋणमा वृद्धि हुनु हो । विगत ३ वर्षको आँकडाले के संकेत गर्छ भने सार्वजनिक ऋणमा वृद्धि भइरहेको छ । आर्थिक वर्ष सन् २०२०/२१, २०२१/२२ र २०२२/२३ मा कुल बजेट रकममा सार्वजनिक ऋणको मात्रा २५ प्रतिशत, २८ प्रतिशत र ४५ प्रतिशत रहेको छ । सार्वजनिक ऋणको मात्रामा वृद्धि हुँदै जाँदा यसको साँवाब्याजमा पनि वृद्धि हुन्छ । सरकारले लिएको ऋणको साँवाब्याज भुक्तानी गरेको रकमलाई वित्तीय खर्च भनिन्छ । पूँजीगत खर्चको तुलनामा वित्तीय खर्च बढी हुनुको कारण सरकारले लिने ऋणको मात्रामा वृद्धि हुनु हो । प्रतिफलशून्य आयोजनाहरू जस्तै दुई ठूला विमानस्थलहरूको निर्माण, गोदावरीमा सभा भवनको निर्माण, चोभारमा सुक्खा बन्दरगाह, काठमाडौंको बस पार्क र झापाको दमकमा भ्यूटावरहरूको निर्माण र संघीयतामा लगानी भएका कारण सार्वजनिक ऋणमा वृद्धि भएको हो भन्न सकिन्छ । यही र यस्तै कार्यले निरन्तरता पाउने हो भने निकट भविष्यमा नेपाल ऋणको पासोमा नपर्ला भन्न सकिँदैन ।  कुन दैवी शक्तिले नेपालको विकासमा जादू देखाउला ? माथि उल्लेख भएअनुसार पूँजीगत खर्च कुल रकमको १७ दशमलव ३५ प्रतिशत विनियोजन गरिएको छ । यसमा पनि विगतलाई केलाउँदा पूरै रकम खर्च नहुने परिपाटी नै बसिसकेको छ । फेरि कमिशन र भ्रष्टाचारको पोको पनि यही रकमले बोकेको हुन्छ । आर्थिक वर्ष सन् २०२०/२१, २०२१/२२ र २०२२/२३ मा पूँजीगत खर्चका लागि विनियोजित कुल बजेट रकममा क्रमश: ६५ प्रतिशत, ५७ प्रतिशत र ५५ प्रतिशत मात्र खर्च भएको देखिन्छ । पूँजीगत खर्च भनेको देश विकासका लागि बजेटमा विनियोजन गरिएको रकम हो ।  पूँजीगत खर्चका लागि विनियोजित रकम एकातिर नगण्य रहेको छ भने अर्कोतिर उक्त रकमको खर्च ६० प्रतिशत पनि हुन सकेको छैन । सोही अवधिमा चालू खर्चका लागि विनियोजित कुल बजेट रकममा क्रमश: ८८ प्रतिशत, ७३ प्रतिशत र ७७ प्रतिशत खर्च भएको देखिन्छ । यस अवस्थामा देश विकासले गति लिन्छ भन्नु दिवास्वप्न मात्र हो । चालु खर्च बढ्नुमा धेरै कारण छन् । त्यसमा प्रमुख संघीयता पनि हो । कर्मचारीलाई तलब नदिन मिल्दैन । जनप्रतिनिधिलाई नदिए अझ भ्रष्टाचारको जालो बढी फैलिन सक्छ ।  लेखक अर्थशास्त्री हुन् । 

सम्बन्धित सामग्री

नेपालमा विकास नहुनुको कारण राजसंस्था भएको एस.डी. मुनीको आरोप (भिडिओसहित)

काठमाडौं, २० जेठ । नेपाल मामिलाका जानकार भारतीय प्रोफेर डा. एसडी मुनीले नेपालको विकास नहुनुमा राजसंस्थाको हात रहेको आरोप लगाएका छन् । नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँग प्राइम टिभीको जनता जान्न चाहन्छन् कार्यक्रममा कुरा गर्दै मुनीले यस्तो आरोप लगाएका हुन् । उनले भने,‘तपाईंको देशमा विकास मोनार्कीले गरेन, तपाईँहरुको विकास भएन । किनकी मोनार्कीको पछि […]

नेपालमा कलेजो प्रत्यारोपण : विकास भयो, गति लिन सकेन

१९ माघ, काठमाडौं । प्रा.डा. रमेशसिंह भण्डारीले एक दशक अगाडि नै सपना देखेका थिए-नेपालमा कलेजो प्रत्यारोपणलाई स्थापित गरेरै छोड्छु । सुरुको वर्ष चार-पाँच जना र त्यसपछि वार्षिक १०-१२ जना बिरामीमा कलेजो प्रत्यारोपण गर्ने । अनि जनशक्ति र पूर्वाधार विकास गर्दै नेपालमा कलेजो प्रत्यारोपण सेवालाई दिगो बनाउने । तर, उनको अपेक्षा अनुरूप कलेजो प्रत्यारोपण सेवा अगाडि […]

चीनले भन्यो– नेपालमा दिगो स्थायित्व र सामाजिक आर्थिक विकास हुने विश्वास छ

नेपालमा नयाँ सरकार बनेसँगै उत्तरी छिमेकी चीनले नेपालमा दिगो स्थायित्व र सामाजिक आर्थिक विकास हुने विश्वास लिएको बताएको छ ।

नेपालमा पर्यटन विश्वविद्यालयको विकास गर्न जरुरी छ : अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा एउटा पर्यटन विश्वविद्यालयको विकास गर्न जरुरी रहेको बताएका छन्। शुक्रबार नुवाकोटको ककनी गाउँपालिकामा नेपाल पर्वतारोहण संघले आयोजना गरेको स्व. प्रकाश दाहालको सालिक...

नेपालमा हिन्दी डब चलचित्र प्रदर्शनलाई निरुत्साहन गर्न विकास बोर्डको आग्रह

काठमाडौँ– चलचित्र विकास बोर्डको मंगलबार बसेको बैठकले नेपालमा हिन्दी डब चलचित्रलाई नेपाली चलचित्रभन्दा धेरै प्राथमिकताका साथ प्रदर्शन गर्न नदिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको छ। चलचित्र विकास बोर्डका सूचना अधिकारी चिरञ्जीवी गुरागाईंका अनुसार बोर्डले हिन्दी डब चलचित्रलाई कम प्राथमिकताका साथ प्रदर्शन गर्ने व्यवस्था गर्न खोजिएको बताए। ‘अब कुन चलचित्र चल्न दिने, […]

एमसिसी, विकास र राष्ट्रवादको बहस

नेपालमा हालसम्मकै सर्वाधिक महत्वपूर्ण तर विवादित विषय हुन् एमसिसी, विकास र राष्ट्रवाद । यी तीनवटै विषयले आमजनतासँग प्रत्यक्ष सरोकार राख्छन् । विवादको केन्द्रमा हुनुको मूल कारण यी विषयसँग जोडिएको राजनीति हो । विवादमा...

‘नेपालमा विकास र खर्चको परिपाटी नै मिलेन’

नेपालमा पूँजीगत खर्च नहुने एउटा समस्या हो, भएको खर्च कहाँ कसरी भएको छ भन्ने अर्को महत्वपूर्ण सवाल हो । खर्च भएन भन्दाभन्दै खर्च कसरी भइरहेको छ भन्ने विषयमा समेत बहस जरूरी छ । नेपालमा समस्या आयोजना छनोटको चरणबाटै सुरु हुन्छ । सामान्यतया पहिला आयोजना छनोट गरिन्छ, त्यसपछि मात्र ठिक छ कि छैन भनेर मूल्यांकन गरिन्छ […]

मैले जस्तो विकास र सुशासनका काम नेपालमा अरु कसैले गरेको छैन - ओली

काठमाण्डौ – प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीको ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पालामा जस्तो विकास र सुशासन नेपालमा अहिलेसम्म कसैले नगरेको जिकिर गर्नुभएको छ ।बुटवलमा भएको आमसभामा ओलीले आफू प्रधानमन्त्री भएपछि गरेको भन्दै सयौँ कामको फेहरिस्त पनि बताउनुभएको छ । ‘शिक्षा, स्वास्थ्य, विकास, सुशासन र सामाजिक काममा मेरो पालामा ऐतिहासिक तिव्रता आएको छ, यतिधेरै काम अहिलेसम्म कसैले गरेको थिएन, तीन वर्षसम्म हामीले गरेका काम देखेर विरोधीहरु तर्सिएका छन्’, ओलीले भन्नुभयो । ओलीले केहि नराम्रो आचर...