विद्युतीय उर्जामा चासो नदिए मुलकको अवस्था भयावह हुन्छः कार्यकारी निर्देशक थानी

नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले सरकारले उर्जाको व्यवस्थापनमा चासो नदिए मुलुक भयावह अवस्थामा पुग्ने चेतावनी दिएका छन्। बुधवार राष्ट्रिय संसदअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले विश्वभर नै इन्धनको मूल्य बढीरहेको र विकसित मुुलुक पनि त्यसको चपेटामा परेकोले तत्काल उर्जा व्यवस्थापनमा गम्भीर नबने मुलुक आर्थिकरुपमा पनि ठूलो समस्यामा फस्ने दाबी गरेका हुन्  । उनले श्रीलंकाले आफ्नो अवस्थाबारे जनतालाई जनकारी नगराएका कारण आर्थिक शंकट व्यहोर्नुपरेको भन्दै नेपालले पनि बेलैमा देशको आर्थिक अवस्थाबारे जनतालाई सुसुचित बनाउनुपर्ने बताए । कार्यकारी निर्देशक थानीले अहिलेको विद्युत महशुल तिरेर कसैले इण्डक्शन चुलो नबाल्ने भन्दै भएको महशुललाई घटाएर सरकारले नागरिकलाई विद्युतीय सामग्रीको प्रयोगमा प्रोत्साहन दिनुपर्ने बताए । उनले नेपाल विद्युत प्राधिकरणले दिएको महशुल भन्दा एलपी ग्यास सस्तो पर्ने अवस्था रहेको पनि स्मरण गराए ।कार्यकारी निर्देशक थानीले गत वर्षको चैतमा वैशाखमा ३५ हजार मेट्रिक टन एलपी ग्यास आयात भएको, यस वर्षको वैशाखमा ४५ हजार र जेठमा ४८ हजार मेट्रिक टन एलपी ग्यास आयात भइसकेको बताए । एलपी ग्यासको खपत दिनप्रतिदिन बढीरहेकोले देशमा डरलाग्दो अवस्था सिर्जना भइरहेको बताए । उनले नेपाल आयल निगम प्रति सिलिण्डर ७५१ रुपैयाँ घाटा खाएर एलपी ग्यास बिक्री गर्न बाध्य भइरहेको भन्दै उर्जा व्यवस्थापन कार्यलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताए ।उनले भने, ‘नेपाल आयल निगमले नेपाल सरकारलाई सुझाव स्वरुप गत चैत्र १३ गते १० बुँदे सुझाव दिएका थियौँ । त्यहाँ शनिवार, आईतवारको बिदा गर्नुस्, जोरबिजोर लाइदिनुहोस् भनेको थियौँ । अहिलेको विद्युत महशुलमा मानिसले अहिले इण्डक्शन चुलो बाल्दैन । हामीसँग भएको महशुल त अलिकति घटाउनुपर्छ नि । यो महशुलमा अहिलेपनि एलपी ग्यास सस्तो पर्छ । चैत्रमा ३५ हजार मेट्रिक टन एलपी ग्यास आयात भएको छ । वैशाखमा ४५ हजार छ । जेठमा ४८ हजार छ, यो भनेको एलपी ग्यास खपत बढीरहेको छ । डरालाग्दो अवस्था छ । नेपाल आयल निगमले प्रति सिलिण्डर ७५१ रुपैयाँ घाटा खाएर बेचिरहेको छ । उर्जा व्यवस्थापन राम्रोसँग गरौँ । हामीले अघिल्लो वर्ष १ खर्ब ५८ करोडको पेट्रोलियम पदार्थ आयात गरेकोमा यसवर्ष जेठसम्म २ खर्ब ७० करोडको आायत गरिसकेका छौँ । यस्तो अवस्था छ । आर्थिक वर्षमा मुलुक कहाँ पुगिसक्यो । हामीले कम्तिमा बानी सुधार्नुपर्ने अवस्था छ । मुलुकको अवस्था भयावह छ । यो आर्थिक अवस्थाको विषय पनि सोच्नुपर्नेछ । उर्जा व्यवस्थापनमा ध्यान दिनुपर्छ । श्रीलंका आज त्यो अवसमा किन आयो भन्दा राज्यले जनतालाई आफ्नो यथार्थ अवस्था नबताएकोले आयो । हामीले पनि यो विषय जनतालाई बुझाउनु पर्छ । आज मुलुकको अर्थतन्त्र के छ रु कस्तो छ रु पेट्रोलियम पदार्थको मूल्यवृद्धि भयो, नेपाल आयल निगमले मूल्यवृद्धि गरायो, कर घटाएन भन्ने विषय भन्दापनि मुलुकको अर्थतन्त्रको विषयमा गम्भीर भएर सोच्नुपर्छ ।’कार्यकारी निर्देशक थानीले मुलुकको अर्थतन्त्रको विषयमा गम्भीर भएर सोच्नुपर्ने बेला आएको भन्दै सरकारको ध्यानाकर्षण गराए । 

सम्बन्धित सामग्री

आयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजीनामा

नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले राजीनामा दिएका छन् ।  मंगलबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई भेटेर कार्यकारी निर्देशक थानीले राजीनामा बुझाएका हुन् ।

बीमा बोर्डका कार्यकारी निर्देशक भन्छन्- स्वास्थ्यमन्त्रीसँग कुनै टसल भएको छैन

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले बीमा बोर्ड र स्वास्थ्य मन्त्रालयबीच कुनै टसल नभएको दाबी गरेका छन्।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले गरे मतदान

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मतदान गरेका छन् । घिसिङले मेछापको सुनापति गाउँपालिका वडा नं ४ डहु मतदान केन्द्रबाट मतदान गरेका हुन् । कार्यकारी निर्देशक घिसिङले उक्त मतदान केन्द्रबाट पहिलो मतदान गरेका हुन् ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई कोरोना संक्रमण

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कोरोना संक्रमण भएको छ।

कार्यकारी निर्देशक दाहालको राजीनामा स्वीकृत, के हो विवाद?

काठमाडौँः नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले दिएको राजीनामा स्वीकृत भएको छ। दाहालले मङ्गलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राजीनामा बुझाएको र उनको राजीनामा आजै स्वीकृत भएको मन्त्रालयका सचिव महेश्वर न्यौपानेले बताए। उनले भने, 'कार्यकारी निर्देशक दाहालले राजीनामा दिनुभएको थियो, उहाँको…

कार्यकारी निर्देशक दाहालको राजीनामा स्वीकृत

नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले दिएको राजीनामा स्वीकृत भएको छ। उनले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राजीनामा बुझाएका थिए।...

निगमको कार्यकारी निर्देशक माग

नेपाल आयल निगमले कार्यकारी निर्देशक पदका लागि विज्ञापन खुलाएको छ ।कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले आइतबार सार्वजनिक सूचना जारी गरी कार्यकारी निर्देशक पदमा दरखास्त आह्वान गरेको छ । इच्छुक व्यक्तिलाई २१ दिनभित्र दरखास्त दिन आह्वान गरेको छ ।२०७५ साल पुसमा निगमको कार्यकारी निर्देशक नियुक्त भएका सुरेन्द्र पौडेल तीन वर्षे सेवा अवधि पूरा गरी बाहिरिएपछि […]

आयल निगमको कार्यकारी निर्देशक पदका लागि खुल्यो विज्ञापन

नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले तीन वर्ष कार्यकाल पूरा गरी बाहिरिएसँगै निगमले कार्यकारी निर्देशक पदका लागि विज्ञापन खुलाएको छ । कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले आइतबार सूचना जारी गर्दै आवेदन खुला गरेको हो । पौडेल २०७५ सालमा कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । उनी २२ पुसमा निगमबाट बिदाइ भएका थिए । निगमको कार्यकारी निर्देशक हुन निगमको कार्य प्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुन विषयमा कम्तीमा स्नातकोत्

कार्यकारी निर्देशक घिसिङ सम्मानित

काठमाडौँ । उज्यालो नेपालको अभियानमार्फत नेपालीलाई उज्यालो पुर्‍याई अतुलनीय योगदान गरेकामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मानित भएका छन् । लोडसेडिङ हटाएर नेपालीको घर घरमा खुसी ल्याउन महत्वपूर्ण योगदान गरेकाले कार्यकारी निर्देशक घिसिङलाई उत्कृष्ठ राष्ट्रसेवक अर्वाडबाट सम्मान गरिएको आयोजक संस्था क्यासनेप फाउण्डेशनले जनाएको छ । फाउण्डेशनका कार्यक्रम संयोजक राजन अधिकारीले नेपालमा पनि केही […]

नवनियुक्ति कार्यकारी निर्देशक घिसिङले गरे पदबहाली

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्ति कार्यकारी निर्देशक कुलमान घिसिङले पदबहाली गरेका छन् । बुधबार उर्जा मन्त्रालयबाट नियुक्तिपत्र बुझेपछि प्राधिकरणको केन्द्रीय कार्यालय पुगेर घिसिङले पदबहाली ग्रहण गरेका हुन् । गत सोमबार बसेको मन्त्रीपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भने विशिष्ट श्रेणीसहित जल तथा उर्जा आयोगको पूर्णकालीन […]