हवाइ उडान खोल्ने सरकारको निर्णय

सरकारले अन्तर्राष्ट्रिय र आन्तरिक उडान कोटा तोकेर खोल्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक तर्फ  कुल उडान संख्याको आधा र अन्तर्राष्ट्रियतर्फ नियमित हवाइ उडान सञ्चालन गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । उडानसम्बन्धी तालिका र विस्तृत विवरण बुधबार दिइनेछ । सरकारले कोरोना महामारीका कारण जारी निषेधाज्ञा खुकुलो बनाउँदै लगेको सन्दर्भमा उडान पनि खोल्ने निर्णय गरेको हो । सरकारले सार्वजनिक यातायात खोल्ने सम्बन्धमा भने हालसम्म कुनै निर्णय गरेको छैन ।  

सम्बन्धित सामग्री

कोरोना महामारीले रोकिएको अन्तर्राष्ट्रिय उडान खोल्ने भारत सरकारको निर्णय

कोरोना भाइरस संक्रमणको महामारीसँगै बन्द गरिएको अन्तर्राष्ट्रिय हवाइ उडान आगामी १५ डिसेम्बरदेखि खुला गर्ने निर्णय भारत सरकारले गरेको छ । गृह मन्त्रालय, विदेश मन्त्रालय र स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयसँगको परामर्शमा सरकारले हवाइ सेवा खोल्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कोरोनाका कारण गत २३ मार्चदेखि नियमित अन्तर्राष्ट्रिय हवाइ उडान अवरुद्ध भएको थियो । हवाइ उडान खुला गर्न लाग्दा कोरोना संक्रमणको नयाँ भेरियन्टका कारण चिन्ता व्यक्त गरिएको छ । भारतका स्वास्थ्य सचिव राजेश भूषणले दक्षिण अफ्रिकामा फेला परेको ...

आजदेखि आन्तरिक हवाइ उडान सुरु, कुन फ्लाइटले कति पाए स्वीकृति ?

करिब २ महिना लामो बन्दाबन्दी पछि बिहीबारदेखि आन्तरिक उडान सुचारु भएका छन् । गत असार ७ गतेको सरकारको निर्णय अनुसार आन्तरिक उडानमा कोटा प्रणाली लागू गरी सञ्चालन गर्ने निर्णयानुसार आजदेखि आन्तरिक उडान समेत सञ्चालनमा आएका हुन् । त्रिभूवन विमानस्थल (टीआईए) का अनुसार कुल ६७ उडानका लागि ११ कम्पनीले कोटा प्रणाली अनुसार उडान स्...

हप्तामा ५ वटा अन्तर्राष्ट्रिय उडान खुला गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारको निर्णयअनुसार तीन देशका लागि हवाइ उडान खुला भएको छ। जेठ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार मंगलबारदेखि लागू हुने गरी चीन, टर्की र कतारका लागि उडान खुला भएको हो। यस्तै, भारतमा हुँदै आएको उडान पनि निरन्तर हुने छ।जसअनुसार अब हरेक हप्ता ५ वटा नियमित उडान हुनेछन्। चीन, टर्की र कतारका लागि हप्तामा १–१ तथा भारतका लागि हप्तामा २ वटा उडान हुनेछन्। राष्ट्रिय ध्वजावहाक नेपाल एयरलाइन्सले हप्तामा २ वटा नियमित उडान भर्ने भएको छ। नेपाल एयरलाइन्सले हरेक हप्ताको सोम

आज रातिबाट आन्तरिक हवाइ उडान बन्द गर्ने सरकारको निर्णय

सरकारले आज आइतवार रातिबाट आन्तरिक हवाइ उडान बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमण रोकथामका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसमा उडान बन्द गर्ने निर्णय भएको हो । मन्त्रिपरिषद् बैठकले उडान बन्द गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले लोकान्तरलाई जानकारी दिए । यसअघि सीसीएमसीले आन्तरिक हवाइ उडान सँगसँगै कोरोना बढी प्रभावित देशका बाह्य उडान समेत बन्द गर्न सिफारिस गरेको थियो ।

तत्काललाई आन्तरिक उडान नरोक्ने सरकारको निर्णय, भाडा बढेर उच्च बिन्दुमा

काठमाण्डाै - सरकारले तत्कालको लागि आन्तरिक उडान नरोक्ने भएको छ । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले सङ्क्रमण उच्च देखिएको काठमाण्डौ उपत्यकासहित नौ जिल्लामा निषेधाज्ञाको निर्णय गरे पनि आन्तरिक हवाइ उडान भने नरोक्ने निर्णय भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उज्यालोलाई जानकारी दिनुभयो । ‘एक हप्तासम्म हेर्ने र अवस्थाको मूल्याङ्कन गरेर उडान जारी राख्ने या रोक्ने भन्ने निर्णय हुनेछ’ मन्त्री ज्ञवालीले भन्नुभयो । यसैबीच सरकारले विभिन्न जिल्लामा निषेधाज्ञा गरेसँगै हवाई भाडा बढेर उच्च बिन्दुसम्म पुगेको छ । धेरै गन्तव्...

तत्काल आन्तरिक हवाइ उडान बन्द नगर्ने सरकारको निर्णय

सरकारले कोरोना संक्रमण बढ्दै गए पनि तत्काल आन्तरिक हवाइ उडान बन्द नगर्ने निर्णय  गरेको छ।  सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्दै आन्तरिक उडान सुचारु राख्ने निर्णय गरेको हो ।देशभर सबै ठाउँमा लकडाउन नहुने स्थितिमा नागरिकलाई भैपरी आउँदा आवत-जावत सहज बनाउन हवाइ उडान तत्काललाई बन्द नगरिएको परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले रातोपाटीलाई जानकारी दिए । तर, हवाई यात्रुहरुले स्वास्थ्यसम्बन्धी मापदण