कोरोना महामारीले रोकिएको अन्तर्राष्ट्रिय उडान खोल्ने भारत सरकारको निर्णय

कोरोना भाइरस संक्रमणको महामारीसँगै बन्द गरिएको अन्तर्राष्ट्रिय हवाइ उडान आगामी १५ डिसेम्बरदेखि खुला गर्ने निर्णय भारत सरकारले गरेको छ । गृह मन्त्रालय, विदेश मन्त्रालय र स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयसँगको परामर्शमा सरकारले हवाइ सेवा खोल्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कोरोनाका कारण गत २३ मार्चदेखि नियमित अन्तर्राष्ट्रिय हवाइ उडान अवरुद्ध भएको थियो । हवाइ उडान खुला गर्न लाग्दा कोरोना संक्रमणको नयाँ भेरियन्टका कारण चिन्ता व्यक्त गरिएको छ । भारतका स्वास्थ्य सचिव राजेश भूषणले दक्षिण अफ्रिकामा फेला परेको ...