एमाले कार्यदल बैठक सिंहदरवारमा जारी

काठमाडौँ । नेकपा एमालेको कार्यदल बैठक सिंहदरवारमा बसिरहेको छ । बिहान ८ बजे बस्ने भनिएको बैठक केही ढिला गरी सुरु भएको हो ।

सम्बन्धित सामग्री

एमाले कार्यदल बैठक सम्पन्न, १० बुँदे सहमति (सहमतिपत्रसहित)

काठमाडौं, २७ असार । नेकपा (एमाले) को कार्यदलको बैठक सम्पन्न भएको छ। सिंहदरबारमा बसेको करिब १३ घण्टाको लामो बैठकले १० बुँदे सहमति गरेको छ । कार्यदलको तर्फबाट भीम रावलले सुरुमा मिडियाकर्मीहरुलाई सम्बोधन गर्दै दश बुँदे सहमति भएको जानकारी गराएका थिए । त्यसलगत्तै प्रदीप ज्ञवालीले १० बुँदे वाचन गरेका थिए । Photo Source: Sanjib Bagale/Twitter

बिहानदेखि बसेकाे एमाले कार्यदल बैठक अझै चल्दै

काठमाण्डाै – नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक झन्डै १० घण्टादेखि बसिरहेको छ । बिहान ११ बजे सिंहदरबारमा बसेको बैठक अझै सकिएको छैन । बैठकका बीच–बीचमा अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षका नेताहरू ब्रिफिङका लागि दुई नेताकोमा जाँदै–फर्कँदै गरेका छन् । आज बिहानै सहमति हुने र एमालेका कार्यकर्ताले खुसीको खबर सुन्न पाउने बताएका नेताहरूले आज पनि सहमतिको खोजी गरिरहेका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीचको विवाद चुलिँ...

सिंहदरबारमा एमाले कार्यदल बैठक

सत्तारुढ एमाले विवाद समाधान गर्न गठित कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको छ । दिउँसो स्थगित भएको बैठक साँझ बसेको हो ।  सिंहदरबारस्थित अर्थ मन्त्रालयमा जारी बैठकमा सहमतिको प्रयास गरिने सदस्यहरूले बताएका छन्...

एमाले कार्यदल बैठक सकियो, साँझ फेरि बस्ने

काठमाडौँ – नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक सकिएको छ। मध्यान्न १२ बजेपछि सुरु भएकाे बैठक साँझ सम्मका लागि स्थगित भएकाे हाे। यो बैठक अब बेलुकी ७ बजे बस्ने ओली समूहबाट कार्यदल संयोजक सुवास नेम्वाङले जानकारी दिए। पार्टी भित्रका विवादहरुलाई समाधान गर्न आन्तरिक छलफलमा जुट्ने उनले बताए। यसअघि बिहीबार बिहान कार्यदल सदस्य विष्णु पौडेल र भीम रावलबीच […]

एमाले कार्यदल बैठक सिंहदरबारमा सुरू

बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा केहीबेर अघि सुरू भएको हो। आजको कार्यदल बैठकले हिजो बुधबार साँझ शीर्ष नेताद्वयबीच भएको छलफलको समिक्षा गर्दै पार्टी एकतालाई टुंगोमा पुर्‍याउने भएको छ।

एमाले कार्यदल बैठक आज पनि, बैठक अघि पौडेल र रावलको छलफल

काठमाडौँ । नेकपा एमालेको कार्यदल बैठक आज पनि बस्दै छ । बैठक अहिले ११ बजे बस्दै छ । बैठक अघि नेताद्वय विष्णु पौडेल र भीम रावलले छलफल गरेका छन् । आजको बैठकबाट सहमति हुने सङ्केत देखिएको छ । बुधवारको बैठकमा सहमतिका लागि सकारात्मक छलफल भएको कार्यदलका एक सदस्यले जानकारी दिएका थिए । पार्टी अध्यक्ष केपी […]

एमाले कार्यदल बैठक आज पनि बस्दै, समय सर्यो

काठमाडौं । नेकपा एमाले कार्यदलको बैठक आज पनि बस्दैछ ।  बैठक भने मंगलबार निर्धारण गरिएको समयभन्दा केही सरेको छ । बुधबार विहान ८ बजेका लागि तयको बैठक विहान १० बजेलाई सरेको अध्यक्ष केपी शर्मा ओली पक्षीय कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले रातोपाटीलाई जानकारी दिए ।पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपाल सम्मिलित १० सदस्य कार्यदलको बैठक सोमबारबाट सिंहदरबारस्थित अर्थमन्त्रालयमा बस्दै आएको छ । नेताहरुका अनुसार सोमबार र मंगलबारको छलफल सकारात्मक भएपनि पनि ठोस सहमति भने हुन सकेको छैन ।.gr

एमाले कार्यदल बैठक स्थगित

काठमाडौँ । नेकपा कार्यदलको बैठक स्थगन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज साँझ ७ बजे बस्ने भनिएको बैठक आन्तरिक तयारी नपुगेको जनाई स्थगन गरिएको हो । कार्यदलका सदस्य रघुजी पन्तले आन्तरिक तयारी र सदस्यको कार्यव्यस्तताले बैठक स्थगन गर्नुपरेको जानकारी दिनुभयो । एमालेमा पछिल्लो पटक देखिएको विवाद समाधान गर्नका लागि पार्टी अध्यक्ष केपी शर्मा […]

किन बसेन एमाले कार्यदल बैठक

काठमाडौं, ५ जेठ । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज बस्ने सकेन । आज बैठक नबसेपछि विभिन्न आशंकाहरु भएका छन् । कार्यदलको बैठक बस्न नसकेकोमा सबै सदस्य उपस्थित हुन नसक्ने भनिएको छ । कतिपय सदस्यहरु राष्ट्रिय सभाको भोलि हुने उपनिर्वाचनमा भित्री रुपमा सक्रिय भएका छन् । लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले आज उपस्थित […]