गोरखाको सिरानचोक गाउँपालिका–७ आरुबोटे स्थित फिरफिरेभिरमा जन्ती सवार जिप दुर्घटना भएको छ । चितवनको जमुनापुरबाट जन्ती लिएर गएको बा.१४ च ७८१ नम्बरको जिप दुर्घटना भएको गोरखाका एसपी केदार खनालले रातोपाटीलाई बताए । दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा बारपाक सुलीकोट गाउँपालिका–६ घर भएका ५० वर्षीय देवीप्रसाद पोखरेल, काठमाडौं वनस्थली बस्ने ५१ वर्षीय पदम न्यौपाने र पूर्वी नवलपरासीको कावासोती–१४ घर भएका ८० वर्षीय उत्तरकुमार सिग्देल छन् । उन