ट्रम्पले फेसबुक, ट्विटर र गुगलविरुद्ध मुद्दा हाल्ने

एजेन्सी।अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले फेसबुक, ट्विटर र गुगल कम्पनी र मुख्य कार्यकारी अधिकृतहरुविरुद्ध मुद्दा हाल्ने भएका छन्।आफूमाथि गलत तरिकाले प्रतिबन्ध लगाएको भन्दै उनले मुद्दा हाल्न लागेका हुन्। ट्रम्पले कालो सूचीमा राख्न,हटाउन वा रद्द गर्नेजस्ता प्रक्रिया रोक्न माग गरे। ६ जनवरीमा अमेरिकी संसद क्यापिटल बिल्डिङमा ट्रम्प समर्थकले हमला गरेपछि त्यसका लागि उक्साएको भन्दै ट्रम्पमाथि फेसबुक, ट्विटर र गुगलले प्रतिबन्ध लगाएका थिए।

सम्बन्धित सामग्री

मस्कले डोनल्ड ट्रम्पको आजीवन ट्विटर प्रतिबन्ध हटाउने, ट्विटरमा फर्किन्न : ट्रम्प

वाशिङ्टन डीसी (अमेरिका) । अमेरिकी विद्यूतीय सवारी साधन निर्माता कम्पनी टेस्ला इंकका सीईओ एलन मस्कले अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पमाथि लगाइएको ट्विटर प्रतिबन्ध फुकुवा गर्ने बताएका छन् । आफूले कम्पनी सम्हालेपछि प्रतिबन्ध सच्याउने उनले मंगलबार ‘फाइनान्सियल टाइम्स फयूचर अफ द कार’ शिखर सम्मेलनमा बताएका हुन् । ट्रम्पमाथि लगाइएको प्रतिबन्ध एउटा गल्ती भएको उनको भनाइ छ । ट्रम्पमाथिको प्रतिबन्ध नैतिक रुपमा गलत भएको र यो मूर्खतापूर्ण निर्णय भएको पनि उनले बताएका छन् ।  अमेरिकाको संसद भवनमा हिंस्रक दंगा भएपछि सन् २०२१ को जनवरीमा ट्विटरले ट्रम्पको खाता स्थायी रुपमा बन्द गरिदिएको थियो । ट्रम्पले ट्विटरमार्फत हिंसा थप भड्काउन सक्ने भन्दै कम्पनीले सो निर्णय गरेको थियो । कम्पनीको उक्त निर्णयले ट्रम्पको आवाज दबाएन कट्टर दक्षिणपन्थीहरुमाझ उनको आवाज झनै चर्को बनायो ।  ट्विटरले प्रतिबन्ध लगाएपछि ट्रम्पले आफ्नै सामाजिक सञ्जाल सञ्चालनमा ल्याएका थिए । आफ्नो खाता पुनः सञ्चालनमा आएपनि आफू ट्विटरमा नफर्किने ट्रम्पले यस अघि नै बताइसकेका छन् । अहिले नै ट्विटर मस्कको स्वामित्वमा आइसकेको छैन । कम्पनी खरिदको सम्झौतालाई कम्पनीको शेयरधनी र नियामकहरुले मञ्जुरी दिन बाँकी नै छ । एजेन्सी

इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खोमेनीको ट्विटर अकाउन्ट बन्द

एजेन्सी, २ माघ। ट्विटरले इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खोमेनीको ट्विटर अकाउन्ट बन्द गरिदिएको छ । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध एउटा एनिमेटेड भिडियो पोस्ट गरेपछि ट्विटरले उनको अकाउन्ट बन्द गरिदिएको हो। उक्त भिडियोमा ट्रम्पले दुई वर्षअघि इराकको राजधानी बग्दादमा ड्रोन हमला गर्न निर्देशन दिइएको देखाइएको छ । ट्रम्प राष्ट्रपति हुँदा अमेरिकाको एउटा ड्रोन हमलामा इरानका […]

इरानका सर्वोच्च नेता खमेनीको ट्विटर अकाउन्ट बन्द

ट्विटरले इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खमेनीको ट्विटर अकाउन्ट बन्द गरिदिएको छ । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध एउटा एनिमेटेड भिडियो पोस्ट गरेपछि ट्विटरले खमेनीको अकाउन्ट बन्द गरिदिएइको थियो । सो भिडियोमा ट्रम्पले दुई वर्षअघि इराकको राजधानी बग्दादमा ड्रोन हमला गर्न निर्देशन दिइएको देखाइएको छ । ट्रम्प राष्ट्रपति हुँदा अमेरिकाको एउटा ड्रोन हमलामा इरानका तत्कालिन कमान्डर जनरल क्वासिम सोलिमानीको मृत्यु भएको थियो । खमेनीको आधिकारिक वेबसाईटमा ‘बदला निश्चित छ’ भन्ने भि

ट्रूथ सोशल नामको सामाजिक सञ्जाल सञ्चालनमा ल्याउने तयारीमा डोनल्ड ट्रम्प

कात्तिक ४, वाशिङटन डीसी (अमेरिका) । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले नयाँ सामाजिक सञ्जाल ट्रूथ सोशल सञ्चालनमा ल्याउन काम भइरहेको बताएका छन्। ट्रम्पले एउटा बक्तव्यमार्फत  ट्रूथ सोशल नामक सामाजिक सञ्जालले ठूलो प्रविधि कम्पनीको अत्याचारविरुद्ध उभिने र तिनले अमेरिकाका विद्रोही आवाजलाई स्थान नदिएको आरोप लगाउँदै कडा आलोचना पनि गरेका छन्। उनको लगानी रहेको ट्रम्प मिडिया एन्ड टेक्नोलजी ग्रूप (टीएमटीजी) ले समाजिक सञ्जालसँगै भिडिओ स्ट्रीमिङ सेवा पनि शुरु गर्ने बताएको छ। ट्रम्पका समर्थकहरूको भिड अमेरिकी संसद् भवनमा प्रवेश गरेको घटनापछि ट्विटर र फेसबुकजस्ता कम्पनीहरुले उनलाई आफ्नो खाता सञ्चालन गर्नबाट निलम्बित गरेका थिए ।  त्यसयता उनी र उनका सल्लाहकारहरूले वैकल्पिक सामाजिक सञ्जाल शुरु गर्ने बताइरहेका थिए । त्यो निलम्बन अझै पनि कायमै छ । यो वर्षको शुरुमा ट्रम्पले फ्रम द डेस्क अफ डोनल्ड जे ट्रम्प नामको साइट शुरु गरेका थिए जसलाई उनको ब्लग भन्ने गरिएको थियो। तर सो साइट एक महीनापछि नै बन्द भएको थियो । टीएमटीजीका अनुसार ट्रूथ सोशलको आगामी महीना केही आमन्त्रित प्रयोगकर्ताका लागि खुला गरिने छ । त्यसपछि सन् २०२२ को तेस्रो त्रैमासतिर अमेरिकामा उपलब्ध हुनेछ। टीएमटीजीको नेटवर्थ १ दशमलव ७ विलियन डलर रहेको छ ।  ट्रम्पले भनेका छन् , ‘हामी यस्तो संसारमा बाँचिरहेका छौं जहाँ तालिबानको ट्विटरमा ठूलो उपस्थिति छ तर तपाईँको मन पर्ने अमेरिकी राष्ट्रपतिलाई चुप लगाइएको छ। सबैले मलाई सोध्छन् किन कोही ठूलो प्रविधि कम्पनीविरुद्ध उठ्दैनन् ?  हामी चाँडै नै आउनेछौं ।’ सीएनबीसी र बीबीसी

ट्रम्पले आफ्नै सामाजिक सञ्जाल खोल्ने

ट्विटर र फेसबूकबाट निकालिएपछि आफ्नो कुरा राख्न नपाएर छटपटिरहेका अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नै सामाजिक सञ्जाल खोल्न लागेका छन् ।  ट्रुथ सोसल नामक उक्त सञ्जाल सन् २०२२ को शुरूतिरै खोल्ने उनको योजना छ । ट्रम्प मिडिया यान्ड टेक्नोलोजी ग्रुपले उदारवादी मिडियाको झुण्डलाई टक्कर दिन नयाँ सामाजिक सञ्जाल खोल्न खोजेको बताए । अमेरिकामा फरक मतलाई मौन राख्नका लागि एकपक्षीय शक्ति दुरुपयोग गर्ने सिलिकन भ्यालीका ठूला प्रविधि कम्पनीविरुद्ध लड्न यो सञ्जाल खोलेको कम्पनीको भनाइ छ ।  ट्रम्प उक्त ग्रुपका अध्यक्ष हुन् । उन...

अमेरिकाका पूर्व राष्ट्रपति ट्रम्प फेसबुक, ट्विटर र गुगलविरुद्ध अदालत जाने

काठमाण्डाै - अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले फेसबुक, ट्विटर र गुगलविरुद्ध अदालत जाने बताउनुभएको छ । ट्रम्पले फेसबुक, ट्विटर र गुगलविरुद्ध अदालतमा मुद्दा दर्ता गर्ने  घोषणा गरेका समाचार एजेन्सी एएफपीले जनाएको हो । उहाँले गलत तरिकाले आफ्नो आवाज दबाएको भन्दै मुद्दा दर्ता गर्न लागेको बताउनु भएको छ । यो वर्षको सुरुवातमा ट्रम्पका समर्थकले हिंसात्मक गतिविधि गर्न थालेपछि फेसबुक र ट्विटरले उहाँमाथि प्रतिबन्ध लगाएको थियो । वासिङ्टनमा रहेको क्यापिटल हिलमा भएको हिंसात्मक घटनाको विषयमा गरेको पोस्टको विषयलाई लिएर सामाजिक...

ट्विटर र फेसबुकको प्रतिबन्धपछि ट्रम्पको आफ्नै ‘कम्युनिकेशन प्लेटफर्म’

काठमाण्डौ – अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अब आफ्नै ‘प्लेटफर्म’मार्फत सामाजिक सञ्जालमा जोडिनुभएको छ । गएको जनवरीमा भएको वासिङ्टन डीसीको हिंसापछि डोनाल्ड ट्रम्पलाई ट्विटरले प्रतिबन्ध लगाएको थियो भने फेसबुक र युट्युबले निलम्बन गरेको थियो । सामाजिक सञ्जालमा रमाउने डोनाल्ड ट्रम्पले आफूलाई लगाएको प्रतिबन्धको विरोध पनि गर्नुभयो । तर केही नलागेपछि अहिले ट्रम्पले आफ्नै वेबसाइट बनाएर त्यसैमार्फत समाजिक सञ्जालमा जोडिन लाग्नुभएको छ । उहाँको नयाँ वेबसाइट 'ब्लग' जस्तै छ । यसलाई अन्तर्राष्ट्रिय सञ्चार माध्...

सोसियल मिडियाको विकल्प खोज्दै ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोसियल मिडियाको विकल्प खोज्न थालेका छन् । गत साता क्यापिटल हिलमा भएको हिंसात्मक गतिविधिपछि सोसियल मिडिया फेसबुक, ट्विटर, इन्स्टाग्रामले ट्रम्पका सबै खाता सधैँका लागि बन्द गरेपछि...

भारतीय महिलाले गरिन् डोनल्ड ट्रम्पको ट्विटर अकाउन्ट डिलिट !

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको ट्विटर अकाउन्ट सधैंका लागि ब्लक गरिएको छ ।  अमेरिकी संसद् भवनमा गत साता गरिएको हिंसा र तोडफोडका लागि ट्रम्प जिम्मेवार भएको र उनले भविष्यमा पनि हिंसा मच्चाउनका लागि प्रेरणा गर्ने भन्दै ट्विटरले उनको खाता नै बन्द गरिदिएको हो ।    ट्विटरका नीतिहरू विजया गड्डे नामक भारतीय मूलकी महिलाले बनाउने गरेकी छन् । उनी कम्पनीकी कानूनी, नीतिगत, विश्वास तथा सुरक्षा प्रमुख हुन् । ट्रम्पका एक समर्थकले बताए, ‘तपाईंलाई गड्डेको अनुहार र नाम थाहा छैन होला तर नेपथ्यमा रही उनी नीति...

ट्रम्प समर्थकद्वारा अमेरिकी संसदमा आक्रमण, एक महिलाको मृत्यु

काठमाडौं । राष्ट्रपति निर्वाचत जो बाइडेनलाई राष्ट्रपति प्रमाणित गर्न बसेको अमेरिकी संसद बैठकमा डोनल्ड ट्रम्प समर्थकले आक्रमण गरेका छन् । आक्रमणबाट एक महिलाको मृत्यु भएको बीबीसीले जनाएको छ । सदनमा बहस चलिरहेकै बेला अचानक ट्रम्प समर्थकहरू प्रवेश गरेपछि संसदीय बहस रोकिएको थियो । प्रदर्शनकारीहरूले भवनका झ्यालहरू तोडफोड गर्नुका साथै प्रहरीसँग मुठभेड गरेका थिए । यसक्रममा प्रहरीको गोली लागेर एक महिला प्रदर्शनकारीको मृत्यु भएको बताइएको छ । भिड प्रवेश गरेर अवरुद्ध भएको संसद्‍ बैठक पुनः सुरु भएको छ । संसद्‌ रहेको क्यापिटल भवनबाट राष्ट्रपति ट्रम्पका समर्थकहरूलाई हटाइएको केही बेरपछि बैठक पुनः सुरु भएको हो । बाइडनलाई राष्ट्रपति प्रमाणित गर्ने कार्यले निरन्तरता पाएको छ । यता, संसद् भवनमा हमला गर्ने समर्थकका पक्षमा ट्विटहरू गरेपछि ट्विटरले ट्रम्पको खातालाई नयाँ ट्विट गर्ने नमिल्ने गरी १२ घण्टाको प्रतिबन्ध लगाएको छ। आफ्ना ट्विटहरूमार्फत् ट्रम्पले ती समर्थकहरूलाई घर जान भन्नुअघि ‘आइ लभ यू’ लेखेका थिए। ट्रम्पका तीन वटा ट्विटले आफ्नो नीतिको गम्भीर उल्लंघन गरेको भन्दै ट्विटरले तिनलाई हटाइदिएको छ । त्यसो नगरेमा उनको खातालाई नै बन्द गरिनुपर्थ्यो भन्ने ट्विटरको स्पष्टीकरण छ । फेसबुकले समेत आफ्ना नीतिलाई नै उल्लेख गर्दै २४ घण्टा ट्रम्पले आफ्नो पृष्ठमा केही लेख्न नमिल्ने बनाइएको छ । यसअघि ट्रम्पले आफ्ना समर्थकहरूलाई दिएको भिडिओ सन्देशलाई फेसबुक, ट्विटर र युट्युबले प्रसारण गर्नबाट रोकेका थिए। संसद्‌मा देखिएको हङ्गामापछि अमेरिकाका पूर्वराष्ट्रपतिहरूले त्यसको आलोचना गरेका छन् । पूर्व राष्ट्रपति बराक ओबामाले भनेका छन्, ‘इतिहासले आजको घटनालाई विधिवत् चुनावको नतिजाबारे बारम्बार आधारहीन झुटो बोल्ने बहालवाला राष्ट्रपतिले उक्साएको घटनाका रूपमा सम्झनेछन् । यो देशको लागि ठूलो अनादर भएको र देशको लज्जा दिनको रूपमा सम्झिइनेछ ।’ अमेरिकी संसद् भवनमा बुधवारको हमला सन् १८१२ को युद्धपछिको पहिलो रहेको यूएस क्यापिटल हिस्टोरिकल सोसाइटी एक्सपर्ट जनाएको छ । सन् १८१४ मा ब्रिटिश फौजले डिसीलाई अतिक्रमण गरेर निर्माणाधीन भवनमा आगो लगाइदिएको थियो । सो घटनाको विश्वभरबाट निन्दा गरिएको छ ।