काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर सिटी र लिभरपुलले बराबरी खेल्दै अङ्क बाँडेका छन् । गएराति भएको खेलमा सिटी र लिभरपुलले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।
खेलको पाँचौँ मिनेटमा नै सिटीका केभिन डी ब्रुएनले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको १३ औँ मिनेटमा लिभरपुलका डिएगो जोटाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
यस्तै, सिटीका ग्राबियल जिससले खेलको ३६औँ मिनेटमा गोल गर्दै २–१ को अग्रता दिलाए । खेलकाे ४६औँ ...