नेकपा एमालेको माधव नेपाल समूहमा विद्रोह भएको छ ।
यसअघि केपी शर्मा ओलीविरुद्ध एकजुट भएका प्रभावशाली नेताहरूले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेपछि नेता नेपालसँग विद्रोह गरेका हुन् ।
गत पुस ५ गते प्रतिनिधि सभा विघटन हुने समयमा नेपाल पक्षमा ४४ सांसद थिए । देउवालाई प्रधानमन्त्री बनाउन शुक्रवार हस्ताक्षर गर्ने बेलामा नेपालसँग २० भन्दा कम सांसद उपस्थित भएका छन् ।
विपक्षी गठबन्धनले १४९ जनाको हस्ताक्षरमा नेपाल पक्षका २७ जना सांसदको नाम समावेश गरेपनि नेपाल पक्षका प्रभावशाली नेत...