अब कोभिड खोपको प्राथमिकतामा काठमाडौं, तराईका बढी जनघनत्व भएका जिल्ला र विद्यार्थी

स्वास्थ्य  तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले काममाडौं, तराईंका बढी जनघनत्व भएका जिल्ला र विद्यार्थीहरुमा कोभिड खोप कार्यक्रम प्राथमिकता दिई अघि बढाउने बताएका छन्।

सम्बन्धित सामग्री

२०७८ को शिक्षा क्षेत्रलाई फर्केर हेर्दा

काठमाडौं : कोभिड–१९ का कारण देश लकडाउन भएको ९ महिनापछि अर्थात् २०७७ पुसबाट पठनपाठन शुरु हुँदै थियो। सरकारले  संक्रमण बढ्दै गएपछि २०७६ साल चैत ११ गते पहिलोपटक लकडाउन गरेपछि शैक्षिक, आर्थिक, व्यावसायिक सबै क्षेत्र बन्दाबन्दीमा परेको थियो।बन्द भएको विद्यालय सञ्चालन हुन थालेपछि विद्यार्थी विद्यालय जान पाएका थिए। कक्षा कोठामा घुलमिल भएर पढिरहेका थिए तर पुनः नेपालमा कोरोना संक्रमण फैलियो र सरकारले ०७८ वैशाख ६ गतेबाट बढी प्रभावित काठमाडौं, ललितपुर, कास्की, रूपन्देही लगायत १४ जिल्ला

बागलुङको एक विद्यालयका ३० जनामा कोभिड संक्रमण

बागलुङको एक विद्यालयका विद्यार्थी र शिक्षकगरी एकैपटक ३० जनामा कोभिडको संक्रमण पुष्टि भएको छ । बागलुङ नगरपालिका–१३ पैयुंपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयका छात्रछात्रा र शिक्षकहरुमा कोभिड संक्रमण देखिएको हो । कोभिडको जस्तै लक्षण देखिएपछि जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मीहरुको टोलीले बिहीबार र शुक्रबार परीक्षण गरेको थियो ।

शिक्षक र विद्यार्थीमा कोभिड–१९ भएपछि दुई विद्यालय बन्द

हिमालपारीको जिल्ला मुस्ताङको थासाङ गाउँपालिकाका दुई वटा विद्यालयका विद्यार्थी तथा शिक्षकमा कोभिड–१९ संक्रमण पुष्टि भएपछि पठनपाठन बन्द भएको छ । गाउँपालिका—३, लेतेको ज्ञानोदय माध्यमिक बिद्यालय र टुकुचेको योगेन्द्र माध्यमिक विद्यालय बन्द भएको हो ।

खुल्न थाले विद्यालय, पाँच महिनापछि कक्षाकोठामा विद्यार्थी

काठमाडौं : कोरोना महामारीका कारण बन्द भएका विद्यालय पाँच महिनापछि सञ्चालनमा आउन थालेका छन्। मंगलबारबाट काठमाडौं उपत्यकाभित्र र बाहिरका विद्यालयमा भौतिक उपस्थितिमै पढाइ सञ्चालन हुन थालेको हो।काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले मंगलबारबाट सबै निजी तथा सामुदायिक विद्यालयलाई स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी पढाउन अनुमति दिएको छ।जसअनुसार जोरपाटीस्थित सेन्टेनिअल माध्यमिक विद्यालय,गोकर्णको गोकर्ण माध्यमिक विद्यालय लगायत विद्यालयमा भौतिक उपस्थितिमा पढाइ सञ्चालन भइरहेकाे छ। हुम्लाकाे ज

तनहुँमा अनुमतिविनै विद्यालय सञ्चालन

तनहुँ : कोभिड–१९ जोखिमका बीचमा तनहुँका केही स्थानीय तहमा विद्यालय सञ्चालनमा आएका छन्। जिल्ला संकट व्यवस्थापन केन्द्र तनहुँले कोरोनाको जोखिम कायमै रहेकाले तत्काल विद्यालय सञ्चालन नगर्न निर्देशन दिए पनि उक्त निर्देशनको अटेरी गर्दै सामुदायिक तथा निजी विद्यालय सञ्चालनमा आएका हुन्।तनहुँ जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना सङ्क्रमण थप वृद्धि भइरहेको छ। यस्तो जोखिमकै बीचमा विद्यालय सञ्चालनमा आएपछि बालबालिका झनै जोखिममा परेका छन्। निजी विद्यालयले विद्यालय पोशाकविना विद्यार्थी विद्यालयमा बोलाए

कोरोना सङ्क्रमणका कारण काँग्रेस नेता घिमिरेको निधन

नेपाली काँग्रेस ललितपुर जिल्ला कार्यसमितिका सचिव भीमसेन घिमिरेको कोभिड–१९ को सङ्क्रमणका कारण निधन भएको छ । ४७ वर्षीय घिमिरेको आज बिहान पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको हो । स्वर्गीय घिमिरे २०७४ को स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट ललितपुरको महाँकाल गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार समेत थिए। नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक जीवन यात्रा प्रारम्भ गरेका स्वर्गीय घिमिरेले नेपाली काँग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।&nbs

उसै त जुम्ला, त्यहीँ कोरोना : पढाइ लथालिङ्ग !

जुम्ला : कोरोना भाइरसका कारण सबैभन्दा बढी असर शिक्षा क्षेत्र परेको छ। सबै शैक्षिक क्षेत्र बन्द हुँदा बालबालिकाहरू पढाइबाट बञ्चित भएका हुन्‌।शैक्षिक क्षेत्र बन्द भएपनि पुस्तक समयमै विद्यार्थीको हातहातमा पुगे घरमै बसेर पढ्न सक्ने थिए। तर, समयमै किताब नपाउँदा विद्यार्थी शिक्षा लिनबाट बञ्चित हुन्‌।शैक्षिक संस्था बन्द भएको लामो समयसम्म ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूले पुस्तक समेत किन्न पाएका छैनन्‌।जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकमा जिल्लाम

म्याग्दीका शैक्षिक संस्था १४ दिन बन्द

म्याग्दी : कोरोना भाइरस संक्रमण बढेपछि म्याग्दीका सम्पूर्ण शैक्षिक संस्था १४ दिन बन्द हुने भएको छ। समुदाय स्तरमा संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीमा सोमवार साँझ बसेको कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्रको आकस्मिक वैठकले बैशाख १५ देखि २८ गतेसम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो।म्याग्दीका प्रमुख जिल्ल अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको बैठकले कोरोना रोगथामका लागि हाललाई विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको हो। विद्यार्थी र शिक्षकलाई