राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मधेसी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले बुधबार नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेस गरेका छन् । हरेक संवैधानिक निकायले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस गर्ने संवैधानिक दायित्व अन्तर्गत मधेसी आयोगको प्रतिवेदन राष्ट्रपति समक्ष पेस गरिएको हो ।आयोगका अनुसार गत आर्थिक वर्ष आयोगमा १९० उजुरी प्राप्त भएका थिए । मधेसी समुदायको अधिकार उल्लंघन गर्ने व्यक्ति वा संस्थाका विरुद्ध उजुरी संकलन गरी सो उपर छानबिन गर्न सम्बन्