बागमती प्रदेश सरकारको एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी

काठमाडौं, २७ पुष । बागमती प्रदेश सरकारको एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी बन्दै गएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार सो कायक्रम अन्तर्गत हालसम्म पाँच सय १९ जना प्रदेशको विभिन्न विद्यालयमा नर्स भर्ना गरी स्वास्थ्य क्षेत्रमा काम भएको बताइएको छ । सो मन्त्रालयले २०७८ साल कात्तिक २५ गतेदेखि हालसम्म गरेको कामबारे तयार गरेको प्रतिवेदनमामा […]

सम्बन्धित सामग्री

प्रभावकारी बन्दै छ ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम

सिन्धुली जिल्लाका सामुदायिक माध्यमिक विद्यालयहरूमा बागमती प्रदेश सरकारले सञ्चालन गरेको ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । प्रदेश सरकारले विद्यालमै नर्स पठाएर स्वास्थ्य सेवा दिएसँगै विद्यार्थी सामान्य स्वास्थ्य जाँच र औषधीका लागि अन्यत्र जानुपर्ने बाध्यताबाट मुक्त भएका छन् । विद्यालयमै सामान्य स्वास्थ्य सेवासहित पढ्न पाउँदा विद्यार्थी पनि खुसी देखिन्छन् ।

'एक विद्यालय, एक नर्स' कार्यक्रम प्रभावकारी बन्दै

सिन्धुली जिल्लाका विभिन्न सामुदायिक माध्यमिक विद्यालयमा बागमती प्रदेश सरकारले सञ्चालन गरेको ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ।

बागमतीका थप ६० विद्यालयमा नर्स राखिने

३ साउन, काठमाडौं । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि प्रदेशभित्रका थप ६० वटा विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम विस्तार गर्ने भएको छ । हाल यो कार्यक्रम प्रदेश भित्रका ११९ स्थानीय तहका ४५९ विद्यालयमा लागू भइसकेको छ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका प्रवक्ता दीपकप्रसाद तिवारीले यो आर्थिक वर्षमा ६० वटा विद्यालयमा थप कार्यक्रम विस्तार […]

प्रभावकारी बन्दै ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम

विद्यालयमा प्रवद्र्धनात्मक, प्रतिकारात्मक र उपचारात्मक सेवा प्रदान गर्नेलगायतका उद्देश्यले बागमती प्रदेश सरकारले सुरु गरेको ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम प्रभावकारी बनेको छ । काभ्रेमा आर्थिक वर्ष २०७६/७७ देखि काभ्रेका नौ विद्यालयबाट ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम सुरु भएको हो । जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम लागू भएपछि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा देखिने विभिन्न स्वास्थ्य समस्याको समयमा नै उपचार भएको छ भने विद्यार्थीहरुले आफ्ना समस्या समेत प्रष्टसँग राख्न सक्ने भएका छन् ।

प्रदेशभरका लागि विद्यालय नर्सको नतिजा प्रकाशित, क–कसको निस्क्यो नाम ?

बागमती प्रदेश सरकारको ‘विद्यालय एक, नर्स एक’ कार्यक्रम अन्तर्गत विज्ञापन आह्वान गरिएका विद्यालय नर्सको नतिजा प्रकाशन गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले ‘एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन कार्यविधि २०७६’ अनुसार नर्स छनौट गरिएको जनाएको छ । नर्स छनौटका लागि गत मंसिर २६ गते प्रयोगात्मक परीक्षा, पुस १६–२० गतेसम्म अन्तर्वार्ता सञ्चालन भएको थियो ।  विस्तृत नामावलीका लागि मन्त्रालयको फेसबूक लिंकमा जानुहोला – विद्यालय नर्स छनौटको अन्तिम नतिजा प्रकाशन गरिएको सूचना।...

नर्सको व्यवस्थाले विद्यार्थीमा सकारात्मक प्रभाव

सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाले आफ्नो पोषण तथा प्रजननसम्बन्धी जानकारी विद्यालयबाटै पाउन थालेका छन् । विद्यालयमा नर्सको व्यवस्था भएपछि विद्यालय तहको पठनपाठनमा सकारात्मक प्रभाव परेको छ। बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य अवस्थालाई सन्तुलित र व्यवस्थित राख्ने उद्देश्यले लागू गरिएको एक विद्यालय एक नर्स कार्यक्रम कार्यान्वयनमा आएसँगै विद्यालयबाटै यस खालको सेवा पाउने अवस्था बनेको हो । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता पुरुषोत्तम सेढाईंले हालसम्म प्रदेशका ११९ वटा माध्यमिक विद्यालयमा नर्सिङ सेवा सञ्चालन भइरहेको जानकारी दिँदै यस वर्ष थप २३८ वटा विद्यालयमा यस खालको सेवा विस्तार गर्ने उद्देश्य राखिएको छ । प्रदेशमा न्यूनतम ‘एक स्थानीय तह, एक विद्यालय’ पर्ने गरी नर्सिङ कार्यक्रम सञ्चालन गर्ने तयारी अगाडि बढाइएको छ । प्रदेशमा ११३ वटा स्थानीय तह छन् । विद्यालयमा यस खालको कार्यक्रम कार्यान्वयनमा ल्याइएपछि विद्यालय तहको पठनपाठनमा सकारात्मक प्रभाव परेको जनाइएको छ ।

धादिङका २६ विद्यालयमा ‘एक विद्यालय एक नर्स कार्यक्रम’

धादिङ : बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले शुरु गरेको ‘एक विद्यालय एक नर्स कार्यक्रम’ धादिङ जिल्लाका २६ वटा सामुदायिक माध्यमिक विद्यालयमा सञ्चालन हुने भएको छ। धादिङको १३ वटा स्थानीय तहको प्रत्येकमा दुई/दुईवटा पर्ने गरी चालु आर्थिक वर्षदेखि कार्यक्रम सञ्चालन हुन लागेको हो। गत असार ३१ मा मन्त्रीस्तरीय न...