सत्तारुढ गठबन्धन डेढ वर्षसम्म जान्छ, सरकारले अपेक्षाकृत औसत काम गर्छ : देवेन्द्र पौडेल

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले वर्तमान सत्तारुढ गठबन्धन कम्तीमा आगामी चुनाव अघिसम्म जाने बताएका छन् ।  उनले गठबन्धन अहिलेको आवश्यकता भएकाले यसको विकल्प नभएको बताएका हुन् ।  ‘यो गठबन्धन डेढ वर्षसम्म जान्छ । गठबन्धनको सरकारले अपेक्षाकृत औसत काम गर्छ,’ उनले भने ।  वर्तमान संविधान, लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्रका स्थापित मूल्य, मान्यताहरूलाई स्थापित गराउनका लागि पनि गठबन्धनको आवश्यकता रहेको उनको भनाइ छ ।  गठबन्धनका राजनीतिक दलहरूभित्र वि...

सम्बन्धित सामग्री

बागलुङमा चित्रबहादुर केसी र देवेन्द्र पौडेल निर्वाचित, एमाले बढारियो

पोखरा- बाग्लुङका दुई हेभिवेट नेताले प्रतिनिधि सभाको यात्रा निश्चित गरेका छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओवादी केन्द्रका सचिव समेत रहेको शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित भएका हुन् । यी दुवै पाँच दलीय गठबन्धनका उम्मेदवार हुन् । बाग्लुङ १ मा नेकपा एमालेका डा. सूर्य पाठकलाई केसीले २ हजार ६२६ मतान्तरले पराजित गरेका हुन् । […]

शिक्षामन्त्री देवेन्द्र पौडेल विजयी

बागलुङ : बागलुङ क्षेत्र नं २ मा शिक्षामन्त्री देवेन्द्र पौडेल विजयी भएका छन्।लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का सचिव पौडेलले २५ हजार ७ सय ७९ ल्याएका छन्। उनकी प्रतिस्पर्धी नेकपा (एमाले)की मञ्जु चालिसेले २० हजार १ सय ८० मत ल्याएकी छिन्।

बागलुङ २ बाट माओवादीका देवेन्द्र पौडेल विजयी

बाग्लुङ २ बाट माओवादी केन्द्रका उम्मेदवार देवेन्द्र विजयी भएको छन्। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री समेत रहेका देवेन्द्र पौडेल २४ हजार ७ सय ७९ मतसहित लगातार दोस्रो पटक  विजयी भएका हुन्।  उनले नेकपा...

बाग्लुङ–२ मा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित

काठमाडौं, ७ मंसिर । बाग्लुङ क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका सचिव पौडेलले निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेकी मञ्जु शर्मा चालिसेलाई ४ हजार ५९९ मतान्तर पराजित गर्दै निर्वाचित भएका हुन् । सत्तागठबन्धनका साझा उम्मेदवार पौडेलले २४ हजार ७७९ मत ल्याएका छन् भने एमालेकी चालिसेले २० […]

बागलुङ–२ मा माओवादीका देवेन्द्र पौडेल निर्वाचित

बागलुङ–२ बाट नेकपा माओवादी केन्द्रका सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित भएका छन् ।

बागलुङ-२ बाट माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल निर्वाचित

७ मंसिर, बागलुङ। बागलुङ क्षेत्र नम्बर-२ बाट प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रका सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित भएका छन् । नेकपा एमालेका मञ्जु शर्मा चालिसेलाई चार हजार ५९९ मतान्तरले पराजित गर्दै पौडेल लगातार दोस्रो पटक प्रतिनिधि सभा सदस्य चुनिएका हुन्। २०७४ सालमा २८ हजार ८२७ मत ल्याएर सांसद चुनिएका पौडेलले यसपटक २४ हजार ७७९ […]

बागलुङ २ बाट माओवादी केन्द्रका देवेन्द्र पौडेल निर्वाचित

७ मंसिर, बागलुङ  । बागलुङ–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित भएका छन् । नेकपा एमालेका मञ्जु शर्मा चालिसेलाई ४ हजार ५९९ मतान्तरले पराजित गर्दै पौडेल लगातार दोस्रो पटक सांसद चुनिएका हुन् । २०७४ सालमा २८ हजार ८ सय २७ मत ल्याएर सांसद चुनिएका पौडेलले यसपटक २४ हजार ७७९ […]

बागलुङ २ मा देवेन्द्र पौडेल २२८५ मतले अग्रता

बागलुङ – बागलुङ क्षेत्र नम्बर २ मा ३६ हजार४ सय ८१ मत गणना गर्दा वामलोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका देवेन्द्र पौडेलले अग्रता कायमै राखेका छन्। माओवादीका देवेन्द्र पौडेल १८ हजार ३ सय २० मतका साथ अगाडि बढिरहेका छन्। उनलाई एमालेकी मञ्जु चालिसेले १६ हजार ३५ मतका साथ पछ्याइरहेकी छन्। पौडेल र चालिसेबीच अहिले २ हजार २ […]

प्रधानमन्त्रीको उम्मेदवार भन्दै विज्ञापन गर्ने बेला भएको छैनः देवेन्द्र पौडेल

काठमाडौं, २२ कात्तिक । शिक्षा मन्त्री एवं बागलुङ २ का उम्मेदवार देवेन्द्र पौडेलले चुनावपछि गठबन्धन भत्किने केपी शर्मा ओलीको भविष्यवाणी फेरि पनि नमिल्ने ठोकुवा गरेका छन् । ‘लोकतन्त्रमा आफ्ना कुरा भन्न पाइन्छ । तर ओलीजीले ज्योतिषी शैलीमा विगतमा पनि धेरै कुरा भन्नुभयो, केही पनि मिलेनन् । स्थानीय तहमा सय सिट गुमेको उहाँलाई पत्तै छैन । […]