माथिल्लो तामाकोशीको शेयरमा सकारात्मक सर्किट

जलविद्युत् कम्पनीको शेयरमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको छ । पछिल्ला दिनमा लगातार नयाँ रेकर्ड बनाउँदै अगाडि बढेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक नेप्से पनि नयाँ उचाइमा पुगेको छ । साताको पहिलो दिन आजको कारोवारमा अत्यधिक लगानीकर्ता जलविद्युत् कम्पनीको शेयर खरीद बिक्रीमा लालायित देखिएका छन् । सोही कारण माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । सो कम्पनीको शेयर प्रतिकित्ता रु ४९ को वृद्धि भई रु ५३९ मा पुगेको छ । राष्ट्रिय गौरवको सो आयोजना निर्माणको अन्तिम चरणमा रहेको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाबाट आगामी चैतको अन्तिम सातादेखि परीक्षण उत्पादन गर्ने गरी तयारी गरिएको छ । आजको कारोवारपछि नेप्से ३.६६ विन्दुले सुधार भई दुई हजार ६४०.३४ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.२० विन्दुले घटेर ४७९.५८ मा ओर्लेको छ ।

सम्बन्धित सामग्री

तीनपटक सकारात्मक सर्किट लागेको सेयर बजार सयमअगावै बन्द

काठमाडौं । चालु साताको पहिलो कारोबार दिन आइतबार तीनपटक सकारात्मक सर्किट लागेको सेयर बजार समयअगावै बन्द भएको छ । आइतार नेप्से परिचसूचक ६ प्रतिशतले बढेपछि कारोबार नै बन्द गरिएको हो ।  बजार खुलेको ५ मिनेटमा नै ४ प्रतिशत बढेर सकारात्मक सर्किट लागेर २० मिनेटको लागि कारोबार बन्द भएको थियो। २० मिनेटपश्चात खुलेको बजार पुन २ मिनेटमा […] The post तीनपटक सकारात्मक सर्किट लागेको सेयर बजार सयमअगावै बन्द appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट

मन्दाकिनी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेसँगै प्रतिकित्ता ३१५ रुपैयाँ पुगेको हो ।बुधबारदेखि कारोबारमा आएको कम्पनीको सेयर मूल्यमा आज प्रतिकित्ता २८ रुपैयाँको वृद्धि आएको छ । आज यस कम्पनीको ८६ हजार ४८१ कित्ता सेयर माग छ । तर, बिक्रीमा एक कित्ता पनि राखिएको छैन ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गत साताको मंगलबार कम्पनीको ५८ लाख ८० हजार ३६९ कित्ता सेयर सूचीकृत भएको थियो ।

कारोबारमै नरहेको रिलायन्सको सेयर मूल्यमा कसरी लाग्यो सकारात्मक सर्किट ?

१३ साउन काठमाडौं । मर्जर सम्झौता गरेपछि कारोबार रोक्का रहेको रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर शुक्रबार नेप्सेमा कारोबार भएको छ । कम्पनीको सेयर मूल्य ३३.५० रुपैयाँ (१० प्रतिशत) ले बढेर सकारात्मक सर्किट लागेपछि मात्रै त्यसमा सबैको ध्यान पुगेको हो । असार अन्तिम साता कम्पनीले सानिमा लाइफ इन्स्योरेन्ससँग मर्जर सम्झौता गरेपछि कारोबार रोक्का भएको थियो । कम्पनीको […]

न्यादी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट

मंसिर १९, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको एक घण्टा १२ मिनेटको अवधिमा न्यादी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  कारोबारमा आएका २१९ ओटा धितोपत्रमध्ये उक्त कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेय मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.४५४ दशमलव ४० पुगेको छ । कम्पनीको शेयरमूल्य विक्रेताभन्दा क्रेता धेरै भएकाले बढेको  हो ।

तेह्रथुम पावर र मानुषी लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट

आइतवार कारोबारको शुरूवाती समयमै तेह्रथुम पावर कम्पनी र मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  तेह्रथुम पावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९.९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।  कम्पनीको शेयरमूल्य प्रतिकित्ता ४३९.४० रुपैयाँ पुगेको छ ।  यस्तै मानुषी लुघवित्त वित्तीय संस्थाको शेयर मूल्य ९२.८० रुपैयाँ बढ्दै (९.९९प्रतिशत) बढेर १ हजार २१.५० रुपैयाँ पुगेको छ ।

शेयर बजार घटे पनि यी २ कम्पनीमा लाग्यो सकारात्मक सर्किट ब्रेक

समग्र शेयर बजारमा गिरावट आएपनि आइतवार २ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भइ सकारात्मक सर्किट ब्रेक लागेको छ । आइतवार नारायणी विकास बैंक लिमिटेड र खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ ।  जसअन्तर्गत नारायणीको शेयर मूल्य १० प्रतिशतले बढ्दै १ हजार १ सय ३७ रुपैयाँ ४० पैसा पुगेको छ । आइतवारमात्रै कम्पनीको शेयर मूल्य १ सय ३ रुपैयाँ ४० पैसाले बढेको हो ।  यस्तै खानीखोलाको शेयर मूल्य १० प्रतिशतले नै बढ्दै ४ सय ३२ रुपैयाँ ३० पैसा पुगेको छ । आइतवार कम्पनीक...

यी ५ कम्पनी, नेप्से घट्दा पनि जसको शेयर कारोबारमा लाग्यो सकारात्मक सर्किट ब्रेक

सोमवार नेप्से परिसूचक घटेपनि शेयर बजारमा विभिन्न ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै २ कम्पनीको कारोबार सकारात्मक सर्किट लेभलमा भएको छ ।  सोमवार रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, जानकी फाइनान्स लिमिटेड, माउन्टेन हाइड्रो नेपाल लिमिटेड, बिशाल बजार कम्पनी लिमिटेड र ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।  यस्तै न्याग्दी ग्रुप पावर लिमिटेड र हिमालय उर्जा विकास कम्पनी लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशतले बढ्दै सर्किट लेभलमा कारोबार भएको छ ।  ...

चार कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं। धितोपत्र बजारमा आज चार कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। ती कम्पनीको शेयर मूल्य १० प्रतिशत बढीले वृद्धि भई सकारात्मक सर्किट लागेको हो। ती कम्पनीमा नेपाल इन्स्योरेन्स, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर रहेका छन्। यस्तै ङादी हाइड्रोपावर ९.९८, ओरियण्टल होटल ९.९६, सिइडिसि हाइड्रोपावर ९.९६ र तारागाँउ रिजेन्सी होटलका लगानीकर्ताले ९.९५ प्रतिशतले कमाए।

आज पनि निफ्राको शेयर मूल्यमा सकारात्मक सर्किट

साताको दोस्रो दिन सोमवार शेयर बजारमा नेपाल इन्फ्रास्टक्चर बैंकको शेयर मूल्यमा सर्किट लागेको छ ।  सोमवार शुरूवाती कारोबारमा १० प्रतिशतले बढ्दै शेयर मूल्य ६ सय ६० रुपैयाँ पुगेको छ । आइतवार बैंकको शेयर मूल्य ६ सय रुपैयाँ रहेको थियो ।  नेप्सेमा कारोबार शुरू गरेकै दिनदेखि निफ्राको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दै आएको छ । शेयर बजार विश्लेषकहरूले निफ्राको शेयर मूल्य अझै बढ्न सक्ने बताउँदै आएका छन् ।  सोमवार निफ्रासँगै नेपाल हाइड्रो डेभलपर्स लिमिटेड, रधि विद्युत कम्पनी, शिव श्री हाइड्रोपावर लिमिटेड...