काठमाडौँ । अविरल वर्षाका कारण हिजो (सोमबार) रातिदेखि अवरुद्ध भएको बीपी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको छ । केहीबेर अघिबाट राजमार्ग दुईतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मंगलटारले जनाएको छ । बीपी राजमार्गको माम्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाएको थियो । बगाएको डाइभर्सन पुरिएको र खोला डाइभर्ट गरिएको प्रहरीले जनाएको छ । बिहानै […]
विराटनगर । गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक अवस्था सुधारोन्मुख रहेको र राजनीतिक स्थिरता कायम भएको बताएका छन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले गत दश महिनाको तुलनामा अर्थतन्त्रमा उल्लेखनीय सुधार भएको दाबी गरे। “दश महिना अघिको आर्थिक अवस्था र अहिलेको अवस्थामा धेरै फरक छ। विदेशी मुद्रा सञ्चिति बढेको छ, आर्थिक सूचकहरू सकारात्मक छन्,” उनले भने, […]
बागलुङ । सबैभन्दा विकट तमानखोला गाउँपालिका-६ नर्जा खानीमा खानेपानी समस्या समाधान भएको छ । वर्षौँदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयको घरघरमा धारासहित पानीको सुविधा पुगेको हो । एक गाग्री पानी भर्न घण्टौँ कुर्नु पर्ने समस्या समाधान भएको स्थानीयको भनाइ छ । गाउँपालिकाको रु. ४० लाख लागतमा गाउँमा ११७ धारा निर्माण भएका छन् । ‘एक घर, […]