नेपाली राजनीतिमा यतिखेर राजनीतिक पार्टीहरूबीच एकीकरण प्रक्रिया तीव्र बन्दै गएको छ । पार्टी एकीकरणपछिको समायोजन र अन्य पार्टीसँगको एकीकरण वार्ताहरूमा अहिले राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी नेपालबीचको एकीकरण विशेष चासोको विषय बनेको छ । वैशाखमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपप्रधानमन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच भएको एकीकरणलाई निर्वाचन आयोगले सदनलाई समाजवादी पार्टी नेपालको रूपमा जानकारी दिएपछि डा. भट्टराई प्रतिपक्षीको कित्ता छोडेर सत्तापक्षको कित्तामा बस्न थालेका छन् । ठीक यहीबेला राजपामा समाजवादी पार्टीसँगको एकीकरणसम्बन्धी विवाद चर्किन थालेको र राजपाले वार्तासमिति नै भंग गर्नेसम्मका समाचार मिडियामा आएका छन् ।