शान्ति स्थापनार्थ माली उड्यो सेनाको आठौं डफ्फा

काठमाडौं : नेपाली सेनाले मालीमा रहेका नेपाली शान्ति मिसनको अदली बदली गरेको छ। संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ मिनुस्मा मिसन मालीमा तैनाथ ईओडि गुल्म (शा.से.) सातौं डफ्फालाई बदली गर्न प्रमुख सेनानी संगित पुनको नेतृत्वमा ईओडि. गुल्म (शा.से) आठौं डफ्फाको १३९ जना नेपाली शान्ति सैनिक आज मिशन ईलाकातर्फ प्रस्थान गरेका हुन्।मालीमा आफ्नो कार्यकाल सकेर नेपाली शान्ति सैनिकहरुको टोली (पहिलो फ्लाईट) सेनानी निर्मल खड्काको नेतृत्वमा ९७ जना हिजो नेपाल आइपुगेको छ। को

सम्बन्धित सामग्री

माली र मध्य अफ्रिकन गणतन्त्रका नेपाली शान्ति सैनिक परिवर्तन

३ साउन, काठमाडौं । शान्ति स्थापनार्थ मध्य अफ्रिकन गणतन्त्र र मालीमा रहेका नेपाली सैनिकको डफ्फा परिवर्तन गरिएको छ । मध्य अफ्रिकन गणतन्त्रमा रहेको छैटौं डफ्फाको टोली र मालीमा तैनाथ सातौं डफ्फाको टोलीलाई परिवर्तन गरिएको हो । मध्य अफ्रिकन गणतन्त्रमा प्रमुख सेनानी जीवन शर्माको कमाण्डमा रहेको सातौं डफ्फाको ७२ जनाको नयाँ टोली पठाइएको छ भने मालीमा […]

नेपाली शान्ति सेना सेन्ट्रल अफ्रिका र माली प्रस्थान गर्दै

नेपाली शान्ति सैनिकका दुई डफ्फा एउटै विमानमार्फत मङ्गलबार राति द्वन्द्वग्रस्त मुलुक सेन्ट्रल अफ्रिकन रिपब्लिक र माली प्रस्थान गर्दैछन् । कोभिड–१९ को जोखिम नियन्त्रण र रोकथाम गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घले बदली हुन जाने शान्ति सेना पठाउने कार्यलाई केही समय स्थगन गरेको थियो ।