काठमाडौँ। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज फोनवार्ता भएको छ। वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीलाई उनको ७५औँ जन्मदिनको शुभकामना दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यसैगरी प्रधानमन्त्री कार्कीले नेपाल–भारतबीचको सदियौँ पुरानो र मैत्रिपूर्ण सम्बन्धको स्मरण गरेकी थिइन्। साथै उनले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा पनि जानकारी गराएकी थिइन्। यसैगरी भारतीय […]
काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्याल आज प्रहरी प्रधान कार्यालय पुगेर जेनजी आन्दोलनका क्रममा भएका क्षतिका बारेमा जानकारी लिएका छन् । सो अवसरमा उनले उच्च मनोबलका साथ राष्ट्र र जनताका हितमा समर्पित हुन प्रहरी कर्मचारीलाई निर्देशन दिए। गृहमन्त्री अर्यालले भने, ‘आन्दोलनका क्रममा क्षतिग्रस्त प्रहरी इकाईको पुनःस्थापना र प्रहरी कर्मचारीको मनोबल उच्च राख्नका लागि समुदायले देखाएको […]
काठमाडौँ- भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका कारण देशभरि ७४ जनाको मृत्यु भएको छ। मृत्यु हुने आन्दोलनकारी, कैदी, प्रहरी र अन्यसमेत छन्। कतिपय भाटभटेनीसहितका व्यापारिक प्रतिष्ठानमा आगो लगाउन जाँदा र लुट्ने क्रममा पनि मरेका छन् । जेन-जी आन्दोलनले देशमा मृत्युको शोक दौडिरहँदा महत्वपूर्ण निकायहरू ध्वस्त भएपछि अहिले दैनिक प्रशासन चलाउन मुस्किल परेको छ। […]