राप्रपाका सांसद राजेन्द्र लिंदेनले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने बताएका छन् । उनले पार्टी तटस्थ बस्ने पनि प्रतिनिधिसभामा बोल्दै जानकारी गराए ।
उनले प्रधानमन्त्रीमा विश्वासको मत पाउन लागेका देउवालाई बधाई तथा शुभकामना दिँदै जनताको पक्षमा काम गर्न सुझाव दिए ।