दसैंले चलायमान बनाएको पोखराको पर्यटन

लामो समयदेखि पोखराको पर्यटन क्षेत्रले पाहुना नआएको गुनासो गरिरहेको छ। पृथ्वी राजमार्ग बिस्तार चलिरहँदा पाहुना आगमन प्रभावित भएको गुनासो व्यावसायीले गरिरहेका छन्। राजमार्ग बिस्तारको असर अहिले दसैंको लामो बिदामा समेत परेको उनीहरुले बताए।...

सम्बन्धित सामग्री

जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पाेखरा । माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ । अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो । “जनवरी महिना पर्यटनका हिसाबले अफसिजन हो, फेबु्रअरी र मार्च सिजन भएकाले पर्यटकले बुकिङ गरेका थिए । तर विमान […] The post जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आन्तरिक पर्यटककै भरमा पोखरा

आन्तरिक पर्यटकका कारण पोखराको पर्यटन क्षेत्र चलायमान भएको छ। दशैँ, तिहारलगायतका चाडपर्वका कारण स्वदेशी पर्यटक पोखरा घुम्न आएका हुन्। अहिले पोखरामा विदेशी पर्यटक भने फाट्टफुट्ट मात्रै देख्न सकिन्छ। आन्तरिक पर्यटकको भीडभाड छोटो समयका लागि मात्रै भएको र सिजनमा पनि विदेशी पर्यटक कम आएकामा भने व्यवसायी चिन्तित छन्।

दुईदिने बिदाले आन्तरिक पर्यटकको चहलपहल बढ्ने पोखराका पर्यटन व्यवसायीको विश्वास

वैशाख १५, पोखरा । नेपाल सरकारले भ्रमण वर्ष २०२० मनाउने अन्तिम तयारी गरेको थियो । सरकारको यो तयारी र निर्णयसँगै पोखराका पर्यटन व्यवसायीहरूले पनि यहाँ पर्यटन पूर्वाधारमा अर्बौँको लगानी पनि गरेका थिए ।  तर दुःखद् पक्ष त यो रह्यो कि ती पूर्वाधारमा विश्वका पर्यटकलाई स्वागत गर्ने तयारीको मुखैमा आएर विश्वव्यापीरूपमै कोरोना भाइरसको प्रकोप फैलियो र सबैतिर बन्दाबन्दी भयो ।  यो महामारीले विश्वलाई नै असर गर्‍यो र सबै क्षेत्र तहसनहस भए भने पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित बन्यो । यस क्षेत्रमा लगानी गरेका व्यवसायी पनि निराश हुन पुगे । विभिन्न चरणमा देखापरेको कोभिड–१९ यतिबेला खोपको सहजतासँगै निष्क्रिय हुँदै गएपछि पर्यटन क्षेत्र केही चलायमान हुन थालेको छ ।  यसैक्रममा नेपाल सरकारले आगामी जेठ १ बाट लागू हुने गरी हप्तामा दुई दिन शनिवार र आइतवार सार्वजनिक बिदा दिने निर्णय गरेपछि यहाँको पर्यटन क्षेत्र उत्साहित भएको छ । आन्तरिक पर्यटकको चहलपहल बढ्ने र आर्थिक गतिविधिमा थप सहयोग पुग्ने विश्वास लिई यहाँका पर्यटन व्यवसायीले सरकारको यो निर्णयको स्वागत गरेका छन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले कोभिड–१९ का कारण प्रभावित भएको पर्यटन क्षेत्र केही चलायमान हुँदै आएको अवस्थामा हालै सरकारले गरेको सार्वजनिक बिदाको निर्णय स्वागतयोग्य भएको बताए । उनले भने, ‘पछिल्लो समय नेपाली समाजमा देश घुम्ने बानीको विकास भएको छ ।  यो निर्णयले कर्मचारीमा आफूसँगै पारिवारिक घुमघाम गर्ने अवसरसमेत प्रदान गर्नेछ ।’ उनले विश्वका करीब १०० बढी देशहरूमा यस खालको अभ्यास भएको जनाउँदै नेपालमा पनि यसले सकारात्मक नतिजा दिनेमा आफू आशावादी भएको बताए । कोभिडपछि धेरै पर्यटकले मानसिक र शारीरिक स्फूर्तिका लागि प्राकृतिक र शान्त स्थानहरूको खोजी गर्दै घुमघाममा निस्कने प्रचलन बढिरहेको जनाउँदै यो विदाले घुम्न चाहनेहरूका लागि थप उत्साह प्रदान गर्ने उनको भनाइ छ । पोखरा आन्तरिक पर्यटकको रोजाइको सहर पनि भएकाले बिदासँगै आन्तरिक पर्यटक र विशेषगरी पारिवारिक घुमघामका लागि पोखरा आउने पर्यटक बढ्न सक्ने उनको अनुमान छ । पोखरा होटल संघ नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले पनि सरकारको निर्णयले पर्यटन क्षेत्रका व्यवसायीलाई उत्साह थपेको बताए । उनले कोभिड पछाडि आन्तरिक पर्यटकका कारण नै पोखराको पर्यटन क्षेत्र चलायमान बन्दै गएको र अझ दुई दिन बिदाले पर्यटकको आगमन बढ्ने विश्वास व्यक्त गरे । उनले भने, ‘पछिल्लो समय शैक्षिक भ्रमणका लागि पोखरामा स्कुल र कलेजका विद्यार्थी, सहकारीकर्मीलगायत विभिन्न क्षेत्रबाट पोखरा आउनेको संख्या बढिरहेको छ । कार्यालयको काममा व्यस्त हुनेहरूलाई दुई दिनको ‘रिफ्रेसमेन्ट’का लागि घुम्ने अवसर प्रदान गरेको छ ।’ सरकारले बिदासँगै देशभित्र घुमघाम गर्नका लागि पनि कर्मचारीहरूलाई प्रेरित गर्नुपर्ने सुझाव पनि उनले दिए । उनका अनुसार पोखराको लेकसाइड र ड्याम साइडमा पर्यटकीयस्तरका ७०० र पोखरा आसपास गरी १ हजार २०० पर्यटकीयस्तरका होटल छन् । यहाँका होटलको क्षमता ४० हजार बढी बेड संख्या छ । पर्यटकीय होटलमा करीब रू. चार खर्ब लगानी छ । पोखरामा पर्यटकको बसाइ औषत दुई दिन रहेको छ ।  त्यस्तै नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल्स एजेण्टस् (नाट्टा) गण्डकीका अध्यक्ष हरिराम अधिकारीले देशदर्शन कार्यक्रम तथा हप्तामा दुई दिन बिदा दिने निर्णयले पर्यटन क्षेत्रलाई चलायमान बनाउने विश्वास व्यक्त गरे ।  आफूहरुले निकै पहिलेदेखि उठाइरहेको हप्तामा दुई दिन बिदालाई सरकारले सम्बोधन गरेको भन्दै यसलाई सकारात्मकरूपमा लिएको बताए । उनले भने, ‘बिदाले घुम्ने संस्कृतिमा विकास गर्छ, नाट्टाले यस विषयमा धेरै पहिलेदेखि नै विभिन्न फोरममा कुरा राख्दै आएको थियो, अहिले सरकारबाट निर्णय भएको छ र यसको प्रभावकारी कार्यान्वयनमा जोड दिन सकियो भने पर्यटन क्षेत्र थप चलायमान हुन्छ ।’ गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल गण्डकीका अध्यक्ष उदय सुवेदीले सार्वजनिक बिदाले नेपालको ग्रामीण पर्यटनमा कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । कामको चटारोबीच घुम्न निस्कँदा रमणीय प्राकृतिक स्थानको खोजी हुने त्यस ठाउँहरूमा रहेका घरवास (होमस्टे) मा पर्यटकको आगमन वृद्धि हुने उनको भनाइ छ । त्यसैगरी छोटा पदयात्रा प्रवर्द्धनमा पनि यस बिदाले सघाउ पुर्‍याउन सक्ने उनले विश्वास व्यक्त गरे । पोखराका विभिन्न १२ पर्यटनसम्बद्ध संघसंस्थाको छाता संगठन पोखरा पर्यटन परिषद्ले पनि यस निर्णयको स्वागत गर्दै विज्ञप्ति जारी गरेको छ । सरकारले जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ दशमलव ३० बजेदेखि साँझ ५:३० बजेसम्म कार्यालय समय कायम रहने निर्णण गरेको हो ।  यो बिदाका समयमा सरकारी कर्मचारी तथा गैरसरकारी क्षेत्रमा काम गर्ने कर्मचारी पनि पोखरा घुम्न आउलान् भन्ने आशामा पोखराका पर्यटन व्यवसायी देखिन्छन् । रासस

फेवाताल किनारमा चलचित्र महोत्सव

कास्की । पर्यटकीय सहर पोखराको फेवाताल किनारमा यही पुस १२ देखि १६ गतेसम्म ‘पामे चलचित्र महोत्सव’ हुने भएको छ । नेपाली चलचित्रको स्वदेश तथा विदेशमा प्रवद्र्धन गरी कला, साहित्य, संगीतलाई विश्वभर पुर्‍याउने लक्ष्यसहित नेपाल संस्कृति केन्द्रले महोत्सव आयोजना गरेको हो ।       महोत्सवमा ख्यातिप्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र प्रदर्शनी, कलाका सम्पूर्ण विधा, संगीत, साहित्य, विभिन्न सांस्कृतिक कार्यक्रमका साथमा नेपाली खानाका विभिन्न परिकारसमेत प्रवर्द्धन गरिने आयोजकले बताएको छ । महोत्सवमा विश्वका २० राष्ट्रका २०० भन्दा बढी चलचित्र एवं कला क्षेत्रका व्यक्ति, उद्यमी, साहित्यकार, संगीतकार, लेखक सहभागी हुनेछन् । उनीहरूका बीचमा कला क्षेत्रलाई अन्तरराष्ट्रियकरण र स्तरीकरण गर्नेबारेमा छलफल गरिने र चलचित्र बजारका सम्भावनालगायत विविध विषयमा मन्थन हुने महोत्सवका संयोजक प्रवीण कार्कीले बताए । महोत्सवमा चलचित्रको विश्व रंगमञ्चका उत्कृष्ट विधाहरूमा उत्कृष्ट, कलात्मक सिर्जना, प्रस्तुति पस्कने चलचित्रकर्मीको प्रोत्साहन र विश्व बजारमा पहिचान निर्माणका लागि पुरस्कृतसमेत गरिनेछ । पोखराको पर्यटन एवं नेपालको रंग क्षेत्रलाई चलायमान गराउने अभियानमा पामे अन्तरराष्ट्रिय चलचित्र महोत्सव निरन्तर अगाडि बढेको छ । महोत्सवमा विश्वभरबाट आएका लामा चलचित्र, छोटा चलचित्र एवं वृत्तचित्र गरी ९४ वटा दृश्यचित्रको प्रस्तुति रहन्छ । रासस

अमरसिंह चोकमा आगामी पुस २८ गतेदेखि ११ औं ‘पोखरा महोत्सव’ हुने

पुस ५, कास्की । पोखराको अमरसिंह चोकमा आगामी पुस २८ गतेदेखि ११ औं ‘पोखरा महोत्सव’ हुने भएको छ ।  युनाइटेड क्लव पोखराको आयोजनामा पुस २८ गतेदेखि माघ ९ गतेसम्म पोखराको अमरसिंह चौरमा महोत्सवको आयोजना गरेको सोमवार आयोजित पत्रकार सम्मेलनमा क्वलका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठले ११औं संस्करणको पोखरा महोत्सवको तयारी तीव्र रुपमा अगाडी बढाइएको बताउँदै १२ दिनसम्म आयोजना हुने महोत्सवको सम्पूर्ण स्टलहरु बुकिङ भइसकेको बताए । महोत्सवले पोखराको पर्यटन र समग्र अर्थतन्त्र चलायमान गर्न सहयोग पुग्ने अध्यक्ष श्रेष्ठले बताए । उनले महोत्सवमा व्यवसाय गर्न चाहनेका लागि सम्पूर्ण स्टलहरु बुकिङ खुला भइसकेको जानकारी दिए । अध्यक्ष श्रेष्ठका अनुसार महोत्सव तयारीका लागि गठन गरिएको ४१ ओटा उपसमितिहरुले आफ्नो कामलाई तीव्र रुपमा अगाडि बढाएका छन् ।  स्थापना कालदेखि पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गरी सामाजिक काममा अगाडि वढ्दै आएको युनाईटेड क्लवले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवर्द्धन, सेती नदी संरक्षण र दैवी प्रकोपमा परेकाहरुलाई सहयोग गर्दै आइरहेको छ । महोत्सवमा २४७ ओटा स्टल रहने र २ लाख बढि दर्शले अवलोकन गर्नसक्ने महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक शान्त बहादुर थापाले जानकारी दिए । क्वलले महोत्सवबाट उठेको रकमको खर्च कटाएर बचेको रकमबाट पोखरा महानगर पचभैयामा पशुपंक्षी उद्धार केन्द्रको खुला चिडियाखाना भौतिक पूर्वाधार निर्माण निर्माण गर्दै आएको छ । महोत्सवमा अपांग वृद्धवृद्धा, एकल महिला, सुरक्षाकर्मीहरुलाई निःशुल्क प्रवेश गराईने आयोजकले जानकारी दिएको छ । पर्यटन प्रवर्द्धन, प्रयटकीय स्थानको जानकारी दिने स्टललाई निःशुल्क स्टल उपलब्ध गराउनुका साथै कृषि तथा हस्तकलाका स्टलहरु राख्नेलाइ विशेष छूट प्रदान गरिएको आयोजकले जानकारी दिएको छ ।  महोत्सवले देशको कला, संस्कृति, भेष–भुषाको संरक्षणमा टेवा पुर्‍याउने, शिक्षा, स्वास्थ्य, खेलकुद तथा गण्डकी प्रदेशको पर्यटकीय स्थानको बारेमा जानकारी दिनुका साथै आन्तरिक तथा वाध्य उत्पादित वस्तुको बजारीकरणमा सहयोग पु¥याउने उपेक्षा गरिएको छ ।  त्यसैगरी महोत्सवको माध्यामबाट कलाकारहरुको प्रतिभा प्रस्फुटनमा सहयोग पु¥याउने, आर्थिक चलायमन गराई रोजगार सृजना गराउने र उद्योगको प्रवर्द्धन गर्ने लक्ष्य रहेको आयोजको दाबी छ ।

विशिष्ट पाहुनाको आगमनसँगै पोखराको पर्यटन चलायमान हुने आशा

कोभिड–१९ निर्मूल भएको छैन तर १८ महिनादेखिको एउटा त्रास भने केही घटेको छ । खोपको सहजतासँगै अहिले मानिसलाई कोभिडबाट सुरक्षित हुन सकिन्छ भन्ने आशा पलाउँदै गएको छ । नेपाल सरकारले झन्डै १८ महिनादेखिको बन्दाबन्दीबीचमा केही खुकुलो र अहिले लगभग खुला नै गरिसकेको छ । योसँगै असोज १ गतेदेखि पोखराका पर्यटकीय गन्तव्यहरु पनि खुला भएका छन् …

पर्यटन क्षेत्रलाई चलायमान बनाउनुपर्नेमा जोड

कोरोना प्रभावका कारण सुस्त अवस्थामा रहेको पोखराको पर्यटन क्षेत्र अब चलायमान बनाउनुपर्नेमा जोड दिइएको छ । रेष्टुरेण्ट एण्ड वार एशोसिएशन अफ नेपाल ९रेवान० पोखराको साधारणसभामा यस्तो जोड दिइएको हो ।

कहिले उठ्ला पोखराको पर्यटन ?

साउन २७, कास्की । पर्यटकीय राजधानीको उपमा पाएको मुलुकको प्रमुख पर्यटकीय गन्तव्य पोखरा यतिखेर सुनसान प्रायः देखिन्छ ।  राजधानी काठमाडौंपछि उल्लेख्य संख्यामा पर्यटक पुग्ने पोखराको पर्यटकीय गतिविधि सुस्त छ । सिजनमा दैनिक दुई हजार पर्यटक पुग्ने पोखरामा अहिले विदेशी पाहुना भेट्टाउनै मुस्किल छ ।  पर्यटकीय ‘सिजन’ होस् या ‘अफ सिजन’ जतिखेर पनि भरिभराउ र झकिझकाउ हुने पोखराको ताल क्षेत्र ‘लेकसाइड’ अहिले सुनसान छ । लेकसाइडका सडकमा न त विदेशी नागरिक देखिन्छन् न त नेपाली नागरिकहरुको हुल भेटिन्छ । कोभिड १९ का कारण झण्डै दुई वर्षयता पर्यटकीय नगरी पोखरामा व्यवसाय ठप्प छ । नेपाल आउने विदेशी पर्यटकमध्ये करीब ४० प्रतिशत पोखरा गन्तव्यमा पुग्छन् । यस क्षेत्रका व्यवसायी पलायन हुने अवस्थामा छन् भने पर्यटन क्षेत्रका मजदूरको रोजगारी जोखिममा परेको छ ।  बन्दाबन्दीपछि पोखराको पर्यटन बिस्तारै लयमा फर्कने तर्खरमा थियो व्यवसायीले आन्तरिक प्रवर्द्धनात्मक गतिविधि बढाए । मर्दी हिमाल पदयात्रा, धम्पुस पिक आरोहणका साथै प्रदेशका ढोरपाटनदेखि नवलपुरसम्मका विभिन्न स्थानमा प्रवर्द्धनका कार्यक्रम गरिएको थियो ।  कोरोनाको दोस्रो लहरले यी सबै क्रियाकलापसमेत पुनः ठप्प बनेका छन् । कोभिडको दोस्रो लहरपछि पलाएको आशा पनि पुनः तेस्रो लहरको पूर्वसंकेतले पर्यटन क्षेत्रलाई त्रसित तुल्याएको छ । डलरे पर्यटक नहुँदा विदेशी मुद्रा आर्जनको आधारसमेत खुम्चिएको छ । पदयात्रा पर्यटनको ‘ट्रान्जिट प्वाइन्ट’ पोखरामा आन्तरिक पर्यटकले ५० प्रतिशत हिस्सा ओगट्ने गरेको छ । पर्यटनका लागि खोपको सुनिश्चितता पर्यटनलाई पुनः चलायमान बनाउन यतिखेर पोखराका पर्यटन व्यवसायी प्रदेश हुँदै संघीय सरकारसँग खोपको सुनिश्चितताको माग गरिरहेका छन् । पोखरा पर्यटन परिषद्को अगुवाइमा कोरोनाविरुद्धको खोपको व्यवस्थाका लागि अभियान शुरु गरिएको छ ।  परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले आफूहरूलाई पहिलो चरणमा होटेल तथा रेष्टुरेन्टसहितका मजदुर एवम् व्यवसायीलाई लक्षित गरी कोरोनाविरुद्धको खोप तत्काल उपलब्ध गराउन सकिए पनि तत्कालका लागि पर्यटन बजारमा राम्रो सन्देश दिने बताए । पर्यटन व्यवसायी, मजदूर र कर्मचारीलाई खोपको सुनिश्चितता गराउन सकिए अहिले सुस्ताएको पर्यटनको दीर्घकालीन रुपमा सकारात्मक सन्देश जाने नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य विप्लव पौडेलले बताए । पोखराको प्रतिष्ठित होटेल बाराहीका सञ्चालक पौडेलले कोभिड कहरले पोखराको पर्यटन उठ्नै नसक्ने गरी थला परेको भन्दै पर्यटनलाई चलायमान बनाउन खोपको सुनिश्चिततासँगै राज्यका तर्फबाट थप आर्थिक सहुलियतका प्याकेज आवश्यक भएको औँल्याए । ‘पर्यटन क्षेत्रलाई चलायमान बनाउन तत्काल कोभिडविरुद्धको खोपको व्यवस्था व्यवसायी र मजदुरलाई मिलाइनुपर्छ, सरकारको मौद्रिक नीति तथा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले कसरी पर्यटनलाई उकास्ने भन्ने रणनीतिक कार्यक्रम सम्बोधन गर्न जरुरी छ,’ बोर्ड सदस्य पौडेलले भने । रासस

जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो ।